यशैया 39
39
बेबिलोनका राजदूतहरू
1त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदकबलदानले हिजकियाकहाँ चिट्ठी र सौगातका साथमा राजदूतहरू पठाए। उनले तिनी बिरामी भएर फेरि निको भएका छन् भन्ने सुनेका थिए। #२ राज २०:१२-१९ 2हिजकियाले ती राजदूतहरूलाई सहर्ष स्वागत गरे, र उनीहरूलाई आफ्नो भण्डारका सुन, चाँदी, मसलाहरू, सुगन्धित तेलहरू, आफ्ना सारा हतियार-गृह र आफ्नो कोषमा भएका सबै सामानहरू देखाइदिए। आफ्नो महल र आफ्नो राज्यमा तिनले उनीहरूलाई नदेखाएको कुनै पनि थोक थिएन।
3तब यशैया अगमवक्ता हिजकिया राजाकहाँ आएर भने, “ती मानिसहरूले के भने, र उनीहरू कहाँबाट आएका थिए?”
हिजकियाले भने, “उनीहरू टाढ़ा देश बेबिलोनबाट मकहाँ आएका थिए।”
4अगमवक्ताले सोधे, “उनीहरूले तपाईंको दरबारमा के-के देखे?”
हिजकियाले भने, “उनीहरूले मेरो दरबारमा भएका सारा चीजहरू देखे। मेरो भण्डारमा मैले उनीहरूलाई नदेखाएको कुरा केही छैन।”
5तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान् परमप्रभुको वचन सुन्नुहोस्: 6त्यो समय निश्चय नै आउनेछ, जब तेरो दरबारमा भएका तेरा पुर्खाहरूले आजको दिनसम्म सञ्चय गरेका सबै थोक बेबिलोनमा लगिनेछन्, केही पनि छोड़िनेछैन, परमप्रभु भन्नुहुन्छ। 7तेरा कतिपय सन्तान, जन्मिएका तेरा रगत र मासु त्यहाँ कैदमा लगिनेछन्, र तिनीहरू बेबिलोनका राजाको महलमा नपुंसक बन्नेछन्।” #दान १:१-७; २ राज २४:१०-१६; २ इति ३६:१०
8हिजकियाले जवाफ दिए, “तपाईंले भन्नुभएको परमप्रभुको वचन असलै छ।” किनकि तिनले विचार गरे, “मेरो जीवनकालभरि त शान्ति र सुरक्षा हुनेछ।”
अहिले सेलेक्ट गरिएको:
यशैया 39: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: