हिब्रू 4
4
परमेश्वरका जनहरूलाई शबाथको विश्राम
1यसकारण परमेश्वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छँदाछँदै हामी होशियार रहौं र तिमीहरूमध्ये कोही पनि त्यस प्रतिज्ञादेखि वञ्चित नहोस्। 2किनकि हामीलाई पनि तिनीहरूलाई झैँ सुसमाचार प्रचार गरिएको हो। तर सुनेको वचनले तिनीहरूलाई केही फाइदा भएन, किनकि सुन्नेहरूले विश्वासपूर्वक यिनलाई ग्रहण गरेनन्। 3किनकि हामी विश्वास गर्नेहरूचाहिँ त त्यस विश्राममा प्रवेश गर्छौं, जसो उहाँले भन्नुभएको छ, #भज ९५:११
“यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाएँ,
‘मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन्’।”
यद्यपि उहाँका कार्यहरू संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए। 4किनकि उहाँले अरू कुनै ठाउँमा सातौँ दिनको विषयमा यस किसिमले भन्नुभएको छ, “परमेश्वरले सबै कार्यहरूबाट सातौँ दिनमा विश्राम लिनुभयो।” #उत २:२ 5र फेरि यसै खण्डमा उहाँले भन्नुभयो, “मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन्।” #भज ९५:११
6कसै-कसैलाई प्रवेश गर्न अझै बाँकी नै छ, र तिनीहरू, जसलाई अघिअघि सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू आफ्ना अनाज्ञाकारिताले गर्दा पस्न सकेनन्। 7फेरि परमेश्वरले “आज” भनी एक दिन ठहराउनुभएको छ, जब उहाँले धेरै समयपछि दाऊदद्वारा अघि भनिएकै कुरा फेरि भन्नुभयो, #भज ९५:७-८
“आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने
तिमीहरूका हृदय कठोर नपार।”
8किनकि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए त परमेश्वरले पछिबाट अर्को दिनको विषयमा भन्नुहुनेथिएन। #व्य ३१:७; यहो २२:४ 9यसकारण परमेश्वरका जनहरूका निम्ति शबाथको#4:9 यहूदीहरूको विश्राम-दिनको विश्राम बाँकी नै छ। 10किनकि परमेश्वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्नो परिश्रमदेखि विश्राम गर्छ, जसरी परमेश्वरले आफ्नो परिश्रमदेखि विश्राम लिनुभयो। #उत २:२ 11यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नलाई प्रयत्न गरौं, र त्यस्तै किसिमको अनाज्ञाकारिताद्वारा कोही पनि पतित नहोस्।
12किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ। 13परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्ने सबै कुरा स्पष्ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ।
येशू महान् प्रधान पूजाहारी
14आकाश छिचोलेर जानुभएका परमेश्वरका पुत्र येशू हाम्रा महान् प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले पक्कासँग स्वीकार गरेको यो विश्वास थामिराखौं। 15किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न। तर हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो। 16यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं।
अहिले सेलेक्ट गरिएको:
हिब्रू 4: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: