एस्तर 5
5
राजालाई एस्तरको बिन्ती
1तेस्रो दिन एस्तरले आफ्नो राजकीय पोशाक पहिरिन्, र राजमहलको भित्री आँगनमा उभिरहिन्। राजाचाहिँ सिंहासनमा बसेर मूल ढोकातिर फर्केका थिए। 2जब राजाले एस्तर रानीलाई आँगनमा उभिरहेकी देखे, तब राजाको निगाह तिनीमाथि भयो, र आफ्नो साथमा लिइराखेको सुनको राजदण्ड उनले तिनीतिर पसारे। तब अगि बढ़ेर एस्तरले राजदण्डको टुप्पालाई छोइन्।
3राजाले तिनलाई भने, “रानी एस्तर, तिमी के चाहन्छ्यौ? तिमी जेसुकै माग, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।”
4एस्तरले भनिन्, “हे महाराजा, हजूरलाई असल लागे हजूरको निम्ति मैले तयार गरेको भोजमा आज हामानको साथमा हजूरको सवारी होस्।”
5एस्तरको इच्छा पूरा गर्न राजाले हामानलाई तुरुन्तै बोलाएर ल्याउने हुकुम गरे।
तब एस्तरले तयार गरेको भोजमा राजा र हामान गए। 6दाखमद्य पिउँदै राजाले एस्तरलाई फेरि भने, “तिमीले मलाई जेसुकै मागे पनि म तिमीलाई दिनेछु। तिम्रो माग के हो भन, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।”
7जवाफमा एस्तरले भनिन्, “मेरो बिन्ती र अनुरोध यही छ: 8यदि मैले महाराजाको निगाह पाएकी छु, र यदि मैले मागेको कुरा दिनु र मैले चढ़ाएको बिन्ती पूरा गर्नु महाराजालाई असल लागे हजूर दुवैका निम्ति मैले तयार गरेको भोजमा हजूर महाराजा र हामान भोलि पनि आइबक्सिओस्। भोलि म महाराजालाई आफ्नो कुरा भन्नेछु।”
मोर्दकैको विरुद्धमा हामानको क्रोध
9त्यस दिन हामान रमाउँदै र मनमा खुशी हुँदै गए। तर जब तिनले मोर्दकैलाई राजाको मूल ढोकामा र तिनको सामु खड़ा नभएका र नडराएका देखे, तब तिनी रीसले चूर भए। 10तर आफैलाई सह्मालेर तिनी घर गए।
त्यसपछि तिनले आफ्ना मित्रहरू र आफ्नी पत्नी जेरेशलाई बोलाइपठाए, र तिनीहरूलाई आफ्ना धन-सम्पत्ति र धेरै छोराहरू भएको रवाफ, 11र राजाले तिनलाई उच्च पद दिएका र अरू भारदारहरू र अधिकारीहरूमा आफूलाई बढ़ी मान दिएका कुरा बताए। 12हामानले भने, “त्यति मात्र होइन, तर रानी एस्तरले तयार गर्नुभएको भोजमा राजासित जान मलाई मात्र रानीले निम्तो दिनुभयो। अनि राजासित जान भोलि पनि मलाई निम्तो दिनुभएको छ। 13तापनि त्यस यहूदी मोर्दकैलाई राजदरबारको मूल ढोकामा बसिरहेको देख्दा यी सबैले सन्तोषै लाग्दैन।”
14तब तिनकी पत्नी जेरेश र तिनका सबै मित्रहरूले तिनलाई भने, “पच्चीस मिटर अल्गो एउटा फाँसीको काठ खड़ा गर्नुहोस्, र बिहान मोर्दकैलाई त्यसमा झुण्ड्याउन राजासित बिन्ती गर्नुहोस्। त्यसपछि खुशीसित राजाकहाँ भोजमा जानुहोस्।” हामानलाई यो कुरो साह्रै असल लाग्यो, र तिनले त्यो फाँसीको काठ खड़ा गर्न लगाए।
अहिले सेलेक्ट गरिएको:
एस्तर 5: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: