इजकिएल 41
41
1तब ती मानिसले मलाई बाहिरी पवित्रस्थानमा ल्याए, र त्यसका ढोकाका थामहरू नापे। ती थामहरूको चौड़ाइ एक-एकपट्टि छ-छ हात चौड़ा थियो। 2प्रवेशद्वार दश हात चौड़ा थियो, र त्यसका दुईपट्टिका गाराहरू पाँच-पाँच हात थिए। तिनले बाहिरी पवित्रस्थान नापे। त्यो चालीस हात लामो र बीस हात चौड़ा थियो।
3तब तिनी पवित्रस्थान भित्र पसे, र त्यसको प्रवेशद्वारका थामहरू नापे। प्रत्येक दुई-दुई हात चौड़ा थियो। प्रवेशद्वार छ हात चौड़ा थियो। प्रवेशद्वारका दुईपट्टिका गाराहरू सात-सात हात चौड़ा थिए। 4अनि तिनले भित्री पवित्रस्थानको लमाइ नापे। त्यो बीस हात थियो, र बाहिरी पवित्रस्थानको छेउमा भएको त्यसको चौड़ाइचाहिँ बीस हात थियो। तिनले मलाई भने, “योचाहिँ महा-पवित्रस्थान हो।”
5तब तिनले मन्दिरको भित्ता नापे। त्यो छ हात बाक्लो थियो, र मन्दिरका चारैतिर छेउ-छेउ गाँसिएका कोठाहरू चार-चार हात चौड़ा थिए। 6ती गाँसिएका कोठाहरू तीन तहमा थिए। प्रत्येक तहमा तीस-तीस कोठा थिए। मन्दिरका चारैतिरको भित्तामा कोठाहरूका निम्ति टेवा स्वरूप पालीहरू बनाइएका थिए, ताकि ती टेवाहरू मन्दिरको भित्तामा नघुसिऊन् 7मन्दिरका चारैतिरका कोठाहरू जति-जति माथि गएका थिए, त्यति-त्यति झन् चौड़ा हुँदैगएका थिए। मन्दिरलाई घेरेका ती कोठाहरू तहमाथि अर्को तलामा थपिँदैगएका थिए, र यसरी कोठाहरू एउटादेखि अर्कोमाथि जाँदा झन् चौड़ा हुन गए। सबैभन्दा तल्लो तलादेखि सबैभन्दा माथिल्लो तलासम्म बीचको तला भएर भर्याङबाट जाने सिँढ़ी थियो।
8त्यसपछि मन्दिरका चारैपट्टि उठाएको एउटा आधार मैले देखें, जो कोठाहरूको जग बन्यो। त्यसको लमाइ पूरा एक टाँगो, अर्थात् छ हात लामो थियो। 9ती कोठाहरूको बाहिरी भित्ता पाँच हात बाक्लो थियो। मन्दिरका ती कोठाहरू 10र पूजाहारीहरूका कोठाहरूका बीचको खुला क्षेत्र मन्दिरका चारैतिर बीस हात थियो। 11खुला क्षेत्रबाट ती कोठाहरूमा जाने प्रवेशद्वारहरू थिए, एउटा उत्तरतिर फर्केको र अर्कोचाहिँ दक्षिणतिर फर्केको थियो। त्यस खुला क्षेत्रका छेवैको आधार चारैतिर पाँच-पाँच हात चौड़ा थियो।
12मन्दिरको चोकतिर फर्केको पश्चिमपट्टिको भवन सत्तरी हात चौड़ा थियो। त्यस भवनको भित्ता चारैतिर पाँच हात बाक्लो थियो, र त्यसको लमाइचाहिँ नब्बे हात थियो।
13तब तिनले मन्दिर नापे। त्यो एक सय हात लामो थियो। मन्दिरको चोक र त्यो घर पनि, त्यसका भित्ताहरूसमेत एक सय हात लामो थियो। 14मन्दिरका पूर्वतिरको चोक पनि, मन्दिरको अगाड़िको छेउसमेत एक सय हात लामो थियो।
15तब तिनले मन्दिरका पछाड़िको चोकतिर फर्केको भवन, त्यसका हरेक भित्तामा बनाइएका एक-एकपट्टिका बार्दलीसमेत नापे। त्यो एक सय हात लामो थियो।
बाहिरी र भित्री पवित्रस्थान र चोकतिर फर्केको दलान, 16र ती तीनै वटाका चारैतिर भएका सँघारहरू, साँघुरा झ्यालहरू र बार्दलीहरू— सँघारका भित्र र बाहिरका सबै कुरा— काठले मोहोरिएका थिए। भूइँ, झ्यालसम्मै भएका भित्ता र झ्यालहरू पनि काठले मोहोरिएका थिए। 17भित्री पवित्रस्थानमा जाने प्रवेशद्वारबाहिर त्यसमाथिको खाली ठाउँमा र भित्री र बाहिरी पवित्रस्थानका भित्ताहरूका बीच-बीचमा 18खोपिएका करूबहरू र तिनका बीचमा खजूरका बोट थिए। हरेक करूबका दुई वटा अनुहार थिए— 19एउटाचाहिँ मानिसको अनुहारजस्तै एकापट्टिको खजूरतिर फर्केको, र अर्कोचाहिँ सिंहको अनुहारजस्तै अर्कोपट्टिको खजूरतिर फर्केको थियो। जम्मै मन्दिरका चारैतिर ती यस्तै खोपिएका थिए। 20करूबहरू र खजूरका बोटहरू भूइँदेखि प्रवेशद्वारमाथिको क्षेत्रसम्म बाहिरी पवित्रस्थानको भित्तामा खोपेर बनाइएका थिए।
21बाहिरी पवित्रस्थानका द्वारको चौकोस वर्गाकार थियो, र महापवित्रस्थानका अगाड़िपट्टिको पनि त्यस्तै थियो। 22तीन हात अल्गो र एक-एकतिरको चौड़ाइ दुई हात भएको एउटा काठको वेदी थियो। त्यसका कुनाहरू, त्यसका आधार र पाटाहरू काठकै थिए। ती मानिसले मलाई भने, “योचाहिँ परमप्रभुको सामुन्ने राखिएको टेबिल हो।” 23बाहिर पवित्रस्थान र महा-पवित्रस्थानका ढोकाहरू दुई-दुई पाटाका थिए। 24प्रत्येक ढोकाको लागि दुई-दुई खापा थिए। 25बाहिरी पवित्रस्थानका ढोकाहरूमा खोपिएका करूबहरू र खजूरका बोटहरू भित्तामा भएजस्तै थिए, र दलानको सामुन्ने काठको कार्नेस बनाइएको थियो। 26दलानका भित्ताहरूमा दुवैतिर खजूरका बोटहरू खोपिएका साँघुरा झ्यालहरू थिए। मन्दिरका चारैतिरका कोठाहरूका पनि झुण्डिएका कार्नेसहरू थिए।
अहिले सेलेक्ट गरिएको:
इजकिएल 41: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: