उत्पत्ति 45
45
योसेफले आफूलाई जाहेर गरेको
1तब आफ्ना वरिपरि उभिने सबै सेवकका सामुन्ने आफूलाई सम्हाल्न नसकेर योसेफले कराएर भने, “सबै जनालाई यहाँबाट बाहिर पठाइदेओ।” यसैले योसेफले आफ्ना दाजुभाइहरूसँग आफूलाई प्रकट गर्दा त्यहाँ अरू कोही थिएन। #प्रे ७:१३ 2अनि तिनी यति ठूलो सोरले रोए कि मिश्रीहरूले यो सुने, र फारोका परिवारकाहरूले पनि यो कुरा थाहा पाए।
3योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ। के मेरा बुबा जीवितै हुनुहुन्छ?” तर तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन्, किनकि तिनको सामुन्ने उनीहरू डराएका थिए।
4तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “कृपा गरी मेरो नजिक आओ।” उनीहरू नजिक गएपछि तिनले भने, “तिमीहरूले मिश्रमा बेचेको तिमीहरूको भाइ म नै हुँ। 5तिमीहरूले मलाई बेचेकोमा अब दु:ख नमान। आफैमाथि रीस पनि नगर, किनकि जीवन बचाउनका निम्ति परमेश्वरले मलाई तिमीहरू भन्दा अगि यहाँ पठाउनुभएको हो। 6देशमा अनिकाल भएको दुई वर्ष भयो, र अझै पाँच वर्षसम्म कहीँ पनि हलो जोतिनेछैन, र अनाजको कटनी पनि हुनेछैन। 7अनि तिमीहरूलाई एउटा भागको रूपमा पृथ्वीमा जोगाएर राख्न र तिमीहरूको जीवन बचाउन भनी परमेश्वरले मलाई तिमीहरूभन्दा अगि यहाँ पठाउनुभएको हो।
8“यसैले मलाई यहाँ पठाउने तिमीहरू होइनौ, तर परमेश्वर नै हुनुहुन्छ। उहाँले मलाई फारोका बुबातुल्य र उनका सारा परिवारका मालिक र मिश्रभरिका शासक तुल्याउनुभएको छ। 9अब झट्टै मेरा बुबाकहाँ गएर उहाँलाई भन, ‘तपाईंको छोरो योसेफ यसो भन्छ: परमेश्वरले मलाई सारा मिश्रका मालिक तुल्याउनुभएको छ। कति पनि अबेर नगरी मकहाँ आउनुहोस्। #प्रे ७:१४ 10तपाईं गोशेन प्रदेशमा बसोबास गर्नुहोला। तपाईं र तपाईंका बालबच्चाहरू र तपाईंका नाति-नातिनाहरू र तपाईंका बगालहरू र तपाईंसँग भएका जे-जति सबै मेरो नजिकै हुनेछन्। 11त्यहाँ म तपाईंको पालनपोषण गर्नेछु, किनकि अनिकालका अझै पाँच वर्ष बाँकी नै छन्, नत्रता तपाईं र तपाईंका परिवार र तपाईंसँग भएका सबै दरिद्र हुनेछन्।’
12“अब तिमीहरूसँग बोल्ने म योसेफ नै हुँ भनेर तिमीहरूले आफ्नै आँखाले र मेरो भाइ बेन्यामीनले पनि देखेका छौ। 13मिश्रदेशमा मेरो सबै गौरव र तिमीहरूले जे-जे देखेका छौ सो सब कुरा मेरा बुबालाई अवश्य भन्नू, र झट्टै मेरा बुबालाई यहाँ ल्याउनू।”
14तब आफ्नो भाइ बेन्यामीनको गलामा अँगालो हालेर तिनी खूब रोए, र बेन्यामीन पनि तिनको गलामा टाँसिएर रोए। 15अनि तिनले आफ्ना सबै दाजुहरूलाई म्वाइँ खाए, र उनीहरूसित रोए। त्यसपछि तिनका दाजुहरूले पनि तिनीसँग कुराकानी गरे।
16योसेफका दाजुभाइहरू आएका छन् भन्ने खबर जब फारोको घरमा पुग्यो तब फारो र उनका अधिकारीहरू सबै खुशी भए। 17फारोले योसेफलाई भने, “तिम्रा दाजुभाइहरूलाई यसो भन: ‘तिमीहरू आफ्ना पशुहरू लदाएर कनान देशमा फर्केर जाओ, 18र तिमीहरूका बुबा र तिनको परिवारका सबैलाई लिएर मकहाँ आओ। मिश्रको सबैभन्दा असल ठाउँ म तिमीहरूलाई दिनेछु र तिमीहरूले यस देशको असल उब्जनी खानेछौ।’
19“तिनीहरूलाई यसो भनेर पनि हुकुम गर: तिम्रा बालबच्चा र तिम्रा पत्नीहरूका निम्ति मिश्रबाट गाड़ाहरू पनि लैजाओ, र तिमीहरूका बुबालाई लिएर आओ। 20तिमीहरूका मालसामानको केही फिक्री नगर, किनकि मिश्रका सबै असल-असल कुराहरू तिमीहरूकै हुन्।”
21इस्राएलका छोराहरूले त्यसै गरे। फारोको हुकुमबमोजिम योसेफले उनीहरूलाई गाड़ाहरू र यात्राको निम्ति सामलतुमल दिए। 22उनीहरू हरेकलाई तिनले नयाँ लाउने लुगा दिए। तर बेन्यामीनलाई चाहिँ चाँदीका तीन सय सिक्का र पाँच जोर लुगा दिए। 23आफ्ना बुबाको निम्ति चाहिँ तिनले यी चीजहरू पठाइदिए: मिश्रका असल-असल चीजहरूले लादिएका दश गधा, र तिनका बुबाका यात्राको लागि सामलतुमल, रोटी र अनाजले लादिएका दश वटा गधैनी। 24अनि तिनले आफ्ना दाजुभाइहरूलाई बिदा गरे। बिदा हुँदा तिनले उनीहरूलाई भने, “बाटोमा झगड़ा नगर।”
25यसरी उनीहरू मिश्रबाट कनान देशमा आफ्ना बुबा याकूबकहाँ आए। उनीहरूले तिनलाई भने, “योसेफ त अझै जीवितै रहेछन्, र मिश्रका अधिपति तिनी नै भएका रहेछन्।” 26यो कुरा सुनेर तिनको हृदय-गति नै रोकियो। तिनले उनीहरूको कुरा पत्याएनन्। 27तर उनीहरूलाई भनिपठाएका योसेफका सबै कुरा सुनेपछि र आफूलाई ल्याउन भनी योसेफले पठाएका गाड़ाहरू देखेपछि उनीहरूका बुबा याकूबको होश फर्क्यो। 28र इस्राएलले भने, “यति भए मलाई पुग्यो। मेरो छोरो योसेफ जीवितै रहेछ। म जानेछु र म मर्नभन्दा अघि त्यसलाई हेर्नेछु।”
अहिले सेलेक्ट गरिएको:
उत्पत्ति 45: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: