यर्मिया 28
28
हनन्याहको झूटो अगमवाणी
1त्यही वर्ष, यहूदाका राजा सिदकियाहका राजकालको चौथो वर्षको पाँचौँ महिनामा अज्जूरका छोरा, गिबोनमा बस्ने हनन्याह अगमवक्ताले परमप्रभुको भवनमा पूजाहारीहरू र सारा मानिसहरूका सामुन्ने मलाई भने: #२ राज २४:१८-२०; २ इति ३६:११-१३; यर २७:१ 2“सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु। 3बेबिलोनको राजा नबूकदनेसरले परमप्रभुको भवनका जति मालसामानहरू यस ठाउँबाट बेबिलोनमा लगेको थियो, ती सबै दुई वर्ष भित्रैमा म फेरि यस ठाउँमा फर्काइल्याउनेछु। 4अनि यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाबाट लगिएका सबै निर्वासित भएकाहरूलाई म फेरि यस ठाउँमा फर्काएर ल्याउनेछु,’ परमप्रभु भन्नुहुन्छ, ‘किनभने म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु’।”
5तब परमप्रभुको भवनमा उभिरहेका पूजाहारीहरू र सबै मानिसहरूका सामुन्ने यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई जवाफ दिए। 6तिनले भने, “आमेन, परमप्रभुले त्यसै नै गरून्! तिमीले अगमवाणी कहेका कुरा परमप्रभुले पूरा गरिदेऊन्। परमप्रभुको भवनका मालसामानहरू र सबै निर्वासित भएका मानिसहरूलाई उहाँले बेबिलोनबाट यस ठाउँमा फर्काइल्याऊन्। 7तापनि तिमी र यी सबै मानिसहरूले सुन्ने गरी मैले भनेको यो वचन तिमी सुन: 8म र तिम्रा अघि आएका अगमवक्ताहरूले त धेरै देशहरू र ठूला-ठूला राज्यहरूका विरुद्धमा लड़ाइँ, अनिकाल र रूढ़ीका विषयमा अगमवाणी भनेका छन्। 9तर जुन अगमवक्ताले शान्तिको अगमवाणी कहन्छन्, यदि त्यो पूरा भयो भने मात्र यथार्थमा ती नै अगमवक्तालाई परमप्रभुले पठाउनुभएको रहेछ भनी चिनिनेछ।”
10तब हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट त्यो जुवा निकालेर भाँचिदिए। 11अनि हनन्याहले सबै मानिसहरूका सामुन्ने यसो भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘यसरी नै यी दुई वर्ष भित्रमा म सबै जातिका काँधबाट बेबिलोनको राजा नबूकदनेसरको जुवा भाँचिदिनेछु’।” तब यर्मिया अगमवक्ताचाहिँ आफ्नो बाटो लागे।
12हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा भाँचेका केही समयपछि परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: 13“गएर हनन्याहलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: तैंले त काठको जुवा भाँचेको छस्, तर म त्यसको सट्टामा फलामको जुवा ल्याउनेछु। 14सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्नलाई म यी सबै जातिहरूका काँधमा फलामको जुवा लगाइदिनेछु, र उनीहरूले त्यसको सेवा गर्नेछन्। वनका पशुहरूलाई पनि म त्यसको अधीनमा राख्नेछु’।”
15अनि यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई भने, “हे हनन्याह, सुन, परमेश्वरले तिमीलाई पठाउनुभएको होइन। तापनि तिमीले यी मानिसहरूलाई झूटा कुरामा विश्वास गर्न लगाएका छौ। 16यसकारण परमप्रभु यसो भन्नुहुन्छ: ‘मैले तँलाई यस पृथ्वीबाट हटाउन लागेको छु। यही वर्ष तँ मर्नेछस्, किनभने तैंले परमप्रभुको विरुद्धमा विद्रोही कुरा प्रचार गरेको छस्’।”
17त्यही वर्षको सातौँ महिनामा हनन्याह अगमवक्ता मरे।
अहिले सेलेक्ट गरिएको:
यर्मिया 28: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: