YouVersion लोगो
खोज आइकन

२ पत्रुस 1

1
1प्रेरित र सेवक म सिमोन पत्रुस हाम्रा परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको धार्मिकताबाट बहुमूल्‍य विश्‍वास पाउनेहरूलाई: 2तिमीहरूले परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टलाई चिनेकोले तिमीहरूमा प्रसस्तसँग शान्‍ति र अनुग्रह रहोस्।
परमेश्‍वरको बोलावट र छनोट
3पवित्र जीवन जिउनलाई चाहिएका सबै कुरा परमेश्‍वरको शक्तिबाट नै पाएका छौ किनभने आफ्‍नो महिमा र भलाइद्वारा बोलाउनुहुने परमेश्‍वरलाई हामीले चिनेका छौं। 4यसरी नै उहाँले प्रतिज्ञा गर्नुभएको ठूलो र अनमोल वरदान हामीलाई दिनुभयो। यसको कारणचाहिँ यस वरदानद्वारा तिमीहरू यस संसारमा भएको नाश गर्ने कुइच्‍छाबाट जोगिएर ईश्‍वरीय स्‍वभावको सहभागी होओ भनेर हो। 5यसैकारण जति सक्‍दो तिमीहरूको विश्‍वासमा भलाइ थप्‍ने कोसिस गर। भलाइमा ज्ञान थप, 6ज्ञानमा संयम थप, संयममा धैर्य थप, धैर्यमा भक्ति, 7भक्तिमा दाजुभाइहरूको माया, दाजुभाइको मायामा प्रेम थप। 8तिमीहरूलाई चाहिने गुण यिनै हुन् अनि यी गुण प्रसस्त भए भने तिमीहरू हाम्रा प्रभु येशूको ज्ञानमा धेरै काम गर्ने र फल फलाउने हुनेछौ। 9तर यी गुण नहुनेहरू त परसम्‍मको कुरा नदेख्‍ने अन्‍धाहरू हुन्। तिनीहरूले आफ्‍ना पाप धोएको पनि बिर्सिसकेका हुन्‍छन्।
10यसैकारण दाजुभाइहरू, परमेश्‍वरले तिमीहरूलाई बोलाउनुभएको र चुन्‍नुभएको अनुभवलाई पक्‍का गर्ने कोसिस गर। तिमीहरूले यसो गर्‍यौ भने आफ्‍नो विश्‍वास कहिल्‍यै त्‍याग्‍नेछैनौ। 11यसरी नै हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको सधैँभरि रहने राज्‍यमा तिमीहरूले पस्‍ने हक पाउनेछौ।
12यसैकारण तिमीहरूलाई यी कुरा सधैँ सम्‍झाउनेछु। हुन त तिमीहरूलाई यी सबै कुरा थाहा छ अनि तिमीहरूले पाएका सत्‍यमा दरिलो पनि भएका छौ। 13म बाँचुञ्‍जेल तिमीहरूलाई यी कुराको सधैँ सम्‍झना गराइरहनु ठीक छ भनी म ठान्‍छु 14किनभने यो मेरो माटाको शरीर चाँडै छोड्‍नेछु भन्‍ने मलाई थाहा छ। यो हाम्रा प्रभु येशू ख्रीष्‍टले नै छर्लङ्गै देखाउनुभयो। 15म मरेपछि पनि यी कुराहरूको सम्‍झना रहोस् भनी जति सक्‍दो म तिमीहरूलाई सधैँ बुझाउनेछु।
ख्रीष्‍टको महिमाको साक्षी
16हाम्रा प्रभु येशू ख्रीष्‍ट ठूलो महिमा र शक्तिमा फेरि आउनुहुन्‍छ भनी हामीले तिमीहरूलाई दन्‍त्‍यकथाको भरमा बताएका होइनौं। आफ्‍ना आँखाले हामीले उहाँको ठूलो महिमा देख्‍यौं। 17#मत्ती 17:1-5; मर्कूस 9:2-7; लूका 9:28-35परमेश्‍वर पिताले उहाँको आदर र सम्‍मान् गर्नुहुँदा अनि “यिनी मेरा प्‍यारा पुत्र हुन्, यिनीसंग म धेरै खुसी छु,” भनेर परममहिमाबाट उहाँलाई आवाज आउँदा हामी त्‍यहाँ थियौं। 18उहाँसँग हामी पवित्र डाँडामा हुँदा स्‍वर्गबाट आएको यो आवाज हामीहरू आफैंले सुन्‍यौं।
19यसकारण अगमवक्ताहरूले प्रचार गरेका वचनमा हामी अझ पक्‍का भएर भरोसा राख्‍दछौं। तिमीहरूले यसमा ध्‍यान दिनु राम्रो हो किनभने यसले त्‍यो दिन नआउञ्‍जेलसम्‍म र तिमीहरूको हृदयमा बिहानको ताराको उज्‍यालो नचम्‍कनुञ्‍जेलसम्‍म अन्‍धकारमा बल्‍ने बत्तीको काम गर्छ। 20तर धर्मशास्‍त्रमा अगमवक्ताले भनेका कुराचाहिँ मान्‍छे आफैंले वर्णन गर्न सक्‍दैन भन्‍ने कुरा विशेष याद गरिराख 21किनभने अगमवक्ताले भनेका कुरा मानिसका इच्‍छाअनुसार भनेका होइनन्, तर परमेश्‍वरबाट आएको वचन बोल्‍दा तिनीहरू पवित्र आत्‍माको वशमा भएर बोलेका हुन्।

अहिले सेलेक्ट गरिएको:

२ पत्रुस 1: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्

YouVersion ले तपाइँको अनुभव निजीकृत गर्न कुकीहरू प्रयोग गर्नेछ। हाम्रो वेबसाइट प्रयोग गरेर, तपाइँ हाम्रो गोपनीयता नीतिमा वर्णन गरिएको कुकीहरूको प्रयोग स्वीकार गर्नुहुन्छ