१ इतिहास 3
3
दाऊद राजाका छोरा-छोरीहरू
1-3उमेरअनुसार दाऊदका यी छोराहरू हेब्रोनमा जन्मेका थिए:
अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्।
दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्।
अब्शालोम, जसकी आमा गशूरका राजा तल्मैकी छोरी माका थिइन्।
अदोनियाह, जसकी आमा हग्गीत थिइन्।
शपत्याह, जसकी आमा अबीतल थिइन्।
यित्राम, जसकी आमा एग्ला थिइन्।
4 #
2 शमूएल 5:4,5; १ राजा 2:11; १ इतिहास 29:27 यी छ जना नै दाऊदले हेब्रोनमा साँढे सात वर्ष राज्य गरेका बेलामा जन्मेका थिए।
राजा भई यरूशलेममा उनले तेत्तीस वर्ष राज्य गरे 5#2 शमूएल 11:3अनि त्यहाँ उनका धेरै छोराहरू जन्मे।
उनकी स्वास्नी अम्मीएलकी छोरी बतशेबाले उनका चार छोराहरू जन्माइन्– शम्मूअ, शोबाब, नातान र सोलोमन।
6उनका अरू नौ छोराहरू थिए– यिभार, एलीशूअ, एलीपेलेत, 7नोगह, नेपेग, यापी, 8एलीशामा, एल्यादा र एलीपेलेत। 9यी छोराहरूबाहेक दाऊदका रखौटीपट्टिका छोराहरू थिए। उनकी एउटी तामार नामकी छोरी पनि थिइन्।
सोलोमन र यहूदाका अरू राजाहरू
10सोलोमन राजाका सन्तानहरू बुबापछि छोरा क्रमश: यसरी राजा भए, सोलोमन, रहबाम, अबिया, आसा, यहोशापात, 11यहोराम, अहज्याह, योआश, 12अमस्याह, अजर्याह, योताम, 13आहाज, हिजकिया, मनश्शे, 14आमोन र शल्लूम। 15योशियाहका चार छोराहरू थिए– योहानान, यहोयाकीम, सिदकियाह र योहाश। 16यहोयाकीमका दुई छोराहरू थिए– यहोयाकीन र सिदकियाह।
यहोयाकीन राजाका सन्तानहरू
17बेबिलोनीहरूले कैद गरी लगेका यहोयाकीन राजाका सन्तान यी हुन्। यहोयाकीनका सात छोराहरू थिए– शालतिएल, 18मल्कीराम, पदायाह, शेनस्सर, यकम्याह, होशामा र नदब्याह। 19पदायाहका दुई छोरा थिए– यरुबाबेल र शिमी। यरुबाबेलका दुई छोरा थिए– मशुल्लाम र हनन्याह। उनकी एउटी छोरी थिइन्– शलोमीत। 20उनका अरू पाँच छोराहरू थिए– हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशप-हेसेद।
21हनन्याहका दुई छोरा थिए– पलत्याह र यशयाह। यशयाह रपायाहका बुबा, रपायाह अर्नानका बुबा, अर्नान ओबदिया र ओबदिया शकन्याहका बुबा थिए। 22शकन्याहको एउटा छोरो शमायाह र पाँच नातिहरू, हत्तूश, यिगाल, बारीह, नार्याह र शापात थिए। 23नार्याहका तीन छोराहरू थिए– एल्योएनै, हिस्कियाह र अज्रीकाम। 24एल्यहोएनैका सात छोराहरू थिए– होदबिया, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी।
अहिले सेलेक्ट गरिएको:
१ इतिहास 3: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.