१ शमूएल 30
30
अमालेकीहरूका विरूद्ध लडाइँ
1दुई दिनपछि दाऊद र तिनका मानिसहरू सिक्लगमा आइपुगे। अमालेकीहरूले यहूदाको दक्षिणमा छापा मारी सिक्लगमा आक्रमण गरेका थिए। तिनीहरूले आगो लाएर सहर भस्म पारेका थिए 2र सबै स्त्रीहरूलाई कैदमा लिएका थिए। तिनीहरूले कसैलाई मारेका थिएनन्; तर जाँदाखेरि सबैलाई लिएर गएका थिए। 3दाऊद र तिनका मानिसहरू आइपुग्दा तिनीहरूले सहर डढेर भस्म भएको र आफ्ना स्वास्नी छोरा-छोरीहरू लगिसकेका देखे। 4दाऊद र तिनका मानिसहरू रुन थाले र पूरा नथाकेसम्म रोइरहे। 5#१ शमूएल 25:42,43दाऊदका दुईटी स्वास्नी अहीनोम र अबीगेल पनि कैद गरी लगिएका थिए।
6दाऊद ठूलो सङ्कष्टमा परे किनभने तिनका मानिसहरूले आफ्ना छोरा-छोरी हराएका कारणले तीतो अनुभव गरेका थिए र तिनलाई ढुङ्गाले हान्ने धम्की दिँदै थिए। तर परमप्रभु तिनका परमेश्वरले तिनलाई साहस दिनुभयो। 7#१ शमूएल 22:20-23अहीमेलेकको छोरो अबियाथार पूजाहारीलाई दाऊदले भने, “मकहाँ एपोद ल्याउनुहोस्।” अबियाथारले त्यो ल्याए। 8दाऊदले परमप्रभुलाई सोधे, “के म ती छापामारहरूका पछि जाऊँ? के म तिनीहरूलाई भेट्टाउन सकूँला?”
उहाँले उत्तर दिनुभयो, “तिनीहरूलाई खेदेर जा, तैँले तिनीहरूलाई भेट्टाउनेछस् र कैदीहरूलाई छुटाउनेछस्।”
9यसकारण दाऊद र तिनका छ सय मानिसहरू त्यहाँबाट हिँडे र बसोरको खोल्सा पुगे र कति जना त्यहीँ बसे। 10चार सय जना मानिसहरू लिएर दाऊद अघि बढे तर अरू दुई सय जनाचाहिँ साह्रै थाकेर खोल्सामा पार गर्न नसक्ने भएका थिए र त्यहीँ बसे। 11दाऊदका मानिसहरूले गाउँमा एउटा मिश्री ठिटोलाई भेटे र त्यसलाई दाऊदकहाँ ल्याए। तिनीहरूले उसलाई केही खानेकुरा र पानी दिए। 12सुकाएको नेभारा र दुई झुप्पा किसमिस दिए। ती खाइसकेपछि त्यसको बल आयो। पूरा तीन दिन त्यसले केही खाएको थिएन। 13दाऊदले त्यसलाई सोधे, “तेरा मालिक को हुन् र तँ कहाँबाट आएको होस्?”
त्यसले जवाफ दियो, “म मिश्री हुँ, एक जना अमालेकीको दास हुँ। म बिरामी थिएँ र तीन दिनअघि मेरा स्वामीले मलाई छोडिराखे। 14हामीले यहूदाको दक्षिणमा भएका करेतीहरूको देश र कालेबको इलाकामा छापा मार्यौं र सिक्लग डढाएर भस्म पारिदियौं।”
15“के तँ मलाई ती छापामारहरूकहाँ पुर्याउँछस्?” दाऊदले त्यसलाई सोधे।
त्यसले उत्तर दियो, “तपाईंले परमेश्वरको नाममा मलाई मार्नुहुन्न वा मेरा मालिकको हातमा सुम्पिदिनुहुन्न भनी प्रतिज्ञा गर्नुभयो भने म पुर्याइदिनेछु।” 16र त्यसले दाऊदलाई तिनीहरूकहाँ पुर्यायो।
छापामारहरू जहीँतहीँ छरिएर चारैतिर खाँदै-पिउँदै र उत्सव मनाउँदै थिए किनभने तिनीहरूले धेरै धन-सम्पत्ति पलिश्त र यहूदाबाट लुटेका थिए। 17भोलिपल्ट मिरमिरे उज्यालो हुँदा दाऊदले तिनीहरूलाई आक्रमण गरे र बेलुकासम्म लडाइँ गरिरहे। ऊँटमा चढी भागिजाने चार सय जना केटाहरूबाहेक अरू कोही पनि भाग्न पाएनन्। 18दाऊदले आफ्ना दुई स्वास्नीहरूसहित अमालेकीहरूले लगेका सबैलाई र वस्तुहरूको उद्धार गरे। 19कुनै कुरा छोडिएन। दाऊदले आफ्ना सबै मानिसहरू, छोरा-छोरी र अमालेकीहरूले लुटिलगेका सबै सर-सामान फर्काए। 20तिनले सबै भेडा-बाख्रा र गाई-गोरुका बथानहरू फर्काए र तिनका मानिसहरूले ती गाई-वस्तुहरू अघि लाएर यसो भन्दै लगे, “यी दाऊदका हुन्!”
21त्यसपछि दाऊद ती दुई सय जनाकहाँ गए, जुनहरू दुर्बल भएर तिनीसित जान नसकी बसोरको खोल्सामा बसेका थिए। तिनीहरू दाऊद र तिनीसँग जानेहरूलाई भेट्न आए र दाऊदले तिनीहरूको छेउमा गएर तिनीहरूलाई अभिवादन गरे। 22तर दाऊदसित जाने निच र बेकामका कति मानिसहरूले यसो भने, “यिनीहरू हामीसित गएनन् र हामी तिनीहरूलाई लुटका कुनै पनि धन दिनेछैनौं। तिनीहरू आ-आफ्ना स्वास्नी र छोरा-छोरीहरू लिएर जाऊन्।”
23तर दाऊदले उत्तर दिए, “मेरा भाइहरू हो! परमप्रभुले हामीलाई जे दिनुभयो, त्यसलाई त्यसरी गर्नुहुन्न! उहाँले हामीलाई कुशल राख्नुभयो र आक्रमण गर्नेहरूमाथि विजय दिनुभयो। 24तिमीहरूले भनेका कुरामा कोही राजी हुन सक्दैन। सबैले एकै प्रकारले बाँड्नुपर्छ। सामल-तुमल आदि थोकहरू कुरेर बस्ने र लडाइँको मैदानमा जाने सबैले बराबर हिस्सा पाउनेछन्।” 25दाऊदले यस्तो एउटा नियम नै बनाए र त्यो दिनदेखि यता इस्राएलको त्यो नियम पालन गरिँदै आएको छ।
26जब दाऊद सिक्लगमा फर्किगए, तिनले लुटका मालको केही हिस्सा आफ्ना साथी यहूदाका अगुवाहरूकहाँ यसो भनी पठाए, “परमप्रभुका शत्रुहरूबाट हामीले लिएका लुटको धनबाट यो इनाम तपाईंहरूलाई टक्र्याउँदै छौं।” 27यसरी तिनले बेथेल, यहूदाको दक्षिण भागमा भएको रामोत-नेगेव र यत्तीर, 28अरोएर, सिपमोत, एश्तमोमा 29राकाल सहरहरू र यरहमेलीका वंश 30अनि होर्मा, बोर-आशान, अत्ताक 31र हेब्रोन सहरहरूमा भएका प्रजालाई ती इनामहरू पठाए। आफू आफ्ना मानिसहरूसित गएका सबै ठाउँहरूमा ती इनाम दाऊदले पठाए।
अहिले सेलेक्ट गरिएको:
१ शमूएल 30: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: