यशैया 34
34
जाति-जातिहरूका विरुद्धमा न्याय
1हे जाति-जातिका मानिस हो, नजिक आओ र ध्यानसित सुन। हे मानिस हो, ध्यान लगाएर सुन! पृथ्वी र त्यसमा भएका जम्मैले सुनून्, संसार र त्यसबाट उत्पन्न भएका सारा थोकले सुनून्! 2परमप्रभुको रीस सारा जातिहरूमाथि उठेको छ, उहाँको क्रोध तिनका सारा सेनामाथि परेको छ। उहाँले तिनीहरूलाई बिलकुलै नाश गर्नुहुनेछ, हत्या गर्नेको हातमा उहाँले तिनीहरूलाई सुम्पनुहुनेछ। 3तिनीहरूका मारिएकाहरू बाहिर फालिनेछन्, र तिनीहरूका लाशबाट दुर्गन्ध निस्कनेछ, र पर्वतहरू तिनीहरूका रगतले भिज्नेछ। 4आकाशका सबै ताराहरू विलीन हुनेछन्। र आकाशचाहिँ चर्मपत्रको मुट्ठोझैँ बेह्रिनेछ, दाखको बोटबाट ओइलिएका पातहरू र अञ्जीरको बोटबाट चाउरी परेका फलहरू झरेझैँ आकाशका तारानक्षत्रहरू झर्नेछन्। #मत्ती २४:२९; मर्क १३:२५; लूक २१:२६; प्रका ६:१३-१४
5मेरो तरवारले स्वर्गमा अघाउञ्जेल पिएको छ। हेर, इन्साफको लागि एदोममाथि त्यसको प्रहार पर्नेछ, त्यस जातिमाथि जसलाई मैले सर्वनाश गरेको छु। #यशै ६३:१-६; यर ४९:७-२२; इज २५:१२-१४; ३५:१-१५; आमो १:११-१२; ओब १-१४; मला १:२-५ 6परमप्रभुको तरवार रगतमा चोपिएको छ। त्यो बोसोले भरिएको छ— भेड़ा-बाख्राहरूको रगतले, भेड़ाबाख्राका मिर्गौलाको बोसोले त्यो लतपत भएको छ। किनभने बोज्रामा परमप्रभुको एउटा बलि छ, र एदोममा एक ठूलो संहार। 7अर्नाहरू तिनीहरूसित, र बाछाहरू र ठूला-ठूला साँढ़ेहरू सोतर हुन्छन्। तिनीहरूका देश रगतले निथ्रुक्क हुनेछन् र तिनीहरूको बोसोले सम्पूर्ण माटो भरिनेछ।
8किनभने सियोनको पक्षमा परमप्रभुको बदला लिने एक दिन छ, साटो लिने एक वर्ष छ। 9एदोमका खोलाहरू अलकत्रामा, त्यसको धूलो जलिरहेको गन्धकमा, र त्यसको देशचाहिँ बल्दो अलकत्रामा परिवर्तन हुनेछ। 10त्यो रातदिन निभ्नेछैन। त्यसको धूवाँ निरन्तर उठिरहनेछ। पुस्तादेखि पुस्तासम्म त्यो उजाड़ भएर रहनेछ, त्यसबाट भएर कोही पनि फेरि कहिल्यै जानेछैन। #प्रका १४:११; १९:३ 11तर मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेराको त्यो वासस्थान हुनेछ, भुल्का र कागहरूले त्यसमा गुँड़ बनाउनेछन्। परमेश्वरले एदोममाथि खैलाबैलाको नाप्ने डोरी र शून्यताको साहुल तान्नुहुनेछ। 12त्यसका भारदारहरूसित त्यसलाई राज्य भनिने केही पनि रहनेछैन, र त्यसका राजकुमारहरू लोप हुनेछन्। 13त्यसका किल्लाका बुर्जाहरूमा काँढ़ा, र त्यसका किल्लाहरूमा सिस्नु र सिउँड़ीहरू उम्रनेछन्। त्यो स्यालहरूको बस्ने अखड़ा र लाटोकोसेराहरूको घर हुनेछ। 14मरुभूमिका जनावरहरू हुँड़ारहरूसित मिलेर त्यहाँ बस्नेछन्, जङ्गली बाख्राहरूले आफ्नो साथीलाई डाक्नेछन्, रातका जन्तुहरूले पनि विश्राम गर्ने ठाउँ पाएर त्यहाँ विश्राम गर्नेछन्। 15त्यहाँ लाटोकोसेराले आफ्नो गुँड़ बनाएर फुल पार्नेछ, र ओथ्रनेछ, र आफ्नो पखेटाको छायामुनि बचेराहरूलाई हेरचाह गर्नेछ। त्यहाँ भालेपोथी बाजहरू आ-आफ्ना जोड़ीसित जम्मा हुनेछन्।
16परमप्रभुको पत्रको मुट्ठामा हेर र पढ़। यिनमा एउटै पनि हराउनेछैन, कसैलाई आफ्नो जोड़ीको अभाव हुँदैन, किनकि उहाँको मुखले यो हुकुम दिनुभएको हो, र उहाँका आत्माले तिनीहरूलाई एकसाथ जम्मा गर्नुहुनेछ। 17उहाँले तिनीहरूका भाग छुट्ट्याइदिनुहुन्छ। उहाँकै हातले नापेर तिनीहरूलाई बाँड़िदिनुभएको छ। तिनीहरूले सदासर्वदा त्यो अधिकार गर्नेछन्, र पुस्तादेखि पुस्तासम्म तिनीहरू त्यहाँ वास गर्नेछन्।
अहिले सेलेक्ट गरिएको:
यशैया 34: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: