फिलिप्पी 4
4
1यसकारण मेरा भाइहरू, म तिमीहरूलाई माया गर्दछु, र तिमीहरूको चाहना गर्दछु, तिमीहरू मेरा आनन्द र मुकुट हौ। मेरा प्रियहरू, यसरी नै प्रभुमा स्थिर रहो।
2म इयोदिया र सुन्तुखेलाई प्रभुमा एउटै मनका होओ भनेर आग्रहपूर्वक बिन्ती गर्दछु। 3विश्वासी सहकर्मी, म तिमीलाई पनि अनुरोध गर्दछु, कि यी स्त्रीहरूलाई मदत गर, किनकि यिनीहरूले मेरो साथसाथै सुसमाचारको काममा क्लेमेससँग र मेरा अरू बाँकी सहकर्मीहरूसँग परिश्रम गरेका छन्, जसका नाउँ जीवनको पुस्तकमा छन्।
4प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर। 5तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ। 6कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, 7र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।
8अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका विचार गर। 9तिमीहरूले जुन कुरा मबाट सिक्यौ, र ग्रहण गर्यौ र सुन्यौ र ममा देख्यौ, त्यही गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
उनीहरूका भेटीको निम्ति धन्यवाद
10म प्रभुमा साह्रै आनन्दित छु, कि अब धेरै दिनपछि मप्रति तिमीहरूको वास्ता फेरि पलाएको छ। तिमीहरू साँच्चै मेरो निम्ति चिन्तित थियौ, तर तिमीहरूलाई मौका मिलेन। 11खाँचो पर्यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु। 12कसरी होचिन र कसरी बढ्न म जान्दछु। परिपूर्णतामा होस् वा भोकप्यासमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। 13जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।
14तापनि मेरो कष्टमा तिमीहरू सहभागी भयौ, सो असल गर्यौ। 15तिमी फिलिप्पीहरू आफै पनि जान्दछौ, कि सुसमाचारको सुरुमा म माकेडोनियाबाट बिदा हुँदा, दिने र लिने काममा, तिमीहरूबाहेक कुनै मण्डलीको सहभागिता मसँग भएको थिएन,#२ कोर ११:९ 16किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्दा बढ़ी नै मेरो निम्ति सहायता पठायौ।#प्रे १७:१ 17मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्तो फलको आशा राख्छु, जो तिमीहरूकै हिसाबमा जम्मा हुँदैजाओस्।
18मैले पाउनुपर्नेभन्दा बढ़ी नै पाएको छु। इपाफ्रोडिटसद्वारा पठाइदिएका तिमीहरूको मीठो बास्ना भएको, र परमेश्वरलाई मनपर्दो र ग्रहणयोग्य बलिदान पाएर म तृप्त भएको छु।#प्रस २९:१८ 19मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। 20अब हामीहरूका परमेश्वर र पितालाई सदासर्वदा महिमा होस्। आमेन।
आखिरी अभिवादन
21ख्रीष्ट येशूमा हरेक सन्तलाई अभिवादन देओ। मसँग हुने भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। 22सबै सन्तहरूले र विशेष गरी कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
23प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग होस्।
अहिले सेलेक्ट गरिएको:
फिलिप्पी 4: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: