यर्मिया 1
1
1बेन्यामीनको इलाकाको अनातोतमा बस्ने पूजाहारीहरूमध्ये एक जना, हिल्कियाहका छोरा यर्मियाका वचन यी हुन्। 2यहूदाका राजा अमोनका छोरा योशियाहका राजकालको तेह्रौँ वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो, #२ राज २२:३—२३:२७; २ इति ३४:८—३५:१९ 3अनि परमप्रभुको वचन यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालभरि र यहूदाका राजा योशियाहका छोरा सिदकियाहका राजकालको एघारौँ वर्षको पाँचौँ महिनासम्म, यरूशलेमका मानिसहरू कैदमा नलगुञ्जेलसम्मै आइरह्यो। #२ राज २३:२६—२४:७; २ राज २३:१८—२५:२१; २ इति ३६:५-८; ११:२१
यर्मियाको बोलावट
4परमप्रभुको यो वचन मकहाँ आयो,
5“मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरें।”
6मैले भनें, “हे परमप्रभु परमेश्वर, म त बोल्नै जान्दिनँ, म त बालकै छु।”
7तर परमप्रभुले मलाई भन्नुभयो, “‘म त बालकै छु,’ भनी नभन्। जसकहाँ म तँलाई पठाउँछु ती हरेककहाँ तँ जानैपर्छ र जे-जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्नैपर्छ। 8तिनीहरूसँग नडरा, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्नुहुन्छ।
9तब आफ्नो हात पसारेर परमप्रभुले मेरो मुख छुनुभयो, र मलाई भन्नुभयो, “अब, मैले मेरा वचन तेरो मुखमा हालिदिएको छु। 10हेर्, उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न म आज तँलाई जाति-जातिहरू र राज्य-राज्यहरूमाथि नियुक्त गर्दछु।”
11परमप्रभुको यो वचन मकहाँ आयो: “यर्मिया, तँ के देख्छस्?”
मैले भनें, “म हाड़े-बदामका रूखको एउटा हाँगा देख्दैछु।”
12तब परमप्रभुले मलाई भन्नुभयो, “तैंले ठीकै देखिस्, किनकि मेरो वचन पूरा भएको होस् भनेर म नियालेर हेरिरहेको छु।”
13परमप्रभुको यो वचन फेरि मकहाँ आयो: “तँ के देख्दैछस्?”
मैले भनें, “एउटा उम्लँदैगरेको भाँड़ो उत्तर दिशाबाट घोप्टिरहेको म देख्दैछु।”
14तब परमप्रभुले मलाई भन्नुभयो, “उत्तरदेखि नै यस देशका सबै मानिसहरूमाथि सर्वनाश खन्याइनेछ। 15म उत्तरका राज्यहरूका सबै मानिसहरूलाई बोलाउनै लागेको छु,” परमप्रभु भन्नुहुन्छ। “उनीहरूका राजाहरू आएर हरेकले आ-आफ्नो सिंहासन यरूशलेमका मूल ढोकाहरूको पस्ने ठाउँमा स्थापना गर्नेछ। उनीहरू त्यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरहरूका विरुद्धमा आउनेछन्। 16मलाई त्यागेर तिनीहरूले गरेका सबै दुष्टताको कारणले गर्दा तिनीहरूका विरुद्धमा म मेरो न्यायको फैसला सुनाउनेछु। तिनीहरूले पराई देवताहरूका निम्ति धूप बाले, र आफ्नै हातले बनाएका कुराहरूलाई दण्डवत् गरे।
17“तँचाहिँ तयार हो! उठ्, र जे-जे कुराको म तँलाई आज्ञा दिन्छु ती तिनीहरूलाई भन्। तिनीहरूदेखि तँ नडरा, नत्रता म तँलाई नै तिनीहरूका सामुन्ने भयभीत पार्नेछु। 18आज यो सारा देश, यहूदाका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र देशका मानिसहरूका विरुद्धमा उभिनलाई मैले तँलाई एक किल्ला भएको सहर, फलामको खामो र काँसाको पर्खाल बनाएको छु। 19तिनीहरूले तेरो विरुद्ध युद्ध गर्नेछन्, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्नुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
यर्मिया 1: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: