यर्मिया 43
43
1जब परमप्रभु तिनीहरूका परमेश्वरले यर्मियाद्वारा तिनीहरूलाई दिनुभएका सबै कुरा यर्मियाले तिनीहरूलाई भनिसके, 2तब होशयाहका छोरा अजर्याह र कारेहका छोरा योहानान र सबै हठी मानिसहरूले यर्मियालाई भने, “तिमीले झूट बोलिरहेका छौ! ‘तिमीहरू मिश्रदेशमा बसोबास गर्न जानैहुँदैन’ भनी भन्नलाई परमप्रभु हामीहरूका परमेश्वरले तिमीलाई पठाउनुभएको होइन। 3तर बेबिलोनीहरूले हामीहरूलाई मारून् अथवा निर्वासित गरी बेबिलोनमा लैजाऊन् भन्ने विचारले नेरियाहको छोरा बारूकले तिमीलाई हाम्रा विरुद्धमा उक्साएको हो।”
4यसैले कारेहका छोरा योहानान र फौजका सबै अधिकृतहरू र अरू सबै मानिसहरूले यहूदा देशमा नै बस्नू भन्ने परमप्रभुको आज्ञा भङ्ग गरे। 5त्यसको सट्टा यहूदाका बाँकी रहेका जम्मै मानिसहरूलाई, जो जाति-जातिहरूका बीचमा तितरबितर भएर फेरि यहूदामा बस्नलाई फर्किआएका थिए, तिनीहरूलाई कारेहका छोरा योहानान र फौजका सबै अधिकृतहरूले लगे— #२ राज २५:२६ 6पुरुषहरू, स्त्रीहरू, केटाकेटीहरू, राजकुमारीहरू— जसलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा सुम्पेका थिए— तिनीहरूलाई र यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकलाई पनि तिनीहरूले लगे। 7यसरी परमप्रभुको आज्ञा भङ्ग गरेर तिनीहरू मिश्रदेशमा गए, र तिनीहरू तहपनेसमा पुगे।
8तहपनेसमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: 9“तेरा हातमा ठूलाठूला ढुङ्गा ले, र यहूदीहरूले हेरिरहेकै समयमा तहपनेसमा भएको फारोका महलको प्रवेशद्वारमा इँटा छापेको बाटोमुनि हिलोमा ती गाड़िराख्। 10अनि तिनीहरूलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: म आफ्नो दास बेबिलोनको राजा नबूकदनेसरलाई बोलाउनेछु, र मैले लुकाइराखेका यी ढुङ्गाहरूमाथि त्यसको सिंहासन म बसाल्नेछु। त्यसले तीमाथि आफ्नो राजपत्र फैलाउनेछ। 11त्यसले आएर मिश्रदेशलाई आक्रमण गर्नेछ, र मृत्युको लागि लेखिएका भए मृत्युमा नै, कैदमा जानुपर्नेहरू कैदमा, तरवारले मारिनुपर्नेहरू तरवारतिरै जाऊन्। 12त्यसले मिश्रदेशका देवताहरूका मन्दिरहरूमा आगो लगाइदिनेछ। त्यसले उनीहरूका मन्दिरहरूलाई जलाइदिनेछ, र देवताहरूलाई कैद गरेर लानेछ। जसरी गोठालाले आफ्नो लुगा ओढ्छ, त्यसरी नै त्यसले मिश्रदेशलाई ओढ्नेछ र त्यो त्यहाँबाट केही हानि नभई फर्कनेछ। 13त्यसले मिश्रदेशमा भएको सूर्यको मन्दिरका पवित्र खम्बाहरू भत्काइदिनेछ, र मिश्रदेशका देवताहरूका मन्दिरहरूमा आगो लगाइदिनेछ’।”
अहिले सेलेक्ट गरिएको:
यर्मिया 43: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: