भजनसंग्रह 28
28
प्रार्थना र धन्यवाद-ज्ञापन
दाऊदको भजन
1हे परमप्रभु, मेरो चट्टान, म तपाईंलाई पुकार्दछु, मेरो पुकारा नसुनेजस्तो नगर्नुहोस्, नत्रता तपाईं मौन रहँदा, म मृत-लोकमा पर्नेहरूजस्तो हुनेछु।
2जब सहायताको लागि तपाईंलाई पुकार्छु
र तपाईंको महापवित्र स्थानतिर म आफ्ना हात उठाउँछु, तब मेरो अनुनयविनय सुनिदिनुहोस्।
3मलाई दुष्टहरूसित र दुष्ट काम गर्नेहरूसित नलैजानुहोस्, जो तिनीहरूका छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्दछन्, तर तिनीहरूका हृदयमा भने द्वेष हुन्छ।
4तिनीहरूका काम र तिनीहरूले गरेका दुष्ट कर्मअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्,#प्रका २२:१२ तिनीहरूका हातका कर्मअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्, र तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरूलाई दिनुहोस्।
5तिनीहरूले परमप्रभुका काम र उहाँका बाहुलीका कर्मको वास्ता नराखेकाले, उहाँले तिनीहरूलाई नष्ट पार्नुहुनेछ,
र तिनीहरूलाई फेरि बनाउनुहुनेछैन।
6परमप्रभुको स्तुति होस्, किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्नुभएको छ।
7परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्छ, उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ, र मैले सहायता पाएको छु। मेरो हृदय उल्लसित छ,
र म भजनद्वारा उहाँलाई धन्यवाद चढ़ाउनेछु।
8परमप्रभु आफ्ना जनहरूको शक्ति हुनुहुन्छ,
र आफ्ना अभिषिक्त जनको निम्ति उद्धारको किल्ला हुनुहुन्छ।
9तपाईंको प्रजालाई बचाउनुहोस्,
र तपाईंको आफ्नो वंशलाई आशिष् दिनुहोस्। तिनीहरूका गोठाला बन्नुहोस्,
र तिनीहरूलाई सदाकाल सम्हाल्नुहोस्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 28: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: