जकरिया 3
3
प्रधानपूजाहारीको निम्ति सफा लुगा
1तब उहाँले प्रधान पूजाहारी यहोशूलाई परमप्रभुका दूतको सामुन्ने उभिरहेका र शैतान#3:1 “शैतान” को अर्थ “दोष लाउने” हो। तिनको विरोध गर्नलाई तिनको दाहिने हाततिर उभिरहेको मलाई देखाउनुभयो। #एज्रा ५:२; प्रका १२:१० 2परमप्रभुले शैतानलाई भन्नुभयो “ए शैतान, परमप्रभुले तँलाई हकारून्। यरूशलेमलाई चुन्नुहुने परमप्रभुले तँलाई हकारून्! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र?” #यहू ९
3अब यहोशूचाहिँ स्वर्गदूतको अगि फोहोर लुगा लगाएर उभेका थिए। 4तब ती स्वर्गदूतले आफ्नो सामुन्ने उभिरहनेहरूलाई भने, “त्यसको फोहोर लुगाहरू फुकालिदेओ।”
तब तिनले यहोशूलाई भने, “हेर, मैले तिम्रा पाप दूर गरिदिएँ, र म तिमीलाई दामी-दामी लुगा लगाइदिनेछु।”
5तब मैले भनें, “तिनको शिरमा एउटा सफा फेटा लगाइदेऊ।” यसैले तिनीहरूले तिनलाई एउटा सफा फेटा र लुगा लगाइदिए, र परमप्रभुका स्वर्गदूत नजिक उभिरहेका थिए।
6तब परमप्रभुका स्वर्गदूतले यहोशूलाई यो कड़ा आज्ञा दिए: 7“सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘यदि तँ मेरो मार्गमा हिँड़िस् र तैंले मेरा आज्ञा पालन गरिस् भने, तँ मेरो घरको जिम्मेवार र मेरो मन्दिरको हेरचाह गर्ने हुनेछस्, र यी यहाँ उभिरहनेहरूका बीचमा म तँलाई एउटा स्थान दिनेछु।
8“‘हे यहोशू प्रधान पूजाहारी र तेरो सामुन्ने बस्ने तेरा साथीहरू, जो पछि हुने कुराका चिन्हजस्ता छन्। यी कुरा सुन। हेर्, म मेरो दास, अर्थात् हाँगालाई ल्याउनेछु। #यर २३:५; ३३:१५; जक ६:१२ 9यहोशूको सामु राखिएको ढुङ्गालाई हेर्। त्यसमा सात वटा आँखा छन्, र म त्यसमा लेखोट खोप्नेछु, र एकै दिनमा यस देशको पाप हटाउनेछु,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
10“‘त्यस दिन तिमीहरू हरेकले आफ्नो छिमेकीलाई दाखको बोटमुनि र नेभाराको बोटमुनि बस्न निम्तो दिनेछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। #मीका ४:४
अहिले सेलेक्ट गरिएको:
जकरिया 3: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: