भजनसंग्रह 105
105
परमेश्वरले आफ्ना जनहरूको रक्षा गर्नुभएको
1परमप्रभुलाई धन्यवाद चढ़ाओ, उहाँका नाउँको पुकार गर,#१ इति १६:८-२२ जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर।
2उहाँको निम्ति गाओ, उहाँको निम्ति प्रशंसाको भजन गाओ, उहाँका सबै आश्चर्यकर्महरूको बयान गर।
3उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्।
4परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्तर खोज।
5उहाँले गर्नुभएका अचम्मका कामहरू स्मरण गर, उहाँका आश्चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्मरण गर,
6हे उहाँका दास अब्राहामको वंश, हे याकूबका सन्तान, उहाँका चुनिएका हो।
7उहाँ परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, समस्त पृथ्वीमा उहाँका फैसलाहरू रहन्छन्।
8उहाँ आफ्नो करार सदा स्मरण गर्नुहुन्छ, त्यो वचन जो उहाँले हजारौं पुस्ताहरूलाई दिनुभएको थियो,
9त्यही करार, जो उहाँले अब्राहामसँग बाँध्नुभयो,#उत १२:७; १७:८; २६:३ त्यही शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो,
10जो उहाँले आदेशको रूपमा याकूबसित पुष्टि गर्नुभयो,#उत २८:१३
र इस्राएलसँग यसो भनेर अनन्त करारको रूपमा बाँध्नुभयो:
11“तँलाई म कनान देश दिनेछु, त्यो उत्तराधिकार तेरो अंश हुनेछ।”
12जब तिनीहरू गन्तीमा थोरै मात्र थिए, साह्रै थोरै, र त्यसमा पनि विदेशी थिए,
13तिनीहरू एक राष्ट्रबाट अर्को राष्ट्रमा,
र एक राज्यबाट अर्को राज्यमा फिरन्ता भई हिँड्थे।
14उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन।#उत २०:३-७ तिनीहरूका खातिर उहाँले राजाहरूलाई पनि यसो भनेर हप्काउनुभयो,
15“मेरा अभिषेक भएकाहरूलाई नछोओ,
र मेरा अगमवक्ताहरूलाई केही हानि नगर।”
16उहाँले त्यस देशमा अनिकाल पठाउनुभयो,#उत ४१:५३-५७
र अन्नका सारा आपूर्ति नै नष्ट गरिदिनुभयो।
17उहाँले योसेफ नाउँ भएका एक जनालाई तिनीहरूका अगि पठाउनुभयो,#उत ३७:२८; ४५:५ जो कमारा हुनलाई बेचिएका थिए।
18तिनको खुट्टामा तिनीहरूले नेल ठोकेर दु:ख दिए,#उत ३९:२०—४०:२३
र तिनको गलामा फलामको जन्जीर लगाइदिए,
19जबसम्म तिनको वचन पूरा भएन, तथा परमप्रभुको वचनले तिनलाई सच्चा प्रमाणित गरेन।
20राजाले मानिस पठाएर तिनलाई छुटकारा गरिदिए,#उत ४१:१४ जनताका शासकले तिनलाई बन्धनबाट मुक्त गरे।
21राजाले तिनलाई आफ्नो राजभवनका प्रधान बनाए,#उत ४१:३९-४१
र आफ्ना सबै सम्पत्तिका शासक तुल्याए,
22उनका राजकुमारहरूलाई तिनले चाहेजस्तो सिकाउनलाई,
र उनका बुज्रुकहरूलाई ज्ञानका कुरा सिकाउनलाई।
23तब इस्राएल मिश्रदेशमा प्रवेश गरे,#उत ४६:६; ४७:११
र याकूब हामको देशमा प्रवासीको रूपमा बसे।
24परमेश्वरले आफ्ना प्रजालाई ज्यादै फलवन्त बनाउनुभयो,#प्रस १:७-१४ तिनीहरूको शत्रुभन्दा तिनीहरूको सङ्ख्या अझ बढ़ी बनाउनुभयो।
25परमेश्वरले मिश्रीहरूका हृदयलाई उहाँका दासहरूलाई घृणा गर्न परिवर्तन गर्नुभयो, आफ्ना सेवकहरूका विरुद्ध षड्यन्त्र गर्ने मन उनीहरूलाई दिनुभयो।
26उहाँले आफ्ना दास मोशा#प्रस ३:१—४:१७
र आफूले चुन्नुभएका हारूनलाई पठाउनुभयो।
27तिनीहरूले उनीहरूका बीचमा उहाँका आश्चर्यका चिन्हहरू,
र हामको देशमा आश्चर्यका कामहरू देखाए।
28उहाँले अन्धकार पठाउनुभयो, र समस्त देशमा अँध्यारो छायो,#प्रस १०:२१-२३ किनकि उनीहरूले उहाँका वचनको विरोध गरेका थिए।
29उहाँले उनीहरूका पानीहरूलाई रगत बनाउनुभयो,#प्रस ७:१७-२१
र उनीहरूका माछाहरू मरे।
30भ्यागुताका बथान उनीहरूको देशमा आएर#प्रस ८:१-६ शासकहरूका शयनकक्षसम्म पनि पुगे।
31उहाँले आज्ञा गर्नुभयो,#प्रस ८:१६-१७,२०-२४
र सारा देश झीँगा र भुसुनाले भरियो।
32उहाँले वृष्टिलाई असिनामा परिवर्तन गर्नुभयो,#प्रस ९:२२-२५
र उनीहरूको देशभरि बिजुली चम्काउनुभयो।
33उहाँले उनीहरूका दाख र अञ्जीरका बोटहरू ध्वंस पारिदिनुभयो,
र उनीहरूको देशका रूखहरू ढाल्नुभयो।
34उहाँले आज्ञा गर्नुभयो,#प्रस १०:१२-१५
र सलहहरू र अनगिन्ती फटेंग्राहरू आए।
35तिनीहरूले उनीहरूको देशका सबै वनस्पति,
र उनीहरूको भूमिका फल खाइदिए।
36अनि उहाँले उनीहरूको देशका सबै ज्येष्ठ सन्तान,#प्रस १२:२९ उनीहरूको पौरखका पहिला फलहरूलाई नाश गर्नुभयो।
37उहाँले सुन र चाँदीसहित इस्राएलीहरूलाई बाहिर निकाल्नुभयो,#प्रस १२:२३-३६
र तिनीहरूका कुलमध्येको कसैले पनि ठोकर खाएन।
38तिनीहरू निस्किगएकामा मिश्रदेश खुशी भयो, किनभने इस्राएलको भय उनीहरूमाथि परेको थियो।
39उहाँले आवरणको निम्ति बादल फिँजाउनुभयो,#प्रस १३:२१-२२
र राती उज्यालो दिनलाई आगो दिनुभयो।
40तिनीहरूले मागे, र उहाँले तिनीहरूलाई बट्टाई चराहरू दिनुभयो,#प्रस १६:२-१५
र स्वर्गको रोटी तिनीहरूलाई प्रशस्त मात्रामा दिनुभयो।
41उहाँले चट्टान फोर्नुभयो, र पानी फुटिनिस्क्यो,#प्रस १७:१-७; गन्ती २०:२-१३
र मरुभूमिमा नदीझैँ बग्यो।
42किनभने उहाँले आफ्ना सेवक अब्राहामलाई दिनुभएको पवित्र प्रतिज्ञा स्मरण गर्नुभयो।
43उहाँले आफ्ना मानिसहरूलाई आनन्दसाथ आफ्ना चुनिएकाहरूलाई जयजयकारको ध्वनिसाथ ल्याउनुभयो।
44उहाँले तिनीहरूलाई जाति-जातिहरूका देश दिनुभयो,#यहो ११:१६-२३
र अरू मानिसहरूका परिश्रमको फल तिनीहरूले आफ्नो अधिकारमा पारे।
45तिनीहरूले उहाँका आदेशहरू पालन गरून्,
र उहाँका नियमहरूलाई मानून् भनेर नै यी सब भए। परमप्रभुको प्रशंसा गर।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 105: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: