१ शमूएल पुस्तक परिचय
पुस्तक परिचय
न्यायकर्ताहरूका कालदेखि राजतन्त्र कायम भएको समयसम्म आइपुगेका इस्राएलको इतिहास शमूएलको पहिलो पुस्तकमा लेखिएको छ। इस्राएलको जातीय जीवनमा आएको यस परिवर्तनको इतिहासमा विशेष तीन व्यक्तिहरूले मुख्य स्थान लिन्छन्। ती हुन्: आखिरका महान् न्यायकर्ता शमूएल; इस्राएलका पहिलो राजा शाऊल र दाऊद, जसले राज्याधिकार पाउनुभन्दा अघि गरेका साहसिक कार्यहरू शमूएल र शाऊलका विवरणसँग जोडिएका छन्।
पुरानो करारका अरू ऐतिहासिक लेखाइहरूमा झैँ यस पुस्तकको मूल विषय हो: परमेश्वरप्रति विश्वासी रहनाले सफलता पाइन्छ तर अनाज्ञाकारीताले विनाश पार्दछ। यो कुरा २:३० मा लेखिएको परमप्रभुले पूजाहारी एलीलाई भन्नुभएको शब्दमा सफासित बुझाइएको छ, “मलाई आदर गर्नेहरूलाई म आदर गर्नेछु भने मलाई तुच्छ ठान्नेहरूसित म घृणाको व्यवहार गर्नेछु।”
राजतन्त्रको शासन कायम भएको बारेमा यस पुस्तकमा नाना थरीका विचारहरू राखिएका छन्। इस्राएलीहरूले परमप्रभुलाई नै इस्राएलका साँचो राजा भनी मान्दथे, तर परमप्रभुले नै प्रजाको बिन्तीको उत्तरमा तिनका निम्ति एउटा राजा चुन्नुभयो। मुख्य अनि साँचो कुरा, इस्राएलका राजा र प्रजा दुवैले परमेश्वरका सर्वमान्यता र न्यायमुनि आफ्ना जीवन बिताउँदथे (२:७-१०)। धनी र गरीब सबै मानिसहरूका अधिकार परमेश्वरका नियमअनुसार कायम राखिनुपर्थ्यो।
संक्षिप्त विषय-सूची
इस्राएलका न्यायकर्ताका रूपमा शमूएल १:१—७:१७
शाऊल राजा बन्छन् ८:१—१०:२७
शाऊलको राज्यकालका सुरुका वर्षहरू ११:१—१५:३५
दाऊद र शाऊल १६:१—३०:३१
शाऊल र तिनका छोराहरूको मृत्यु ३१:१-१३
अहिले सेलेक्ट गरिएको:
१ शमूएल पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.