२ राजा 24
24
1 #
यर्मिया 25:1-38; दानिएल 1:1,2 यहोयाकीम राजा छँदा बेबिलोनका राजा नबूकदनेसरले यहूदियामाथि आक्रमण गरे र तीन वर्षसम्म यहोयाकीमलाई उनको शासनको अधीनमा रहन कर लाग्यो। त्यसपछि उनले विद्रोह गरे। 2आफ्ना सेवक अगमवक्ताहरूद्वारा भन्नुभएअनुसार बेबिलोन, अरामी, मोआबी र अम्मोनी हतियारधारी दलहरूलाई परमप्रभुले यहूदा नाश पार्नलाई यहोयाकीमको विरुद्धमा पठाउनुभयो। 3-4यी कुराहरू परमप्रभुका आज्ञाले भए। मनश्शे राजाले गरेका सबै पाप, विशेषगरी उनले मारेका ती सबै निर्दोष मानिसहरूका कारणले यहूदाका मानिसहरूलाई परमप्रभुको नजरबाट धपाउन यी कुराहरू भएका हुन्। त्यसको निम्ति परमप्रभुले मनश्शेलाई क्षमा दिन चाहनुभएन। 5यहोयाकीमले गरेका अरू सबै कामहरू यहूदाका राजाको इतिहासमा लेखिएको छ। 6यहोयाकीम मरे र उनका छोरा यहोयाकीन राजा भए।
7मिश्रका राजा र सेना फेरि कहिल्यै मिश्रबाट निस्केनन् किनभने मिश्रका अधीनमा रहेका सम्पूर्ण देश अब बेबिलोनका राजाका अधीनमा भएका थिए। यूफ्रेटिस नदीदेखि मिश्रको उत्तरमा मिश्रको खोल्सासम्म बेबिलोनको अधिकारमा थियो।
यहूदाका राजा यहोयाकीन
(२ इतिहास ३६:९-१०)
8यहोयाकीन यहूदाका राजा हुँदा उनको उमेर अठार वर्ष थियो। उनले यरूशलेममा तीन महिना राज्य गरे। यरूशलेमका एल्नातानकी छोरी नहूश्ता उनकी आमा थिइन्। 9आफ्ना बुबाका चालहरूमा चलेर यहोयाकीनले परमप्रभुको विरुद्धमा पाप गरे।
10उनको शासनकालमा नबूकदनेसर र राजाका अधिकृतहरूको हुकुममा बेबिलोनी सेनाले यरूशलेममाथि आक्रमण गर्यो र त्यसलाई घेरामा हाल्यो! 11त्यसरी घेरामा परेको बेलामा नबूकदनेसर आफैं यरूशलेम आए। 12#यर्मिया 22:24-30; 24:1-10; 29:1,2आमा, छोरा, अधिकृत र राजदरबारका सबै भारदारहरू साथमा लिएर राजा यहोयाकीनले बेबिलोनीहरूको हातमा आत्मसमर्पण गरे। नबूकदनेसरको शासनकालको आठौँ वर्षमा उनले यहोयाकीनलाई कैद गरेर 13मन्दिर र राजाहरूको सारा धन बेबिलोनमा लिएर गए। परमप्रभुले पहिले नै भन्नुभएअनुसार सोलोमन राजाले मन्दिरमा चलाउन बनाएका सुनका सबै भाँडाहरू नबूकदनेसरले फुटाइदिए। 14यरूशलेमका मानिसहरू, राजदरबारका सबै राजकुमार र अगुवाहरू जम्मा दश हजार मानिसहरूलाई नबूकदनेसरले कैद गरी लगे। उनले सबै सिपालु कारिगरहरू, फलामका काम गर्नेहरूसमेत लगेर गए। सबैभन्दा दरिद्रहरूलाई मात्र उनले यहूदामा छोडिराखे।
15 #
इजकिएल 17:12
नबूकदनेसरले यहोयाकीनलाई कैद गरे र उनका आमा, स्वास्नीहरू, अधिकृत र यहूदाका अगुवाहरूका साथ बेबिलोनमा लगे। 16नबूकदनेसरले सबै मुख्य मानिसहरू; जम्मा सात हजार पुरुषहरू र फलामका काम गर्नेहरू गरी जम्मा एक हजार सिपालु कारिन्दाहरूलाई बेबिलोनमा लगे। ती सबै हट्टाकट्टा र फौजी काम गर्ने लायकका थिए।
17 #
यर्मिया 37:1; इजकिएल 17:13 नबूकदनेसरले यहोयाकीनका काका मतन्याहलाई यहूदाका राजा बनाए र उनको नाम सिदकियाह राखिदिए।
यहूदाका राजा सिदकियाह
(२ इतिहास ३६:११-१२; यर्मिया ५२:१-३)
18 #
यर्मिया 27:1-22; 28:1-17 यहूदाका राजा हुँदा सिदकियाहको उमेर एक्काईस वर्ष थियो र उनले यरूशलेममा एघार वर्ष राज्य गरे। उनकी आमा लिब्ना सहरका यर्मियाकी छोरी हमुतल थिइन्। 19यहोयाकीम राजाले झैँ सिदकियाह राजाले परमप्रभुको विरुद्धमा पाप गरे। 20#इजकिएल 17:15परमप्रभु यरूशलेम र यहूदाका मानिसहरूसित यति साह्रो रिसाउनुभयो कि तिनीहरूलाई आफ्ना नजरबाट धपाइदिनुभयो।
अहिले सेलेक्ट गरिएको:
२ राजा 24: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.