YouVersion लोगो
खोज आइकन

२ राजा पुस्‍तक परिचय

पुस्‍तक परिचय
राजाहरूको पहिलो पुस्‍तकमा टुङ्गिएपछिको दुई इस्राएली राज्‍यहरूको इतिहास यो राजाहरूको दोस्रो पुस्‍तकमा लेखिएको छ। यस पुस्‍तकलाई दुई भागमा बाँड्‍न सकिन्‍छ:
१) ख्रीष्‍ट जन्‍मनुभन्दा अघि नवौं शताब्‍दीको मध्यदेखि सामरियाको पतन अथवा सन् ७२२ मा उत्तरी राज्‍यको अन्‍त्य नभएसम्‍म दुई राज्‍यको कथा।
२) इस्राएल राज्‍यको पतनदेखि सन् ५८६ मा बाबेलका राजा नबूकदनेसरले यरूशलेमलाई कब्‍जा गरी ध्‍वंस पारेकोसम्‍म यहूदा राज्‍यको इतिहास। बेबिलोनीहरूको अधीनमा गदल्‍याह यहूदाका बडाहाकिम भएको र बाबेलका कैदखानाबाट यहूदाका राजा यहोयाकीन छुटेको वर्णनपछि यो पुस्‍तक टुङ्गिन्‍छ।
यहूदा र इस्राएलका राजाहरू र प्रजाहरूका अविश्‍वासले गर्दा यी जातीय विपत्तिहरू आए। यरूशलेम ध्‍वंस भएको र यहूदाका धेरै मानिसहरू कैदी भई मुलुकबाहिर लगिएको घटनापछि इस्राएली इतिहासमा एउटा ठूलो हेरफेर आउँछ। राजाहरूको दोस्रो पुस्‍तकमा एलियापछि आउने एलीशाले मुख्‍य स्‍थान लिएका छन्।
संक्षिप्‍त विषय-सूची
दुई राज्‍यहरू १:१—१७:४१
क) एलीशा अगमवक्ता १:१—८:१५
ख) यहूदा र इस्राएलका राजाहरू ८:१६—१७:४
ग) सामरियाको पतन १७:५-४१
यहूदा १८:१—२४:२०
क) हिजकियादेखि योशियाह १८:१—२१:२६
ख) योशियाहको शासन २२:१—२३:३०
ग) यहूदाका आखिरी राजाहरू २३:३१—२४:२०
यरूशलेमको पतन २५:१-३०

अहिले सेलेक्ट गरिएको:

२ राजा पुस्‍तक परिचय: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्