नहेम्याह 9
9
इस्राएलीहरूले पाप स्वीकार गरेका
1त्यही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू भाङ्ग्रा लगाई आ-आफ्नो शिरमा धूलो हालेर उपवासको निम्ति भेला भए। 2इस्राएली वंशकाहरूले सबै विदेशीहरूबाट आफूलाई अलग गरेका थिए। तिनीहरू खड़ा भई आफ्ना पाप र आफ्ना पुर्खाहरूको अधर्म स्वीकार गरे। 3तिनीहरू आ-आफ्नो स्थानमा खड़ा भए र पहिलो एक पहरचाहिँ परमप्रभु तिनीहरूका परमेश्वरका व्यवस्थाको पुस्तक पढ़े। अनि तिनीहरूले अर्को एक पहरचाहिँ आ-आफ्ना पापको स्वीकार गर्दै परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्दैरहे। 4खुट्किलामा लेवीहरू— येशूअ, बानी, कादमीएल, शबन्याह, बुन्नी, शरेबियाह, बानी र कनानीले खड़ा भएर ठूलो सोरले परमप्रभु तिनीहरूका परमेश्वरलाई पुकारे। 5अनि यी लेवीहरू— येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, “उभिएर परमप्रभु तिम्रा परमेश्वर, जो अनन्तदेखि अनन्तसम्म हुनुहुन्छ, उहाँको प्रशंसा गर।”
तपाईंको महिमित नाउँ धन्यको र सारा धन्य र प्रशंसामा सर्वोच्च होस्। 6तपाईं मात्र परमप्रभु हुनुहुन्छ। तपाईंले नै स्वर्ग, सर्वोच्च आकाश, र त्यसका सबै तारामण्डल, पृथ्वी र त्यसमा भएका सबै थोक, र समुद्रहरू र तिनमा भएका सबै थोकहरू बनाउनुभयो। तपाईंले नै तिनीहरू सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका सारा समुदायले तपाईंलाई पुज्दछन्।
7“तपाईं ती नै परमप्रभु परमेश्वर हुनुहुन्छ, जसले अब्रामलाई कल्दीहरूको ऊरबाट चुनेर निकालिल्याउनुभयो र तिनलाई अब्राहाम नाउँ राख्नुभयो। #उत ११:३१; १२:१; १७:५ 8तिनी तपाईंप्रति विश्वासी भएका तपाईंले पाउनुभयो, र तिनका सन्तानलाई कनानी, हित्ती, एमोरी, परिज्जी, यबूसी र गिर्गाशीहरूको देश दिने करार तिनीसित बाँध्नुभयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ, किनभने तपाईं धर्मी हुनुहुन्छ। #उत १५:१८-२१
9“तपाईंले मिश्रदेशमा हाम्रा पुर्खाहरूले पाएको दु:ख देख्नुभयो, र लाल सुमद्रमा सहायताको निम्ति कराएको तिनीहरूको पुकारा तपाईंले नै सुन्नुभयो। #प्रस ३:७; १४:१०-१२ 10फारो र उनका अधिकृतहरू र उनको देशका सबै मानिसहरूका विरुद्धमा चिन्ह र आश्चर्य कामहरू तपाईंले गर्नुभयो, किनकि उनीहरूले तिनीहरूप्रति अहङ्कारपूर्वक व्यवहार गरेका तपाईंले देख्नुभयो। तपाईंले आफ्नो निम्ति एउटा नाउँ राख्नुभयो, जो आजको दिनसम्म छँदैछ। #प्रस ७:८—१२:३२ 11तिनीहरू सुक्खा जमिनमा हिँड़िजान तिनीहरूका सामुन्ने समुद्रलाई दुई भाग पारिदिनुभयो, तर उर्लंदो पानीमा ढुङ्गा फालेझैँ ती खेद्नेहरूलाई तपाईंले फालिदिनुभयो। #प्रस १४:२१-२९; १५:४-५ 12तिनीहरूले यात्रा गरेको बाटोमा प्रकाश दिन दिउँसो बादलको खामो र राती आगोको खामोद्वारा डोर्याएर तपाईंले तिनीहरूलाई लानुभयो। #प्रस १३:२१-२२
13“तपाईं सीनै पर्वतमाथि ओर्लनुभयो र स्वर्गबाट तिनीहरूसित कुरा गर्नुभयो। तपाईंले तिनीहरूलाई उचित र साँचो नियम तथा कानून र असल धर्म-विधिहरू तथा आज्ञाहरू दिनुभयो। #प्रस १९:१८—२३:३३ 14आफ्ना दास मोशाद्वारा पवित्र शबाथ तिनीहरूलाई अवगत गराउनुभयो, र आफ्नो प्रजालाई आज्ञाहरू, धर्म-विधिहरू र नियमहरू दिनुभयो। 15तिनीहरूको भोक मार्नलाई तपाईंले तिनीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेटाउन तिनीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो। तिनीहरूलाई दिन्छु भनी तपाईंले हात उठाएर करार गर्नुभएको देश अधिकार गर्नलाई पस्न भनी तपाईंले हुकुम गर्नुभयो। #प्रस १६:४-१५; १७:१-७; व्य १:२१
16“तर हाम्रा पुर्खाहरू हठी र अटेरी भएर तपाईंका आज्ञाहरू उल्लङ्घन गरे। #गन्ती १४:१-४; व्य १:२६-३३ 17आज्ञापालन गर्न तिनीहरूले इन्कार गरे, र तिनीहरूका बीचमा तपाईंले गर्नुभएका आश्चर्यकर्महरूलाई तिनीहरूले यादै गरेनन्। तिनीहरू अटेरी भए, र आफ्नो दासत्वमा फेरि लैजान तिनीहरूले एक जना अगुवालाई नियुक्त गरे। तर तपाईं क्षमा गर्नुहुने परमेश्वर, अनुग्रही र कृपालु, रिसानीमा ढिला र प्रेमले पूर्ण हुनुहुन्छ। यसैले तिनीहरूलाई तपाईंले त्याग्नुभएन, #प्रस ३४:६; गन्ती १४:१८ 18यद्यपि तिनीहरूले ढलौटे बाछा बनाएर यसो पनि भने, ‘तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउने तिमीहरूका ईश्वर यही हो,’ अथवा जब तिनीहरूले भयानक ईश्वर-निन्दा गरे। #प्रस ३२:१-४
19तापनि तपाईंले तिनीहरूलाई ठूलो करुणा देखाएर उजाड़-स्थानमा त्याग्नुभएन। तिनीहरूको यात्रामा दिउँसो बादलको खामोले बाटो देखाउन र राती तिनीहरूका यात्राको बाटोमा प्रकाश दिने आगोको खामोले तिनीहरूलाई छोड़ेनन्। #व्य ८:२-४ 20तिनीहरूलाई शिक्षा दिन तपाईंले आफ्ना असल आत्मा दिनुभयो। तिनीहरूको भोक मार्न तिनीहरूलाई मन्न दिन तपाईंले छोड्नुभएन, र तिनीहरूको तिर्खा मार्न तिनीहरूलाई पानी दिनुभयो। 21चालीस वर्षसम्म उजाड़-स्थानमा तपाईंले तिनीहरूलाई सम्हाल्नुभयो। तिनीहरूलाई केही कुराको अभाव भएन; तिनीहरूका लुगाहरू फाटेनन् र तिनीहरूका खुट्टाहरू सुनिएनन्।
22“तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू र टाढ़ाका सीमान्त-प्रदेशहरू पनि दिनुभयो। तिनीहरूले हेश्बोनका राजा सीहोनको देश र बाशानका राजा ओगको देश जिते। #गन्ती २१:२१-३५ 23तपाईंले तिनीहरूका सन्तानलाई आकाशका तारासरह अनगिन्ती बनाउनुभयो, र यिनीहरूका पुर्खाहरूलाई आफ्नो अधिकारमा लिन तपाईंले प्रतिज्ञा गर्नुभएको देशमा यिनीहरूलाई ल्याउनुभयो। #उत १५:५; २२:१७; यहो ३:१४-१७ 24तिनीहरूका सन्तान त्यहाँ पसेर त्यो देश अधिकार गरे। त्यहाँका बासिन्दा कनानीहरूलाई तपाईंले तिनीहरूकै अधीन तुल्याउनुभयो, र ती कनानीहरूलाई, उनका राजा र प्रजाहरूलाई समेत आफूलाई इच्छा लागेझैँ व्यवहार गर्न तिनीहरूका हातमा दिनुभयो। #यहो ११:२३ 25पर्खाल लाएका सहरहरू र मलिलो भूमि तिनीहरूले कब्जा गरे। असल-असल थोक भएका घरहरू, खनेका कूवा, दाखबारी, भद्राक्षका रूख र अरू फलका रूखहरू प्रशस्त मात्रामा तिनीहरूले कब्जा गरे। यसरी खाएर तिनीहरू तृप्त भए, र पुष्ट भए र तपाईंको महान् उदारतामा आनन्दित भए। #व्य ६:१०-११
26“तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरुद्धमा बागी भए। तिनीहरूले तपाईंका व्यवस्थाको वास्ता गरेनन्। तिनीहरूलाई तपाईंतर्फ फर्काउनलाई गम्भीर चेताउनी दिने तपाईंका अगमवक्ताहरूलाई तिनीहरूले मारे। यसरी तिनीहरूले ठूलो ईश्वर-निन्दाको अपराध गरे। #न्याय २:११-१६ 27यसैकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा दिनुभयो, जसले तिनीहरूमाथि अत्याचार गरे। तर तिनीहरू अत्याचारमा पर्दा तिनीहरूले सहायताको लागि तपाईंलाई पुकारे। तपाईंले स्वर्गबाट तिनीहरूको पुकारा सुन्नुभयो, र आफ्नो ठूलो करुणा देखाएर तिनीहरूलाई आफ्ना शत्रुहरूबाट बचाउन उद्धारकहरू पठाउनुभयो।
28“तर वरिपरिबाट शान्ति पाएपछि तपाईंको दृष्टिमा जे दुष्ट छ सो तिनीहरूले फेरि गरे। तब तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुका हातमा त्याग्नुभयो, र उनीहरूले तिनीहरूमाथि शासन गरे। अनि फेरि तिनीहरूले सहायताको निम्ति तपाईंको पुकारा गरे, र तपाईंले स्वर्गबाट तिनीहरूको पुकारा सुन्नुभयो, र आफ्नो करुणा देखाएर पटक-पटक तिनीहरूलाई उद्धार गर्नुभयो।
29“तपाईंले तिनीहरूलाई आफ्नो व्यवस्थातिर फर्कनलाई चेताउनी दिनुभयो, तर तिनीहरू हठी भएर तपाईंका आज्ञाहरूको उल्लङ्घन गरे। तिनीहरूले तपाईंका धार्मिक-विधिका विरुद्धमा पाप गरे, जसलाई पालन गरेमा जीवन छ। हठी र आफ्नो जिद्दीमा अटेरी भएर तिनीहरूले तपाईंको आज्ञापालन गरेनन्। #लेवी १८:५ 30धेरै वर्षसम्म तपाईंले तिनीहरूसित धैर्य धर्नुभयो। तपाईंले आफ्ना अगमवक्ताहरूद्वारा तपाईंका आत्माले तिनीहरूलाई चेताउनी दिनुभयो। तर तिनीहरूले सुनेनन्। यसैकारण तपाईंले तिनीहरूलाई छिमेकका मानिसहरूका हातमा सुम्पिदिनुभयो। #२ राज १७:१३-१८; २ इति ३६:१५-१६ 31तर आफ्नो अपार करुणा देखाएर तपाईंले तिनीहरूलाई खतम पार्नुभएन र तिनीहरूलाई त्याग्नु पनि भएन, किनभने तपाईं अनुग्रह गर्ने करुणामय परमेश्वर हुनुहुन्छ।
32“यसकारण हे हाम्रा परमेश्वर, तपाईं महान्, पराक्रमी र भययोग्य परमेश्वर, जसले आफ्नो प्रेमको करार पूरा गर्नुहुन्छ। हाम्रा राजाहरू, अगुवाहरू, पूजाहारीहरू, अगमवक्ताहरू, पुर्खाहरू र तपाईंका सबै प्रजामाथि परिआएका कष्ट— अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म पाएका कष्टलाई हलुका नसम्झनुहोस्। #२ राज १५:१९,२९; १७:३-६; एज्रा ४:२,१० 33हामीमाथि सबै जे-जति परिआएका छन्, तिनमा तपाईंले न्यायसित काम गर्नुभएको छ। तपाईंले विश्वाससित काम गर्नुभएको छ, तर हामीले चाहिँ भूल गर्यौं। 34हाम्रा राजाहरू, अगुवाहरू, पूजाहारीहरू र पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेनन्, र तपाईंले दिनुभएका आज्ञाहरू र चेताउनीहरूको वास्ता गरेनन्। 35तिनीहरू आफ्नो राज्यमा हुँदा, तपाईंले तिनीहरूलाई दिनुभएको विस्तृत र मलिलो देशमा तपाईंको महान् उदारता तिनीहरूले उपभोग गर्दागर्दै पनि, तिनीहरूले तपाईंको सेवा गरेनन् र आफ्ना दुष्ट चाल त्यागेनन्।
36“हेर्नुहोस्, आज हामी दास भएका छौं। तपाईंले हाम्रा पुर्खाहरूलाई त्यसका फलहरू खान र त्यसका असल उब्जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौं। 37हाम्रा पापहरूले गर्दा त्यसका प्रशस्त उब्जनीहरू हामीमाथि प्रभुत्व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्छन्। हाम्रा शरीर र हाम्रा पशुहरूमाथि उनीहरू आफूखुशी शासन गर्दछन्। हामी ठूलो सङ्कष्टमा परेका छौं।
38“यी सबैको कारण हामी लिखित रूपमा यो वाचा बाँध्दैछौं, र हाम्रा अगुवाहरू, लेवीहरू र पूजाहारीहरूले सहीछाप लगाउँदैछन्।”
अहिले सेलेक्ट गरिएको:
नहेम्याह 9: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: