एफिसी 2:13-16
एफिसी 2:13-16 NNRV
तर तिमीहरू, जो त्यस बेला ख्रीष्ट येशूबाट टाढ़ा थियौ, अब ख्रीष्टको रगतले नजिक भएका छौ। किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ। उहाँले हामी दुवैलाई एउटै बनाउनुभएको छ, र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनुभएको छ। र उहाँले व्यवस्थालाई त्यसका आज्ञाहरू र धार्मिक-विधानहरूसमेत आफ्नै शरीरमा खारेज गर्नुभएको छ, कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गरून्, र यसरी शान्ति स्थापना होस्। अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो।


