यशैया 28
28
एफ्राइमलाई धिक्कार
1एफ्राइमका मतवालाहरूको अहङ्कारका शिरको फूलमालालाई र त्यसको महिमित शोभाको ओइलाउने फूललाई धिक्कार, जो मलिलो उपत्यकाको सिरानमा राखिएको छ। त्यो सहर जसको अहङ्कारलाई दाखमद्यले होच्याइएको छ। 2हेर, परमप्रभुको एक जना शक्तिशाली र बलियो जन छ। असिना र नाश गर्ने आँधीझैँ, भयङ्कर बाढ़ीको मुसलधार वर्षा र तूफानझैँ उहाँले जोडदार रूपमा त्यसलाई भूइँमा फालिदिनुहुनेछ। 3एफ्राइमका मतवालाहरूको अङ्ककारका शिरको माला खुट्टामुनि कुल्चीमिल्ची हुनेछ। 4त्यसको महिमित शोभाको ओइलाउने फूल, जो प्रशस्त उब्जनी हुने बेँसीको सिरानमा राखिएको छ, त्यो कटनीभन्दा पहिले पाकेको अञ्जीरजस्तो हुनेछ, जो कसैले देख्ने बित्तिकै हातमा लिएर निलिहाल्छ।
5त्यस दिन आफ्नो प्रजाका बाँचेकाहरूका निम्ति सर्वशक्तिमान् परमप्रभु आफै महिमाको मुकुट र सुन्दरताको माला हुनुहुनेछ। 6उहाँ इन्साफ गर्नलाई बस्नेको निम्ति न्यायको आत्मा र सहरको मूल ढोकामा युद्ध गर्नेहरूका निम्ति शक्तिको स्रोत हुनुहुनेछ।
7यिनीहरू पनि दाखमद्यले गर्दा धरमरिन्छन्, जाँड़ले गर्दा तिनीहरू लरबरिन्छन्: पूजाहारी र अगमवक्ता जाँड़ले धरमरिन्छन्। दाखमद्यले तिनीहरू लट्ठिएका छन्। तिनीहरू जाँड़ले गर्दा धरमरिएका छन्। दर्शन देख्दा तिनीहरू धरमरिन्छन्, निर्णय दिँदा तिनीहरू लरबराउँछन्। 8सबै टेबिलहरू बान्ताले भरिएका छन्। फोहोर नभएको ठाउँ एउटै पनि छैन।
9“त्यसले कसलाई सिकाउन चाहेको छ? कसलाई त्यसले समाचारको अर्थ बुझाउँदैछ? भर्खर दूध छोड़ेका बालकहरूलाई, भर्खर दूधबाट अलग गरिएकाहरूलाई? 10किनकि यस्तो छ— गरिबस, गरिबस, शासन गर, शासन गर, यहाँ अलिकति, त्यहाँ अलिकति।”
11त्यसो हो भने, अन्य भाषा र अरू नै बोलीद्वारा परमप्रभु यस प्रजासित बोल्नुहुनेछ, #१ कोर १४:२१ 12जसलाई उहाँले भन्नुभयो, “विश्राम गर्ने ठाउँ यही हो, थाकेकाहरूले यहीँ नै विश्राम गरून्। अनि आरामको ठाउँ यही हो।” तापनि तिनीहरूले सुन्ने मन गरेनन्। 13यसकारण परमप्रभुको वचन तिनीहरूलाई यस्तो हुनेछ: गरिबस्, गरिबस्, शासन गर्, शासन गर्, अलिकति यहाँ, अलिकति त्यहाँ। यसरी तिनीहरू अगि बढून्, लोटून्, घाइते होऊन् र पासोमा परून्।
14यसैकारण हे निन्दा गर्ने मानिस हो, जसले यरूशलेममा यस प्रजामाथि शासन गर्दछन्, परमप्रभुको वचन सुन। 15तिमीहरूले यो भनेर घमण्ड गर्दछौ, “हामीले मृत्युसित करार बाँधेका छौं, र पातालसित हामीले सम्झौता गरेका छौं। अत्यन्तै ठूलो विपत्ति हामीमाथि परे तापनि, त्यसले हामीलाई छुनेछैन। किनकि हामीले झूटको शरण लिएका छौं, र असत्यतालाई हाम्रो लुक्ने ठाउँ बनाएका छौं।”
16यसकारण सर्वोच्च परमप्रभु भन्नुहुन्छ, “हेर, मैले सियोनमा एउटा ढुङ्गो बसालेको छु, एउटा जाँचेको ढुङ्गो, दृढ़ जगको निम्ति एउटा बहुमूल्य कुने-ढुङ्गो। भरोसा गर्नेले कहिल्यै हरेस खानेछैन। #भज ११८:२२-२३; रोम ९:३३; १०:११; १ पत्र २:६ 17म इन्साफलाई नाप्ने डोरी, र धार्मिकतालाई चाहिँ साहुल बनाउनेछु। असिनाले तिमीहरूको झूटको शरणस्थान बगाएर लैजानेछ, र पानीले तिमीहरूको लुक्ने ठाउँ डुबाइदिनेछ।” 18मृत्युसितको तिमीहरूको करार रद्द गरिनेछ, र पातालसित गरेको तिमीहरूको सम्झौता स्थिर रहनेछैन। जब विपत्तिको बाढ़ यताबाट जानेछ, तिमीहरूलाई त्यसले डुबाउनेछ। 19जहिले-जहिले त्यो उर्लेर आउँछ, त्यसले तिमीहरूलाई बगाएर लैजानेछ। बिहानैपिच्छे, दिनमा र रातमा त्यो उर्लेर आउनेछ।”
यो सन्देशको बुझाइले घोर त्रास मात्र ल्याउनेछ। 20लम्पसार पर्नलाई ओछ्यान साह्रै छोटो हुन्छ, आफूलाई ढाक्न कम्बल साह्रै सानो हुन्छ। 21पराजीम पर्वतमा उठ्नुभएझैँ परमप्रभु उठ्नुहुनेछ, गिबोनको बेँसीमा उहाँ जाग्नुभएझैँ जाग्नुहुनेछ— आफ्नो काम, आफ्नो अनौठो काम गर्न र आफ्नो कार्य, अर्थात् आफ्नो अर्कै कार्य पूरा गर्न। #यहो १०:१०-१२; २ शमू ५:२०; १ इति १४:११ 22अब आफ्नो ठट्टा रोक, नत्रता तिमीहरूका साङ्ला अझ गह्रौँ हुनेछन्। परमप्रभु, सर्वशक्तिमान् परमप्रभुले सारा देश नै नष्ट हुने कुरा मलाई भन्नुभएको छ।
23सुन र मेरो सोर सुन, ध्यान देऊ, र मैले भनेको कुरा सुन। 24जब कुनै किसानले केही रोप्नलाई जमिन जोत्छ, त के उसले जोतिरहन्छ? के त्यसले निरन्तर माटो खनेर डल्ला फोर्दै रहन्छ? 25जब उसले जमिन खनेर सम्म बनाउँछ तब के उसले सूँप र जीरा छर्दैन? के उसले गहूँ त्यसकै स्थानमा रोप्दैन? र जौ त्यसको नियत स्थानमा रोप्दैन? र कठिया खेतमा रोप्दैन? 26उसका परमेश्वरले उसलाई ठीक शिक्षा दिनुहुन्छ र ठीक-ठीक तरीका सिकाउनुहुन्छ।
27कुनै घनले सूँप छाँटिँदैन, न त गाड़ाको पाङ्ग्राले जीरामाथि दाइँ गरिन्छ। तर सूँप लहुरोले र जीराचाहिँ एउटा लहुरोले चुटिन्छ। 28रोटी बनाउने अन्न पिँधिनैपर्छ, कसैले त्यसलाई चुटिरहँदैन। अनि त्यसले गाड़ाको पाङ्ग्रा त्यसमाथि गुड़ाए तापनि घोड़ाले त्यो पिँध्दैन। 29यी सबै पनि सर्वशक्तिमान् परमप्रभुबाटै हुन आउँछ, जो सल्लाह दिनमा उदेकका र बुद्धिमा सर्वोत्तम हुनुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
यशैया 28: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: