१ शमूएल 7
7
1 #
2 शमूएल 6:2-4; १ इतिहास 13:5-7 यसकारण किर्यत-यारीमका मानिसहरूले परमप्रभुको करारको सन्दुक लगेर गए अनि एक जना पहाडमा बास गर्ने अबीनादाब नाम गरेका मानिसको घरमा पुर्याए। तिनको छोरो एलाजारलाई सन्दुकको जिम्मा लिनलाई तिनीहरूले अर्पण गरे।
शमूएलले इस्राएलमा शासन गर्छन्
2धेरै समयसम्म प्राय: बीस वर्षसम्म करारको सन्दुक किर्यत-यारीममा राखियो। त्यस बेला सबै इस्राएलीहरूले मद्दतको लागि पुकारे।
3शमूएलले इस्राएलका मानिसहरूलाई भने, “यदि तिमीहरू पूरा हृदयले परमप्रभुकहाँ फर्कन्छौ भने तिमीहरूले सबै पराई देवी-देवताहरू र अश्तोरेत देवीका मूर्तिहरू हटाउनुपर्नेछ। तिमीहरू आफैंलाई पूर्णरूपमा परमप्रभुलाई अर्पण गर र उहाँको मात्र आराधना गर अनि उहाँले तिमीहरूलाई पलिश्तीहरूका हातबाट बचाउनुहुनेछ।” 4यसकारण इस्राएलीहरूले बाल र अश्तोरेतका मूर्तिहरू हटाइदिए र परमप्रभुलाई मात्र आराधना गरे।
5तब शमूएलले सबै इस्राएलीहरूलाई मिस्पामा भेट गर्न बोलाउन पठाए र भने, “तिम्रा निम्ति म परमप्रभुलाई प्रार्थना गर्नेछु।” 6यसकारण तिनीहरू सबै जना मिस्पामा भेला भए। तिनीहरूले पानी भरेर ल्याए अनि परमप्रभुको अघि भेटीको रूपमा खन्याए र त्यस दिनभरि उपवास बसे। तिनीहरूले भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं।” (मिस्पामा नै शमूएलले इस्राएलीहरू माझका झैझगडा मिलाइदिएका थिए।)
7पलिश्तीहरूले इस्राएल मिस्पामा भेला भएको कुरा सुने र तिनका पाँच जना राजाहरू आ-आफ्ना सेनासित तिनीहरूमाथि हमला गर्न अघि बढे। त्यो कुरा सुनी इस्राएलीहरू डराए 8र तिनीहरूले शमूएललाई भने, “हामीलाई पलिश्तीहरूदेखि बचाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गरिरहनुहोस्।” 9शमूएलले एउटा भर्खरको थुमा मारेर परमप्रभुलाई जम्मै होमबलि चढाए। त्यसपछि इस्राएलको मद्दतको लागि परमप्रभुलाई बिन्ती गरे र परमप्रभुले तिनको प्रार्थनाको उत्तर दिनुभयो। 10शमूएलले बलि चढाउँदै गरेको बेलामा हमला गर्न भनी पलिश्तीहरू अघि बढे। तर ठीक त्यति बेला नै तिनका विरुद्धमा परमेश्वर गर्जनुभयो। तिनीहरूका बीचमा पूरा खलबली मच्चियो र तिनीहरू डराएर भागे। 11इस्राएलीहरू मिस्पाबाट निस्किआए र पलिश्तीहरूलाई बाटोमा मार्दै बेथ-करसम्म खेदेर लगे।
12तब शमूएलले एउटा ढुङ्गा लिएर मिस्पा र शेनका बीचमा खडा गरे र भने, “परमप्रभुले हामीलाई सारा यात्रामा मद्दत गर्नुभएको छ।” र त्यस ठाउँको नाम एबेन-एजेर (‘सहायताको चट्टान’) राखे। 13यसरी पलिश्तीहरूले हारे र शमूएलको जीवनकालभरि इस्राएल देशमा हमला गर्नदेखि परमप्रभुले तिनीहरूलाई रोक्नुभयो। 14पलिश्तीहरूले एक्रोन र गातका बीचमा कब्जा गरेका सहरहरू सबै इस्राएललाई फर्काइदिए र इस्राएलले आफ्ना सारा इलाका हात पार्यो। इस्राएली र कनानीहरूका माझमा शान्ति स्थापना भयो।
15शमूएलले आफ्नो जीवनभरि इस्राएलमाथि राज गरे। 16हरसाल तिनी घुम्दै बेथेल, गिलगाल र मिस्पामा जान्थे र ती ठाउँमा मानिसहरूका झैझगडाको न्याय गरिदिन्थे। 17त्यसपछि तिनी आफ्नो घर रामामा जान्थे र त्यहाँ पनि न्यायकर्ताको काम गर्थे। तिनले रामामा परमप्रभुको निम्ति एउटा वेदी बनाए।
अहिले सेलेक्ट गरिएको:
१ शमूएल 7: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: