यहोशू 4:21-23

यहोशू 4:21-23 NNRV

अनि तिनले इस्राएलीहरूलाई यसो भने, “पछि तिमीहरूका बालबच्‍चाले आफ्‍ना बुबाहरूसँग ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर सोधे भने, तिमीहरूले आफ्‍ना बालबच्‍चालाई यसो भनेर बताइदिनू, ‘इस्राएलीहरूले यर्दन नदी सुक्‍खा जमिनमा टेकेर तरेका थिए’। जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले लाल समुद्रलाई हामीले पार नगरुञ्‍जेल हाम्रा सामुन्‍ने सुकाउनुभएको थियो, त्‍यसरी नै तिमीहरूका सामुन्‍ने तिमीहरू पार नगरुञ्‍जेल यर्दन नदीको पानी पनि सुकाउनुभएको थियो।