१ यूहन्ना 3
3
परमेश्वरका सन्तान
1 #
यूहन्ना 1:12
अहो, हामीलाई पिताले कति धेरै प्रेम गर्नुभएको छ! उहाँको प्रेमको कारणले हामी परमेश्वरका सन्तान भनिएका हौं अनि साँच्चै हौं पनि। संसारले परमेश्वरलाई नचिनेकोले हामीलाई पनि चिन्दैन। 2प्यारा मित्र हो, अहिलेचाहिँ हामी परमेश्वरका सन्तान नै हौं। तर पछि हामी के हुने हौं, हामीलाई थाहा दिइएको छैन। तर ख्रीष्ट आउनुभएपछि हामी पनि उहाँजस्तै हुनेछौं किनभने उहाँ जस्तो हुनुहुन्छ, हामीले त्यस्तै नै उहाँलाई देख्नेछौं। 3ख्रीष्टमा यस्तो आशा राख्नेहरूले आफूलाई ख्रीष्टलाई जस्तै चोखो पारेर राख्छन्। 4पाप गरिरहनेहरूलाई व्यवस्था नमानेको दोष लाग्छ किनभने व्यवस्था नमान्नु पाप हो। 5#यूहन्ना 1:29तिमीहरूलाई थाहा छ कि मान्छेको पाप हटाउन ख्रीष्ट प्रकट हुनुभयो र उहाँमा पापै छैन। 6यसकारण ख्रीष्टमा रहिरहने मानिसले पाप गरिरहँदैन। पाप गरिरहनेले न त उहाँलाई देखेको हुन्छ न त चिनेकै हुन्छ। 7प्यारा बालक हो, कसैले तिमीहरूलाई भर्माउन नपाओस्! ठीक काम गर्ने मान्छे नै ख्रीष्टजस्तै ठीक ठहरिन्छ। 8पाप गरिरहनेचाहिँ शैतानको मानिस हो। शैतानले सुरुदेखि नै पाप गर्दैआएको छ। यसकारण शैतानको कामलाई नाश पार्न परमेश्वरका पुत्र प्रकट हुनुभएको छ। 9परमेश्वरको बालकले पाप गरिरहँदैन किनभने उसमा परमेश्वरकै स्वभाव परेको हुन्छ। उसले पाप गरिरहनै सक्दैन किनभने परमेश्वर नै उसका पिता हुनुहुन्छ। 10परमेश्वरका सन्तान र शैतानका सन्तानलाई यसरी नै चिन्न सकिन्छ कि परमेश्वरको अघि ठीक काम नगर्ने र आफ्ना दाजुभाइलाई माया नगर्नेचाहिँ परमेश्वरको सन्तान होइन।
एक-अर्कालाई प्रेम गर
11 #
यूहन्ना 13:34
एक-अर्कालाई प्रेम गर्नुपर्छ भन्ने कुरा तिमीहरूले पहिले नै सुनेका छौ। 12#उत्पत्ति 4:8हामी कयिनजस्तो हुनुहुँदैन। उसले शैतानको सन्तान भएर आफ्नै भाइ हाविललाई मार्यो। कयिनले किन आफ्नै भाइलाई मार्यो? किनभने उसको काम ठीक थिएन। तर उसको भाइको कामचाहिँ ठीक थियो।
13भाइहरू हो, संसारका मानिसहरूले तिमीहरूलाई हेला गर्दा अचम्म नमान। 14#यूहन्ना 5:24हामीले दाजुभाइलाई प्रेम गरेकाले नै हामी मृत्युबाट जीवनमा सरिसकेका छौं भन्ने थाहा हुन्छ। प्रेम नगर्ने मानिसचाहिँ अझ मृत्युको बन्धनमा हुन्छ। 15आफ्ना भाइलाई हेला गर्नेचाहिँ ज्यानमारा हो र ज्यानमारामा अनन्त जीवन हुँदैन भन्ने तिमीहरूलाई थाहा छ। 16ख्रीष्टले हाम्रो लागि आफ्नो प्राण दिनुभयो। यसैकारण हामीले प्रेमलाई बुझेका छौं। हामीले पनि आफ्ना भाइहरूका लागि आफ्नो प्राण दिनुपर्छ। 17संसारको धन-सम्पत्ति हुनेले आफ्नो भाइको खाँचो देखेर पनि मन कठोर पार्छ भने कसरी त्यस्तो मानिसले परमेश्वरलाई प्रेम गर्छ? 18मेरा बालक हो! हामीहरू बोली र कुराले मात्र प्रेम नगरौं, हाम्रो प्रेमचाहिँ साँचो हुनुपर्छ। यस्तो प्रेम कामद्वारा देखिन्छ।
परमेश्वरको अघि साहस
19यसैबाट हामी सत्यका मानिसहरू हौं भन्ने थाहा हुन्छ र हामी परमेश्वरका अघि निर्धक्क हुनेछौं। 20हामीलाई आफ्नै मनले दोषी ठहराउँछ भने परमेश्वर त हाम्रो मनभन्दा पनि ठूलो हुनुहुन्छ। उहाँले त सबै कुरा जान्नुहुन्छ। 21मेरा प्रिय मित्रहरू हो, हाम्रो मनले हामीलाई दोषी ठहराएन भने हामीलाई परमेश्वरको अघि जाने आँट आउँछ र हामीले मागेका सबै कुरा उहाँबाट पाउँछौं 22हामीले जे माग्छौं, त्यो उहाँबाट पाउँछौं किनभने हामी उहाँका आज्ञा मान्छौं र उहाँलाई मन पर्ने काम गर्दछौं। 23#यूहन्ना 13:34; 15:12,17परमेश्वरको आज्ञाचाहिँ उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नु र ख्रीष्टले आज्ञा दिनुभएझैँ एक-अर्कालाई प्रेम गर्नु हो। 24परमेश्वरका आज्ञाहरू मान्ने मानिस परमेश्वरमा नै रहन्छ र उसमा परमेश्वर रहनुहुन्छ। यसरी परमेश्वर हामीमा रहनुहुन्छ भन्ने कुरा उहाँले दिनुभएको आत्माबाट नै हामी थाहा पाउँछौं।
अहिले सेलेक्ट गरिएको:
१ यूहन्ना 3: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: