यशैया 4
4
1त्यस दिन सात जना स्त्रीहरूले एउटै मानिसलाई समातेर यसो भन्नेछन्, “हामी आफ्नै भोजन खानेछौं र आफ्नै लुगा जुटाउनेछौं, केवल तपाईं हाम्रा पति हुनुहोस्। हाम्रो अपमान तपाईंले हटाइदिनुहोस्।”
परमप्रभुको हाँगा
2त्यो दिन परमप्रभुको हाँगा फलदायक र महिमित हुनेछ, र इस्राएलका बाँचेकाहरूका निम्ति जमिनको फल गर्व र गौरवको हुनेछ। 3सियोनमा छोड़िएका र यरूशलेममा बाँकी रहेकाहरू, अर्थात् यरूशलेममा बस्नेहरू भनी दर्ता भएकाहरू पवित्र कहलाइनेछन्। 4परमप्रभुले सियोनका स्त्रीहरूको मैला धुनुहुनेछ, र उहाँले इन्साफको आत्मा र आगोको आत्माद्वारा यरूशलेमबाट रगतका दाग शुद्ध गर्नुहुनेछ। 5अनि परमप्रभुले सियोन पर्वतमाथि र त्यहाँ भेला हुनेहरूमाथि दिउँसो धूवाँको बादल र राती प्रज्वलित आगोको चमक सृष्टि गर्नुहुनेछ। सबैमाथि महिमा एउटा छत्र हुनेछ। #प्रस १३:२१—२४:१६ 6दिनको गर्मीबाट जोगाउने शरण र छाया तथा आँधीबेहरी र वर्षाबाट जोगाउने एउटा आश्रय र लुक्ने ठाउँ त्यो हुनेछ।
अहिले सेलेक्ट गरिएको:
यशैया 4: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: