१ इतिहास 1
1
आदमदेखि अब्राहामसम्म
(उत्पत्ति ५:१-३२; १०:१-३२; ११:१०-२६)
1आदम शेतका बुबा थिए, शेत एनोशका र एनोश केनानका बुबा थिए। 2केनान महलालेलका, महलालेल येरेदका, 3येरेद हनोकका, हनोक मतूशेलहका, मतूशेलह लेमेखका 4र लेमेख नोआका बुबा थिए। नोआका तीन छोराहरू शेम, हाम र येपेत थिए।
5येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास आ-आफ्ना नामका वंशका पुर्खा थिए। 6अशकनज, रीपत र तोगर्माका मानिसहरू गोमेरका सन्तान थिए। 7एलीशाह, तर्शीश, कित्तीम र रोदानीमका मानिसहरू यावानका सन्तान थिए।
8हामका छोराहरू कूश, मिश्रइम पूत र कनान आ-आफ्ना नामका वंशका पुर्खा थिए। 9सेबा, हवीला, सब्त, रामाह र सब्तका मानिसहरू कूशका सन्तान थिए। शेबा र ददान रामाका सन्तान थिए। 10(कूशका एक जना छोरा निम्रोद पृथ्वीमा पहिलो वीर योद्धा थिए।) 11मिश्रइमका सन्तान लूदी, अनामी, लहाबी, नप्तूही, 12पत्रुसी, कस्लूही र कप्तोरी मानिसहरू भए। कप्तोरीबाट पलिश्तीहरू जन्म भए।) 13कनानका छोराहरू सीदोन र हित आ-आफ्ना नाउँका वंशका पुर्खा भए। 14कनानचाहिँ यबूसी, एमोरी, गिर्गाशी, 15हिव्वी, अरकी, सिनी, 16अर्वादी, समारी र हमातीहरूका पनि पुर्खा भए।
17शेमका छोराहरू एलाम, अश्शूर, अर्पक्षद, लूद, अराम, ऊज, हूल, गेतेर र मेशेक आ-आफ्ना नामका वंशका पुर्खा भए। 18अर्पक्षद शेलहका र शेलह एबेरका बुबा थिए। 19एबेरका दुई छोराहरू थिए। एउटाको नाम पेलेग थियो किनभने त्यसको जीवनकालमा मानिसहरू दल-दल भएर छुट्टिएका थिए। अर्कोको नाम योक्तान थियो। 20योक्तानका सन्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह, 21हदोरम, ऊजाल, दिक्ला, 22ओबाल, अबमाएल, शेबा, 23ओपीर, हवीला र योबाबका मानिसहरू भए।
24शेमदेखि अब्रामसम्मको वंश यी नै हुन्– शेम, अर्पक्षद, शेलह, 25एबेर, पेलेग, रऊ, 26सरूग, नाहोर, तेरह 27र अब्राम (जसलाई पछि अब्राहाम भनियो।)
इश्माएलका सन्तानहरू
(उत्पत्ति २५:१२-१६)
28अब्राहामका दुई छोराहरू थिए– इसहाक र इश्माएल। 29इश्माएलका छोराहरू यी बाह्र कुलका पुर्खा भए– नबायोत (इश्माएलको जेठो छोराको नामअनुसार), केदार, अदबेल, मिब्साम, 30मिश्मा, दुमा, मस्सा, हदद, तेमा, 31यतूर, नापीश र केदमा।
32अब्राहामकी एउटी कतूरा नाम गरेकी रखौटी थिई। जसले उनका छ छोराहरू जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्माई। योक्षानका दुई छोराहरू थिए– शेबा र ददान। 33मिद्यानका पाँच छोराहरू थिए– एपा, एपेर, हानोक, अबीदा र एल्दा।
एसावका सन्तानहरू
(उत्पत्ति ३६:१-१९)
34अब्राहामका छोरा इसहाकका दुई छोराहरू थिए– एसाव र याकूब। 35एलीपज, रूएल, येऊश, यालाम र कोरह एसावका छोराहरू थिए। 36एलीपज यी कुलका पुर्खा भए– तेमान, ओमार, सपो, गालाम, कनज, तीम्न र अमालेक। 37रूएल यी कुलका पुर्खा भए– नहत, जेरह, शम्मा र मिज्जा।
एदोमका आदिवासीहरू
(उत्पत्ति ३६:२०-३०)
38-42एदोमका आदिवासीहरू सेइरका यी छोराहरूबाट उत्पन्न भएका थिए:
लोतानचाहिँ होरी र हेमाम कुलका पुर्खा थिए। (लोतानकी तिम्ना नाम गरेकी एउटी बहिनी थिई।)
शोबालचाहिँ अल्बान, मानहत, एबाल, शपो र ओनाम कुलका पुर्खा थिए।
सिबोनको चाहिँ अय्या र अना नाम गरेका दुई छोराहरू थिए। अना दीशोनका बुबा थिए र दीशोन, हेमदान, एश्बान, यित्रान र करान कुलका पुर्खा थिए।
एसेरचाहिँ बिल्हान, जावान र अकान कुलका पुर्खा थिए।
दीशानचाहिँ ऊज र आरान कुलका पुर्खा थिए।
एदोमका राजाहरू
(उत्पत्ति ३६:३१-४३)
43-50इस्राएलमा राजा हुनुअघि एदोम देशमा यी तल नाम लेखिएका राजाहरूले एउटापछि अर्को गरेर राज्य गरे:
दिन्हावा सहरका बओरको छोरो बेला
बोज्राका जेरहको छोरो योबाब
तेमानका हूशाम
अवीतका बददको छोरो हदद
(उनले मोआब देशमा मिद्यानीहरूलाई लडाइँमा जिते।)
मास्रेकाका सम्ला
नदीको किनारको रहोबोतका बासिन्दा शौल
अक्बोरको छोरो बाल-हानान
पाऊ सहरका हदद
(तिनले मत्रेदकी छोरी मेजाहाबकी नातिनी महेतबेललाई विवाह गरेका थिए।)
51एदोमका मानिसहरू यी कुलमा बाँडिएका थिए– तीम्न, अल्वा, यतेत, 52ओहोलीबामा, एलाह, पीनोन, 53कनज, तेमान, मिब्सार, 54मग्दीएल र ईराम।
अहिले सेलेक्ट गरिएको:
१ इतिहास 1: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.