भजनसंग्रह 96
96
परमप्रभु राजा र न्यायकर्ता
1परमेश्वरको निम्ति एउटा नयाँ भजन गाओ, हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ।
2परमप्रभुको निम्ति भजन गाओ,#१ इति १६:२३-३३ उहाँका नाउँको प्रशंसा गर, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर।
3जाति-जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर, सबै मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर।
4किनकि परमप्रभु महान् हुनुहुन्छ, उच्च प्रशंसाको योग्यका हुनुहुन्छ, सारा देवहरूकोभन्दा बढ़ी उहाँकै डर राख्नुपर्छ।
5किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्वर्ग सृष्टि गर्नुभयो।
6प्रताप र गौरव उहाँको सम्मुख छन्, उहाँको पवित्रस्थानमा शक्ति र महिमा छन्।
7जाति-जातिका परिवार हो, परमप्रभुलाई चढ़ाओ,#भज २९:१-२ परमप्रभुलाई महिमा र शक्ति चढ़ाओ।
8परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको मन्दिरमा प्रवेश गर।
9उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्डवत् गर, हे सारा पृथ्वी, उहाँको सामु थरथरी होओ।
10जातिहरूका बीचमा भन, “परमप्रभु राज्य गर्नुहुन्छ।” संसार स्थिर रूपले स्थापित भएको छ, त्यसलाई हल्लाउन सकिँदैन। उहाँले मानिसहरूको न्याय निष्पक्षसाथ गर्नुहुनेछ।
11स्वर्ग आनन्दित होस्, र पृथ्वी रमाओस्, समुद्र र त्यसमा भएका सबै थोकले हर्षनाद गरून्।
12खेत र त्यसमा भएका सबै कुरा उल्लसित होऊन्। तब जङ्गलमा भएका वृक्षहरू आनन्दले गाउनेछन्,
13तिनीहरू परमप्रभुको सम्मुख गाउनेछन्, किनकि उहाँ आउनुहुन्छ, उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले संसारको न्याय धार्मिकतामा,
र मानिसहरूको न्याय आफ्नो सत्यतामा गर्नुहुनेछ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 96: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: