१ इतिहास पुस्तक परिचय
पुस्तक परिचय
शमूएल र राजाहरूको पुस्तकमा जुन घटनाहरूको बयान छ, त्यो इतिहासका पुस्तकहरूमा पनि दोहोरिएको छ; तर यस दोहोर्याइको अर्कै दृष्टिकोण छ। इतिहासका पुस्तकहरूमा इस्राएली राजवंशको इतिहास वर्णन गर्दा दुई मुख्य कुराहरू राखिएका छन्:
१) इस्राएल र यहूदा राज्यहरूमा विपत्ति आए पनि परमेश्वरले आफूले इस्राएली जातिलाई दिनुभएको करारहरू पूरा गर्दैआउनुभएको थियो र त्यस जातितर्फको आफ्नो उद्देश्य यहूदावासीहरूद्वारा अघि बढाइ नै रहनुभएको थियो। यस कुराको प्रमाणको लागि लेखकले दाऊद र सोलोमनले सफलतासित हासिल गरेका महान् कार्यहरू, यहोशापात हिजकिया र योशियाहका सुधारहरू र परमेश्वरप्रति विश्वासी रहिरहने मानिसहरूलाई आफ्नो आधार बनाएका छन्।
२) यरूशलेमको मन्दिरमा परमेश्वरको पूजा गरिने प्रथाको सुरु र विशेषगरी सो पूजाकर्म चलाउने पूजाहारी र लेवीहरूको समाज-संगठनको बयान सोलोमनले बनाएका, अनि मन्दिर र त्यसका रीतिरिवाजहरू अघिबाटै चल्दैआएका भए पनि ती साँचो प्रकारले बसाल्ने मानिसको रूपमा दाऊदलाई देखाइएको छ।
संक्षिप्त विषय-सूची
वंशावली र नामावलीहरू १:१—९:४४
शाऊलको मृत्यु १०:१-१४
दाऊदको शासन ११:१—२९:३०
क) कार्यसिद्धि र कष्टहरू ११:१—२२:१
ख) मन्दिर बनाउने तयारी २२:२—२९:३०
अहिले सेलेक्ट गरिएको:
१ इतिहास पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: