प्रस्थान 19
19
सीनै पर्वतमा
1इस्राएलीहरू मिश्रबाट निक्लेका तीन महिना भएपछि— त्यही दिनमा तिनीहरू सीनैको उजाड़-स्थानमा आइपुगे। 2जब तिनीहरू रपीदीमबाट हिड़ेर सीनैको उजाड़-स्थानमा आए, त्यही पर्वतकै सामुन्ने इस्राएलीहरूले छाउनी बनाए।
3तब मोशा परमेश्वरकहाँ गए र परमप्रभुले तिनलाई पर्वतबाट भन्नुभयो, “याकूबका घराना र इस्राएलीहरूलाई तैंले यसो भन्नू: 4‘मैले मिश्रीहरूलाई के गरें, र तिमीहरूलाई कसरी गरुडका पखेटामा झैँ बोकेर मकहाँ ल्याएँ, सो तिमीहरूले देखेका छौ। 5अब यदि तिमीहरूले मेरा कुरा साँच्चै नै सुन्यौ र मेरो करार पालन गर्यौ भने, सबै जातिहरूमध्ये तिमीहरूचाहिँ मेरो बहुमूल्य निज धन हुनेछौ। सारा पृथ्वी मेरै भए तापनि #१ पत्र २:९ #व्य ४:२०; ७:६; १४:२; २६:१८; तीत २:१४ 6तिमीहरू मेरो निम्ति पूजाहारीहरूको एक राज्य र एक पवित्र जाति हुनेछौ’। इस्राएलीहरूलाई तैंले भन्नुपर्ने कुरा यी नै हुन्।” #प्रका १:६; ५:१०
7अनि मोशा तल आए, र मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए, र परमप्रभुले तिनलाई बोल्नू भनी आज्ञा गर्नुभएका यी सबै कुराहरू तिनीहरूका सामु राखिदिए। 8सारा मानिसहरूले एकसाथ यसो भने, “परमप्रभुले भन्नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” तब मोशाले मानिसहरूको जवाफ परमप्रभुलाई सुनाइदिए।
9परमप्रभुले मोशालाई भन्नुभयो, “हेर्, म तँसित कुरा गर्दा मानिसहरूले सुनून् र तँलाई सधैँ विश्वास पनि गरून् भनेर म तँकहाँ बाक्लो बादलमा आउनेछु।” तब मोशाले मानिसहरूले भनेका कुरा परमप्रभुलाई सुनाए।
10अनि परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूकहाँ गएर तिनीहरूलाई आज र भोलि शुद्ध गर्। तिनीहरूले आ-आफ्ना लुगा धोऊन्, 11र तेस्रो दिनको निम्ति तिनीहरू तयार रहून्, किनकि तेस्रो दिन सीनै पर्वतमा सबै मानिसहरूका आँखाकै सामुन्ने परमप्रभु आउनुहुनेछ। 12तैंले चाहिँ मानिसहरूका निम्ति चारैतिर यसो भनेर बार लगाउनू, ‘होशियार बस, तिमीहरू पर्वतमाथि नजानू, र त्यसका सिमाना पनि नछुनू। जसले पर्वत छुन्छ त्यो निश्चय नै मारिनेछ। #हिब १२:१८-२० 13कसैले पनि त्यसलाई नछुनू, तर ढुङ्गाले वा काँड़ले हानेर त्यसलाई मार्नू। पशु होस् अथवा मानिस, त्यो जीवित रहनेछैन’। तुरही लामो गरी बज्दा तिनीहरू पर्वतसम्म आऊन्।”
14मोशा पर्वतबाट तल मानिसहरूकहाँ उत्रेर आएपछि, तिनले मानिसहरूलाई शुद्ध गरे, र तिनीहरूले आ-आफ्ना लुगा धोए। 15तब तिनले मानिसहरूलाई भने, “तेस्रो दिनको निम्ति तयार होओ। यौनक्रिया नगर।”
16तेस्रो दिन जब बिहान भयो तब पर्वतमा गड्याङगुडुङ भयो र बिजुली चम्क्यो र बाक्लो बादल पर्वतमा उठ्यो, र तुरहीको अति चर्को आवाज सुनियो। छाउनीमा भएका सबै जना थरथर कामे। #प्रका ४:५ #व्य ४:११-१२ 17तब मोशाले मानिसहरूलाई छाउनीबाट परमेश्वरसँग भेट गर्न ल्याए। तिनीहरूचाहिँ पर्वतको फेदीमा खड़ा भए। 18परमप्रभु आगोमा ओर्लेर त्यहाँ आउनुभएको कारणले सीनै पर्वत बिलकुलै धूवैँधूवाँले भरियो। पर्वतबाट धूवाँ भट्टीबाट झैँ निस्क्यो र सारा पर्वत जोडसित काँप्न लाग्यो, 19र तुरहीको आवाज अझ चर्को गरी बज्न लाग्यो। तब मोशा बोल्न लागे, र परमेश्वरले मेघ गर्जनमा तिनलाई जवाफ दिनुभयो।
20अनि परमप्रभु सीनै पर्वतको टाकुरामा ओर्लेर आउनुभयो, र परमप्रभुले मोशालाई पर्वतको टाकुरामा बोलाउनुभयो, र मोशा माथि उक्लेर गए। 21तब परमप्रभुले मोशालाई भन्नुभयो, “तल गएर मानिसहरूलाई सावधान गर्, नत्रता तिनीहरू परमप्रभुलाई हेर्न बार नाघेर माथि आउलान् र तिनीहरूमध्ये धेरै नष्ट होलान्। 22परमप्रभुको नजिक आउन पूजाहारीले पनि आफैलाई शुद्ध गरून्, नत्रता परमप्रभुले तिनीहरूलाई तत्कालै नाश गर्नुहुन्छ।”
23मोशाले परमप्रभुलाई भने, “मानिसहरू सीनै पर्वतमा उक्लेर आउन सक्दैनन्, किनकि तपाईंले हामीलाई ‘पर्वतको वरिपरि बार लगाएर पवित्र भनी अलग गर,’ भनी आज्ञा दिनुभएको थियो।”
24अनि परमप्रभुले तिनलाई भन्नुभयो, “जा, तँ आफै तल जा, र हारूनको साथमा माथि उक्लेर आइज। तर पूजाहारीहरू र मानिसहरूचाहिँ परमप्रभुकहाँ बार नाघेर उक्ली नआऊन्, नत्रता उहाँले तिनीहरूलाई तत्कालै नाश गर्नुहुनेछ।”
25यसैले मोशा तल मानिसहरूकहाँ ओर्लेर गए, र तिनीहरूलाई यी कुरा बताइदिए।
अहिले सेलेक्ट गरिएको:
प्रस्थान 19: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: