जकरिया 6
6
चार रथहरू
1फेरि मैले माथि हेरें, र मेरो अगि दुई पर्वतहरूका बीचबाट चार वटा रथहरू आएका देखें। ती पर्वतहरू काँसाका थिए। 2पहिलो रथमा राता घोड़ाहरू, दोस्रो रथमा काला घोड़ाहरू, #प्रका ६:४-५ 3तेस्रो रथमा सेता घोड़ाहरू र चौथो रथमा पाङ्ग्रे घोड़ाहरू थिए— ती सबै बलिया थिए। #प्रका ६:२ 4मसित कुरा गर्ने ती स्वर्गदूतलाई मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्?”
5ती स्वर्गदूतले जवाफ दिएर मलाई भने, “यी स्वर्गका चार आत्माहरू हुन्, जो सारा संसारका परमप्रभुको सामुन्ने खड़ा भएर निस्किआएका हुन्। #प्रका ७:१ 6काला घोड़ाहरू भएको रथ उत्तर देशतिर जान्छ, सेता घोड़ाहरू भएको रथ पश्चिमतिर जान्छ, र पाङ्ग्रे घोड़ाहरू भएको रथ दक्षिणतिर जान्छ।”
7जब ती बलिया घोड़ाहरू बाहिर निस्के, तिनीहरू चारैतिर जानलाई तम्सिरहेका थिए। तिनले भने, “पृथ्वीका चारैतिर जाओ।” तब तिनीहरू पृथ्वीका चारैतिर गए।
8तब तिनले कराएर मलाई भने, “हेर, ती उत्तरको देशतिर लाग्नेहरूले मेरो आत्मालाई त्यहाँ आराम दिएका छन्।”
यहोशूको मुकुट
9परमप्रभुको यो वचन मकहाँ आयो: 10“बेबिलोनको निर्वासनबाट आएका हेल्दै, तोबियाह र यदायाहबाट भेटी ली। त्यही दिन सपन्याहको छोरो योशियाहको घरमा जा। 11सुन र चाँदी लिएर एउटा मुकुट बना, र त्यो यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशूको शिरमा लगाइदे। 12त्यसलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, यो मानिस जसको नाउँ हाँगो हो, त्यो आफ्नो ठाउँमा बढ्नेछ, र परमप्रभुको मन्दिर बनाउनेछ। #यर २३:५; ३३:१५; यर ३:८ 13त्यसले नै परमप्रभुको मन्दिर बनाउनेछ, र त्यो महामहिमाले पहिर्याइनेछ, र आफ्नो सिंहासनमा विराजमान भएर राज्य गर्नेछ, र त्यो सिंहासनमा एक जना पूजाहारी हुनेछ। अनि दुवैको बीचमा मिलाप हुनेछ’।” 14हेल्दै, तोबियाह, यदायाह र सपन्याहको छोरो हेनलाई परमप्रभुको मन्दिरमा सम्झनाको निम्ति त्यो मुकुट दिइनेछ। 15जो टाढ़ा-टाढ़ामा छन्, ती आएर परमप्रभुको मन्दिर बनाउन सघाउनेछन्, र सर्वशक्तिमान् परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्नेछौ। तिमीहरूले मन लगाएर परमप्रभु आफ्ना परमेश्वरको आज्ञा मान्यौ भनेदेखि सो हुनेछ।”
अहिले सेलेक्ट गरिएको:
जकरिया 6: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: