YouVersion लोगो
खोज आइकन

जकरिया पुस्‍तक परिचय

पुस्‍तक परिचय
जकरियाको अर्थ हो “परमप्रभुले सम्झना गर्नुहुन्छ”। जकरिया भविष्यवक्ता कैदबाट फर्केपछिको बेबिलोनमा लेवी कुलमा जन्मेका थिए (नहेम्याह १२:१,१६)। उनी पूजाहारी बेरेक्याहको छोरा ईद्दोको नाति थिए (जकरिया १:१)। जकरिया, भविष्यवक्ता हाग्गै, शासक यरुबाबेल, महापूजाहारी यहोशूको समकालीन थिए (एज्रा ५:१-२; जकरिया ३:१; ४:६; ६:११)। जकरिया बेबिलोनको दासत्वबाट ५०,००० यहूदीहरूसँगै यरूशलेम फर्केका थिए।
जब बेबिलोनी साम्राज्य फारसको साम्राज्यबाट ५३९ ई.पू. मा पराजित भयो, कोरेस महानले यहूदीहरूलाई यरूशलेम फर्केर मन्दिरको पुनर्निर्माण गर्न आदेश दिए (एज्रा १:२-४; यशैया ४४:२८)। यसरी न्यून संख्यामा अर्थात्‌ हाग्गै र जकरियासमेत ५०,००० यहूदीहरू यरुबाबेल र पूजाहारी यहोशूको अगुवाइमा यरूशलेम फर्के (एज्रा २)।
यो भविष्‍यवाणी जकरियाले लगभग ५२० ई.पू. मा गरेका थिए। यस भविष्‍यवाणीमा तीन खण्‍डहरू छन्‌—
१. अध्याय: १:१-६ परमेश्‍वरमा फर्क
२. अध्याय: १:७—८:२३ आउनेवाला छुटकारा
३. अध्याय: ९:१—१४:२१ छुटकारा दिनेवालाको आगमन

अहिले सेलेक्ट गरिएको:

जकरिया पुस्‍तक परिचय: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्