यूहन्ना 7
7
छाप्रो-वासको चाड
1त्यसपछि येशू गालीलमा नै घुमफिर गर्नुभयो, तर उहाँ यहूदियामा जान चाहनुभएन, किनभने यहूदीहरू उहाँलाई मार्ने दाउमा थिए। 2अब यहूदीहरूका छाप्रो-वासको चाड नजिकै थियो। #लेवी २३:३४; व्य १६:१३ 3यसकारण येशूका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छाड़ेर यहूदिया जानुहोस्, र तपाईंले गरिरहनुभएका कामहरू तपाईंका चेलाहरूले पनि देखून्। 4जुन मानिसले ख्याति प्राप्त गर्न चाहन्छ, त्यसले गुप्तमा काम गर्दैन। तपाईं यी कामहरू गर्नुहुन्छ भने आफूलाई संसारमा प्रकट गराउनुहोस्।” 5किनकि उहाँका भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैनथिए।
6येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो उपयुक्त समय अझै आएको छैन, तर तिमीहरूका निम्ति त सबै समय उपयुक्त छ। 7संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई त घृणा गर्दछ, किनकि संसारको विषयमा त्यसका कामहरू दुष्ट छन् भनी म गवाही दिन्छु। 8तिमीहरू यस चाड़मा जाओ। म यस चाड़मा जान्नँ, किनभने मेरो समय अझ पूरा भएको छैन।” 9तिनीहरूलाई यसो भनेर उहाँ गालीलमै रहनुभयो।
10तर उहाँका भाइहरू चाड़मा गएपछि उहाँ पनि खुल्लमखुल्ला होइन, तर गुप्त रूपमा जानुभयो। 11चाड़मा यहूदीहरूले उहाँलाई खोजिरहेका थिए, र “उनी कहाँ छन्?” भनी सोध्दैथिए।
12भीड़हरूका बीचमा उहाँको विषयमा चर्चा हुन लाग्यो। कोही भन्थे, “उनी असल छन्।”
अरूले भन्थे, “होइन, यसले मानिसहरूलाई भ्रममा पारिरहेछ।” 13तर यहूदीहरूको डरले उहाँको विषयमा कोही खुल्लमखुल्ला बोल्दैनथिए।
चाड़मा येशूको शिक्षा
14चाड़को बीचमा येशू मन्दिरभित्र पस्नुभयो, र शिक्षा दिनुभयो। 15यहूदीहरूले अचम्म मान्दै यसो भने, “कुनै अध्ययन नगरी यिनले कसरी यति विद्या हासिल गरे?”
16तब येशूले जवाफ दिई तिनीहरूलाई भन्नुभयो, “मेरो शिक्षा मेरै होइन, तर उहाँको हो, जसले मलाई पठाउनुभयो। 17यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने, मेरो शिक्षा परमेश्वरतर्फबाट हो, कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ। 18जसले आफ्नै तर्फबाट बोल्दछ, उसले आफ्नै सम्मान खोज्दछ, तर जसले आफूलाई पठाउनेको सम्मान खोज्दछ, त्यो सत्य हो, र उसमा छल हुँदैन। 19के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन्? तर तिमीहरू कसैले त्यो व्यवस्था पालन गर्दैनौ। तिमीहरू किन मलाई मार्न खोज्दछौ?”
20भीड़ले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्दैछ?”
21येशूले जवाफ दिई तिनीहरूलाई भन्नुभयो, “एउटा काम मैले गरें, अनि तिमीहरू सबै यसमा आश्चर्य मान्दछौ। 22मोशाले तिमीहरूलाई खतनाको रीति दिएका छन् (हुन त, त्यो मोशाको तर्फबाट त होइन, तर पिता-पुर्खाहरूबाट हो), र पनि शबाथ-दिनमा तिमीहरू मानिसलाई खतना गर्दछौ। #उत १७:१०; लेवी १२:३ 23मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि कुनै मानिसले शबाथ-दिनमा खतना गर्छ भने, मैले एक जना मानिसलाई शबाथ-दिनमा पूरै निको पारिदिएँ भनेर के तिमीहरू मसँग रीस गर्दछौ? #यूह ५:९ 24मुख हेरेर होइन, तर ठीक किसिमले इन्साफ गर।”
ख्रीष्टबारे मानिसको धारणा
25यरूशलेमका कोही-कोही मानिसहरूले भने, “के यिनी उही होइनन्, जसलाई तिनीहरूले मार्न खोज्दछन्? 26हेर, यिनी त खुल्लमखुल्ला बोलिरहेछन्, तर तिनीहरू यिनलाई केही भन्दैनन्! के यिनी नै ख्रीष्ट हुन् भन्ने धर्म-गुरुहरूले साँच्चै थाहा पाए? 27तर हामी जान्दछौं, यी मानिस कहाँबाट आएका हुन्। तर जब ख्रीष्ट देखा पर्नुहुन्छ, उहाँ कहाँका हुनुहुन्छ कसैले थाहा पाउनेछैन।”
28तब येशूले मन्दिरमा सिकाउनुहुँदा, उहाँले उच्च स्वरले भन्नुभयो, “तिमीहरू मलाई चिन्छौ, र म कहाँबाट आएको हुँ, त्यो पनि जान्दछौ। म आफ्नै इच्छाले आएको होइनँ, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरू उहाँलाई चिन्दैनौ, 29तर म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ, र उहाँले मलाई पठाउनुभएको हो।”
30यसकारण तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले उहाँमाथि हात हालेन, किनभने उहाँको समय अझ आइपुगेको थिएन। 31तर भीड़का धेरै मानिसहरूले उहाँमाथि विश्वास गरे। तिनीहरूले भने, “जब ख्रीष्ट आउनुहुन्छ, तब के यिनले गरेका चिन्हहरूभन्दा बढ़ी चिन्ह उहाँले गर्नुहोला र?”
32भीड़ले उहाँको विषयमा चर्चा गरिरहेको फरिसीहरूले सुने। तब मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँलाई पक्रन मन्दिरका पहरेदारहरू पठाए।
33येशूले भन्नुभयो, “अझ केही समयसम्म म तिमीहरूसँग छु, त्यसपछि म मलाई पठाउनुहुनेकहाँ जानेछु। 34तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ, र जहाँ म हुन्छु, तिमीहरू आउन सक्दैनौ।”
35तब यहूदीहरूले आपसमा भने, “यिनी कहाँ जान आँटेका छन्, र हामी यिनलाई भेट्टाउनेछैनौं? के यिनी ग्रीकहरूका बीचमा छरपष्ट भई बसेका यहूदीहरूकहाँ गएर ग्रीकहरूलाई शिक्षा दिन चाहन्छन्? 36यिनले भनेको यो वचन के हो? ‘तिमीहरू मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ, र जहाँ म हुन्छु, तिमीहरू आउन सक्दैनौ’?”
37अब चाड़को पछिल्लो दिन, अर्थात् चाड़को प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस्। #लेवी २३:३६ 38जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’।” #इज ४७:१; जक १४:८ 39तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए। किनकि पवित्र आत्मा अहिलेसम्म दिइएको थिएन, किनभने येशूको महिमा अझसम्म भएको थिएन।
40यी कुरा सुन्ने कोही-कोही मानिसले भने, “यिनी त साँच्चै अगमवक्ता रहेछन्।”
41अरूहरूले भने, “यिनी ख्रीष्ट हुन्।”
तर कसै-कसैले भने, “के ख्रीष्ट गालीलबाट आउँछन् र? 42के धर्मशास्त्रले भनेको छैन, कि ख्रीष्ट दाऊदको वंशबाट र दाऊदकै गाउँ बेथलेहेमबाट आउँछन्?” #२ शमू ७:१२; मीका ५:२ 43यसैले मानिसहरूका बीचमा उहाँको कारण फाटो भयो। 44तिनीहरूमध्ये कतिले उहाँलाई पक्रन खोजे, तर उहाँमाथि कसैले पनि हात हालेन।
यहूदी धर्म-गुरुहरूको अविश्वास
45तब मन्दिरका पहरेदारहरू मुख्य पूजाहारीहरू र फरिसीहरूकहाँ आए। तिनीहरूले यिनीहरूलाई भने “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”
46पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्तो त कुनै मानिसले कहिल्यै बोलेन!”
47फरिसीहरूले यिनीहरूलाई भने, “तिमीहरू पनि बहकियौ, कि कसो? 48के धर्म-गुरु अथवा फरिसीहरूमध्ये कसैले उसमाथि विश्वास गरेको छ? 49तर यो भीड, जसले व्यवस्था जान्दैन, त्यो श्रापित छ।”
50तिनीहरूमध्ये एक जना निकोदेमस, जो पहिले एक पल्ट येशूकहाँ आएका थिए, तिनले भने, #यूह ३:१-२ 51“के हाम्रो व्यवस्थाले पहिले मानिसको सुनुवाइ नभई, र त्यसले के गरेको छ सो नजानिकन त्यसलाई दोषी ठहराउँछ र?”
52तिनीहरूले उनलाई जवाफ दिए, “के तिमी पनि गालीलका हौ? धर्मशास्त्र खोजेर हेर, र तिमीले देख्नेछौ, कि गालीलबाट अगमवक्ता निस्कँदैन।” [53तब हरेक मानिस आ-आफ्ना घर गए।
अहिले सेलेक्ट गरिएको:
यूहन्ना 7: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: