YouVersion लोगो
खोज आइकन

२ राजा 16

16
यहूदाका राजा आहाज
(२ इतिहास २८:१-२७)
1रमल्‍याहको छोरो पेकह इस्राएलका राजा भएको सत्रौं वर्षमा योतामका छोरा आहाज यहूदाका राजा भए। 2उनको उमेर बीस वर्ष भएको थियो र उनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे। उनले आफ्‍ना पुर्खा दाऊदको असल चाल पछ्याएनन्; तर परमप्रभु आफ्‍ना परमेश्‍वरलाई अप्रसन्‍न गराउने काम गरेर 3#व्यवस्था 12:31र इस्राएलका राजाहरूको चालमा चले। इस्राएलीहरू अघि बढेर आउँदा जुन मानिसहरूलाई परमप्रभुले त्‍यस देशबाट धपाउनुभएको थियो, तिनीहरूकै घिनलाग्‍दो चालमा चलेर उनले आफ्‍नै छोरालाई पनि बलि चढाए। 4डाँडामाथि र झाँगिएका रूखमुनि मूर्तिपूजाका पूजा-स्‍थलहरूमा उनले बलि चढाउँथे र धूप बाल्‍थे।
5 # यशैया 7:1 अरामका राजा रसीन र इस्राएलका राजा पेकहले यरूशलेममा हमला गरे र घेरा हाले तर आहाजलाई हराउन सकेनन्। 6(त्‍यही बेला एदोमका राजाले एलात सहर फेरि अधीनमा लिए र त्‍यहाँ बस्‍ने यहूदीहरूलाई धपाए। एदोमीहरू त्‍यहाँ बसोबास गर्न लागे र आजसम्‍म त्‍यहाँ छन्।) 7आहाजले अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरलाई यो खबर दिन मानिसहरू पठाए, “म तपाईंको विश्‍वासी सेवक हुँ। आएर मलाई अराम र इस्राएलका राजाहरूका हातबाट बचाउनुहोस्, तिनीहरूले मलाई हमला गर्दै छन्।” 8आहाजले मन्‍दिर र राजमहलका भण्‍डारबाट सुन र चाँदी लिएर कोसेलीको रूपमा राजाकहाँ पठाए। 9आहाजको बिन्‍तीअनुसार तिग्‍लत-पिलेसेर आफ्‍ना सेना लिएर दमस्‍कसमाथि आक्रमण गरी कब्‍जा गरे। तिनले रसीन राजालाई मारे र मानिसहरूलाई कैदी बनाई कीरमा लगे।
10आहाज राजाले राजा तिग्‍लत-पिलेसेरसित भेट गर्न दमस्‍कसमा जाँदा त्‍यहाँ एउटा वेदी देखे र त्‍यहाँको एउटा नक्‍कल र पूर्ण वर्णन पूजाहारी उरियाहकहाँ पठाइदिए। 11उरियाहले त्‍यस्‍तै एउटा वेदी बनाए र आहाज फर्किआइपुग्‍नुअघि त्‍यो सिध्याए। 12दमस्‍कसबाट फर्केपछि आहाजले वेदी बनिसकिएको देखे 13र तिनले त्‍यसमा होमबलि र अन्‍नबलिहरू चढाए र मद्यबलि र मेलबलिको रगत खन्‍याए। 14#प्रस्‍थान 27:1,2; २ इतिहास 4:1परमप्रभुलाई अर्पण गरेका काँसाको वेदीचाहिँ त्‍यो नयाँ वेदी र मन्‍दिरका माझमा थियो र आहाजले काँसाको वेदी नयाँ वेदीको उत्तरपट्टि सारे। 15त्‍यसपछि तिनले उरियाहलाई आज्ञा गरे, “यो मेरो ठूलो नयाँ वेदीमा बिहानको होमबलि र साँझको अन्‍नबलि, राजा र प्रजाले चढाएका होमबलि र अन्‍नबलि र मानिसहरूका मद्यबलिहरू चढाउने गर। त्‍यसमा बलि चढाएका सबै पशुहरूको रगत खन्‍याऊ। तर काँसाको वेदीचाहिँ मलाई जोखना हेर्न राखिदेऊ।” 16उरियाहले राजाको आज्ञापालन गरे।
17 # १ राजा 7:23-39; २ इतिहास 4:2-6 आहाज राजाले मन्‍दिरमा चलाउने काँसाका गाडीहरू अलग-अलग गरेर टुक्रा पारे र तिनमा राखिएका भाँडाहरू हटाए। उनले काँसाका बाह्र वटा साँढेहरूको ढाडमाथि राखिएका काँसाको पानीट्याङ्की पनि लिएर ढुङ्गाको जगमाथि राखे 18र अश्‍शूरका राजालाई खुसी पार्न आहाजले मन्‍दिरबाट राजकीय सिंहासन राख्‍ने मञ्‍च हटाए र मन्‍दिरमा पस्‍ने राजाको निजी ढोका बन्‍द गरे। 19आहाज राजाले गरेका अरू सबै कामहरू यहूदाका राजाको इतिहासमा लेखिएको छ। 20#यशैया 14:28आहाज मरे र दाऊदको सहरमा राजाहरू गाडिने चिहानमा गाडिए र तिनका छोरा हिजकिया राजा भए।

अहिले सेलेक्ट गरिएको:

२ राजा 16: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्