YouVersion लोगो
खोज आइकन

१ इतिहास 5

5
रूबेनका सन्‍तानहरू
1 # उत्‍पत्ति 35:22; 49:3,4 याकूबको जेठो छोरो रूबेनका सन्‍तान यी हुन्। (उनी आफ्‍ना बुबाका रखौटीहरूमध्‍ये एउटीसित सुतेका हुनाले उनले ज्‍येष्ठ अधिकार गुमाए र ती अधिकार योसेफलाई दिइयो। 2#उत्‍पत्ति 49:8-10यहूदा कुल सबैभन्दा बलियो भयो र यसैले सारा कुलको निम्‍ति एउटा राजा उत्‍पन्‍न गर्‍यो। 3याकूबका जेठा छोरा रूबेनका चार छोराहरू थिए– हानोक, पल्‍लु, हेस्रोन र कर्मी।
4-6 # २ राजा 15:29 योएलका सन्‍तानका वंशहरू यी हुन्– शमायाह, गोग, शिमी, मीका, रायाह, बाल र बीरह। अश्‍शूरका महाराजा तिग्‍लत-पिलेसेरले बीरहलाई, जो कुलका प्रधान थिए, कैद गरेर लगे र देशबाट बाहिर निकालिदिए।
7वंशावलीमा रूबेन कुलका गोत्रहरूका प्रधान यी हुन् भनी लेखिएको छ– यीएल, जकरिया र बेला। 8बेलाचाहिँ योएल गोत्रका अजाजका छोरा, शेमाका नाति थिए। यो गोत्र अरोएरमा र त्‍यहाँबाट उत्तरमा नेबो र बाल-मोनका इलाकासम्‍म बास गर्थ्‍यो। 9गिलादमा तिनीहरूका गाई-वस्‍तुका ठूल्‍ठूला बथान थिए। तिनीहरूले त्‍यो देशको पूर्वपट्टि मरुभूमिसम्‍म आफ्‍ना हातमा लिए। मरुभूमि यूफ्रेटिस नदीसम्‍म फैलिएर गएको थियो।
10शाऊल राजाको समयमा रूबेन कुलले हग्रीहरूमाथि हमला गरे, लडाइँमा तिनीहरूलाई मारे र गिलादको पूर्वको तिनीहरूको देश आफ्‍नो हातमा लिए।
गादका सन्‍तानहरू
11रूबेन कुलको उत्तरमा बाशान देशमा पूर्वमा सलकासम्‍म फैलिएर गाद कुल बसेको थियो। 12मुख्‍य गोत्र योएलले बसालेका थिए, दर्जामा दोस्रो गोत्र शापामले बसालेका थिए। यानै र शाफातले बाशानमा अरू गोत्रहरू बसालेका थिए। 13कुलका अरू मानिसहरू यी सात गोत्रमा बाँडिएका थिए– मिखाएल, मशुल्‍लाम, शेबा, योरै, यकान, जीआ र एबेर। 14तिनीहरू हूरीको छोरो अबीहेलका सन्‍तान थिए। हूरीका पुर्खाहरू खोजी गरी यसरी निकालिएका थिए– अबीहेल, हूरी, यारोह, गिलाद, मिखाएल, यशीशै, यहदो, बूज। 15अब्‍दीएलको छोरो गुनीको नाति अही ती गोत्रहरूका प्रधान थिए। 16तिनीहरू गिलाद र बाशानका इलाकामा त्‍यहाँका सहरहरू र शारोनका सबै चरनहरूमा बसेका थिए। 17यी वंशहरू यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका राज्‍यकालको वंश-सूचीमा थपिएका थिए।
पूर्वीय कुलका सेनाहरू
18रूबेन, गाद र पूर्व-मनश्‍शेका कुलमा ढाल, तरवार र धनु-काँड चलाउन राम्रो तालिम पाएका ४४,७६० सिपाहीहरू थिए। 19तिनीहरूले यतूर, नापीश र नोदाबका हग्री कुलहरूसित लडाइँ गरे।
20तिनीहरूले परमेश्‍वरमा भरोसा राखे र सहायताको निम्‍ति उहाँलाई बिन्‍ती-प्रार्थना गरे। परमेश्‍वरले तिनीहरूका प्रार्थनाको उत्तर दिनुभयो र तिनीहरूलाई हग्री र तिनका मित्र देशहरूमाथि विजय दिनुभयो। 21शत्रुहरूबाट तिनीहरूले ५०,००० ऊँट, २,५०,००० भेडा र २,००० गधा कब्‍जा गरे र १,००,००० मानिसहरूलाई कैद गरे।
22तिनीहरूले धेरै शत्रुहरूलाई मारे किनभने परमेश्‍वरको इच्‍छाले त्‍यो लडाइँ भएको थियो। अनि अश्‍शूरीहरूले कैद गरेर नलगुञ्‍जेल तिनीहरू त्यस देशमा बसिरहे।
पूर्व-मनश्‍शेका मानिसहरू
23पूर्व-मनश्‍शे कुलका मानिसहरूले बाशान देशमा उत्तरपट्टि बाल-हेर्मोन, सेनीर (र हेर्मोन पर्वतसम्‍म) ढाकेर बास गर्न थाले। 24तिनका गोत्र-गोत्रका प्रधानहरू यी थिए– एपेर, यिशी एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल। तिनीहरू सबै वीर र नामी योद्धाहरू थिए र आ-आफ्‍ना कुलका नाम चलेका अगुवाहरू थिए।
पूर्वीय कुलहरू देशबाट निकालिन्‍छन्
25तर मानिसहरू आफ्‍ना पिता-पुर्खाका परमेश्‍वरप्रति अविश्‍वासयोग्‍य भए र उहाँलाई त्‍यागी जुन जातिहरूलाई परमेश्‍वरले त्‍यो देशबाट धपाउनुभएको थियो, तिनका देवी-देवता पुज्‍न थाले।
26 # २ राजा 15:19; २ राजा 15:29; २ राजा 17:6 यसकारण परमेश्‍वरले अश्‍शूरका महाराजा पूललाई (जसलाई तिग्‍लत-पिलेसेर पनि भन्‍दछन्) उनको देशमा हमला गर्न लाउनुभयो। उनले रूबेन, गाद र पूर्व-मनश्‍शेका कुललाई देश निकाला गराए र गोजान नदीको तीरमा अनि हलह, हाबोर र हारामा तिनीहरूलाई बसाले। तिनीहरू अझसम्‍म त्‍यहीँ छन्।

अहिले सेलेक्ट गरिएको:

१ इतिहास 5: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्