२ थेसलोनिकी 3
3
प्रार्थनाको लागि अनुरोध
1आखिरमा दाजुभाइहरू, हाम्रो लागि प्रार्थना गरिदेओ, यसो गर्नाले तिमीहरूका बीचमा भएझैँ प्रभुको सुसमाचार चारैतिर चाँडै फैलिएर यसको ठूलो आदर हुनेछ। 2अनि सबै मानिसले विश्वास नगर्ने हुँदा खराब र दुष्ट मानिसहरूबाट परमेश्वरले हामीलाई जोगाएर राख्नुहुनेछ 3किनभने प्रभु विश्वासी हुनुभएकोले नै तिमीहरूलाई उहाँले बलियो बनाउनुहुनेछ अनि दुष्टबाट रक्षा गर्नुहुनेछ। 4हामीले भनेझैँ तिमीहरू गर्दै छौ र गर्ने पनि छौ भनी हामी निश्चय भएका छौं। तिमीहरूका बारेमा प्रभुमा नै हामी भर परेका छौं। 5परमेश्वरले तिमीहरूलाई गर्नुभएको प्रेम र ख्रीष्टको सहने शक्ति बुझ्न प्रभुबाटै डोर्याइएका होओ।
सबैले काम गर्नैपर्छ
6दाजुभाइहरू, प्रभु येशू ख्रीष्टमा हामी तिमीहरूलाई आज्ञा दिन्छौं। हामीले दिएको शिक्षा नमान्ने र अल्छी गर्नेहरूदेखि टाढा बस। 7तिमीहरूसँग रहँदा हामी अल्छी भएर बसेनौं। हामीहरूले गरेजस्तै गर्नुपर्दछ भन्ने कुरा त तिमीहरूलाई थाहा छ। 8तिमीहरूलाई भार नहोस् भनेर हामीले रातदिन मरिमेटेर काम गर्यौं। पैसा नतिरी हामीले कसैकहाँ खाँदा पनि खाएनौं। 9तिमीहरूले नै हाम्रो खर्च ब्यहोर्नुपर्छ भन्ने हामीलाई हक नभएर होइन तर तिमीहरूका नमुना हुन यसो गर्यौं। 10काम नगर्नेहरूलाई खान पनि नदिनू भनेर हामीले तिमीहरूसँग हुँदै भनेका थियौं।
11तिमीहरूमध्ये कोहीकोही अल्छी भएर बस्नेहरू पनि छन् रे। कामको नाउँमा सिन्को पनि नभाँच्ने तर अर्काको काममा हात हाल्दै हिंड्ने मान्छेहरू पनि छन् रे।
12प्रभु येशू ख्रीष्टमा हामी त्यस्ता मानिसहरूलाई चेतावनी दिएर भन्दै छौं, तिनीहरूले चुपचापसँग काम गरून् र आफ्नो पेट भर्न आफैं कमाऊन्। 13दाजुभाइहरू, तिमीहरू भलाइ गर्न कहिले पनि नथाक। 14तिमीहरूमध्ये कसैले हामीले यस पत्रमा लेखेका शिक्षाहरू यदि मान्दैन भने त्यस्तालाई ख्याल गरी त्यस्तासँग संगत नगर। त्यसो गर्नाले त्यो आफैं शर्माउनेछ। 15तर त्यस्तालाई पनि शत्रुझैँ नसम्झनू र आफ्नै भाइलाई जस्तै गरी चेतावनी देओ।
बिदाइ
16हाम्रा शान्तिका प्रभु आफैंले सधैँ तिमीहरूलाई सबै किसिमले शान्ति देऊन्। तिमीहरू सबैसँग प्रभुको साथ रहोस्।
17म पावलले, आफ्नै हातले अभिवादन लेखेर पठाउँदै छु। मैले लेखेको सबै पत्रमा यस्तै सही गर्ने गर्दछु। म यस्तै लेख्छु।
18हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसँग रहोस्।
अहिले सेलेक्ट गरिएको:
२ थेसलोनिकी 3: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: