१ शमूएल 26
26
दाऊदले फेरि शाऊलको प्राण बचाउँछन्
1 #
भजनसंग्रह 54
जीपबाट केही मानिसहरू शाऊलकहाँ गिबामा आए र यहूदी यशीमोनको किनारमा भएको हकीला डाँडामा दाऊद लुकेका छन् भनी सुनाइदिए। 2शाऊल तुरुन्तै इस्राएलमा भएका सबैभन्दा असल तीन हजार सिपाहीहरू लिएर दाऊदलाई खोज्दै जीपका मरुस्थलमा गए 3र हकीला डाँडाको बाटोमा छाउनी हाले। दाऊद मरुस्थलमा नै थिए र शाऊल मलाई खोज्न आएका छन् भनी थाहा पाएर 4उनले जासूसहरूलाई पठाए र त्यहाँ शाऊल साँच्चै आएका रहेछन् भनी बुझे। 5उनी तुरुन्तै गएर शाऊल र अबनेर सुतेका ठाउँ पत्ता लाएर आए। नेरको छोरो अबनेर शाऊलका सेनापति थिए। पालभित्र शाऊल सुत्थे र तिनका चारैपट्टि तिनका मानिसहरूले छाउनी हालेका थिए।
6तब दाऊदले हित्ती अहीमेलेक र योआबको भाइ अबीशैलाई (तिनीहरूकी आमा सरूयाह थिइन्) सोधे, “तिमी दुईमा को मसित शाऊलको छाउनीमा जाने?”
“म जान्छु,” अबीशैले भने।
7त्यो रात दाऊद र अबीशै शाऊलको छाउनीभित्र पसे र तिनलाई आफ्नो भाला टाउकाको छेउ भूइँमा गाडेर पालमा सुतिरहेका भेट्टाए। तिनका चारैपट्टि अबनेर र तिनका सिपाहीहरूको टोली सुतिरहेको थियो। 8अबीशैले दाऊदलाई भने, “आज राती परमेश्वरले तपाईंको शत्रुलाई तपाईंको हातमा पारिदिनुभएको छ। अब मलाई उनको आफ्नो भालाले एकैपल्ट मात्र हानेर तिनलाई छेडी भूइँमा टसाउँन दिनुहोस्। मैले दुईपल्ट हिर्काउनुपर्दैन!”
9तर दाऊदले भने, “तिमीले तिनको हानि गर्नुहुन्न। आफूले चुनेका राजालाई चोट पुर्याउने मानिसलाई अवश्य नै परमप्रभुले दण्ड दिनुहुनेछ।” 10दाऊदले भने, “जीवित परमप्रभुलाई साक्षी राखी दृढतासाथ म भन्दछु कि परमप्रभु आफैंले उसलाई मार्नुहुनेछ। साधारण रीतिले उनको मर्ने बेला हुँदा अथवा लडाइँमा मार्नुहुनेछ भनी म जान्दछु। 11#१ शमूएल 24:6जसलाई परमप्रभुले राजा बनाउनुभयो, उनलाई चोट दिने चेष्टा गर्नबाट मलाई परमप्रभुले रोकून्! हामी बरु उनका भाला र पानीको सुराही लिएर जाऔं।” 12दाऊदले शाऊलको शिरको छेउबाट भाला र पानीको सुराही लिए र त्यहाँबाट अबीशैसित बिदा भए। त्यो कुरा कसैले देखेन र के भयो भनेर कसैले जानेन। तिनीहरू घोर निद्रामा परेका थिए किनभने परमप्रभुले तिनीहरूमाथि घोर निद्रा पठाउनुभएको थियो।
13त्यसपछि दाऊद बेसीको पल्लोपट्टि डाँडाको टुप्पामा निकै टाढा गए 14र अबनेर र शाऊलको सेनाको टोलीलाई चिच्च्याएर भने, “अबनेर! के तिमी मेरो सोर सुन्न सक्छौ?”
“को कराउँदै छ? राजालाई निद्राबाट जगाउने को हो?” अबनेरले सोधे।
15दाऊदले उत्तर दिए, “अबनेर, के तिमी इस्राएलमा सबैभन्दा महान् व्यक्ति होइनौ? तर किन आफ्ना स्वामी, आफ्ना राजालाई रक्षा गर्दैनौ? अहिले भर्खरै तिम्रा मालिकलाई मार्न एउटा मानिस तिम्रो छाउनीमा पसेको थियो। 16अबनेर, तिमीले आफ्नो कर्तव्य गर्न बिरायौ। जीवित परमप्रभुलाई साक्षी राखी म भन्दछु कि तिमीहरू मारिने योग्यका छौ किनभने तिमीहरूले आफ्ना मालिक, परमप्रभुको अभिषिक्त जनको रक्षा गरेनौ। जसलाई परमप्रभुले राजा बनाउनुभएको हो। हेर त! राजाको भाला कहाँ छ? उनको सिरानी छेउको पानीको सुराही खोइ?”
17दाऊदको सोर चिनेर शाऊलले भने, “दाऊद, के तँ नै होस्, मेरो छोरो?”
“हो राजन्!” दाऊदले उत्तर दिए, 18“हजुरले किन अझै मेरो खेदो गर्नुहुन्छ? म तपाईंको सेवक हुँ। मैले के बिगारेको छु? मैले के अपराध गरें? 19राजन्! मेरो कुरा सुन्नुहोस्। यदि परमप्रभुले तपाईंलाई मेरो विरुद्धमा पार्नुभएको हो भने उहाँलाई एउटा भेटी चढाउँदा उहाँको मन परिवर्तन हुनेछ। तर मानिसहरूले त्यसो गरेका हुन् भने परमप्रभुको सराप तिनीहरूमाथि परोस्। तिनीहरूले मलाई परमप्रभुको देशदेखि धपाएर अर्को देशमा पठाएका छन्, जहाँ म केवल अरू देवी-देवताहरूलाई पुज्न सक्छु। 20परमप्रभुदेखि टाढा विदेशी भूमिमा मलाई मारिन नदिनुहोस्। इस्राएलका राजाले किन मजस्तो भुसुनालाई मार्न आउनुपर्यो? किन उनले मलाई वनको चरोलाई झैँ मार्नुपर्छ?”
21शाऊलले जवाफ दिए, “मैले भुल गरें। दाऊद, मेरो छोरो फर्केर आइज। म फेरि कहिल्यै तेरो हानि गर्नेछैनँ किनभने आज राती तैँले मेरो प्राण कुशल छोडिदिइस्। म मूर्ख बनेको छु! मैले डरलाग्दो काम गरेको छु।”
22दाऊदले उत्तर दिए, “तपाईंको भाला यहाँ छ, राजन्! तपाईंको एक जना मानिस आएर त्यो लिएर जाओस्। 23विश्वासयोग्य र धर्मी मानिसहरूलाई परमप्रभुले इनाम दिनुहुनेछ। आज उहाँले तपाईंलाई मेरा हातमा पारिदिनुभएको थियो; तर मैले तपाईंको केही नोक्सान गरिनँ। तपाईंलाई परमप्रभुले राजा बनाउनुभएको हो। 24मैले जसरी आज तपाईंको प्राण कुशल छोडिदिएँ, परमप्रभुले मसित त्यसै गरून् र मेरा दु:ख-कष्टबाट मलाई छुटकारा देऊन्!”
25शाऊलले दाऊदलाई भने, “मेरो छोरो, परमप्रभुले तँलाई आशिष् देऊन्! तैँले गरेको हरेक काममा तँ सफल रहनेछस्!”
तब दाऊद आफ्नो बाटो लागे र शाऊल घर फर्के।
अहिले सेलेक्ट गरिएको:
१ शमूएल 26: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: