आमोस 2
2
मोआब
1 #
यशैया 15:1—16:14; 25:10-12; यर्मिया 48:1-47; इजकिएल 25:8-11; सपन्याह 2:8-11 परमप्रभु भन्नुहुन्छ, “मोआबका मानिसहरूले घरिघरि पाप गरेका छन् र त्यसको निम्ति म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। एदोमका राजाका हड्डीहरू जलाएर खरानी बनाई तिनीहरूले मरेको राजाको समेत अपमान गरे। 2यसकारण म मोआब देशमा आगो लगाइदिनेछु र किर्योतका किल्लाहरू भस्म पारिदिनेछु। लडाइँको होहल्ला, सेनाको सोर र तुरहीको आवाजबीच मोआबका मानिसहरू मर्नेछन्। 3त्यस देशका शासक र भारदारहरू सबैलाई म नाश गर्नेछु।”
यहूदा
4परमप्रभु भन्नुहुन्छ, “यहूदाका मानिसहरूले घरिघरि पाप गरेका छन् र त्यसको निम्ति म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले मेरो व्यवस्थालाई हेला गरे र मेरा आज्ञापालन गरेनन्। तिनीहरूका पिता-पुर्खाहरूले पुजेकै देवी-देवताहरूले तिनीहरूलाई भर्माएका छन्। 5यसकारण म यहूदामा आगो लगाइदिनेछु र यरूशलेमका किल्लाहरू भस्म पारिदिनेछु।”
इस्राएलमाथि परमेश्वरको न्याय
6परमप्रभु भन्नुहुन्छ, “इस्राएलका मानिसहरूले घरिघरि पाप गरेका छन् र त्यसको निम्ति म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। आफूले लिएको ऋण तिर्न नसक्ने सोझा मानिसहरू र एक जोर जुत्ताको दामसम्म चुकाउन नसक्ने गरीब मानिसहरूलाई तिनीहरूले कमारा बनाई बेचिदिन्छन्। 7तिनीहरूले गरीबहरूमाथि थिचोमिचो गर्दछन् र अत्याचारमा परेकाहरूलाई न्याय दिँदैनन्। बुबा र छोरो दुवै जना एउटै केटीसित सुत्दछन् र त्यसरी मेरो पवित्र नाममा कलङ्क लाउँदछन्। 8प्रत्येक आराधना-स्थलमा दरिद्रहरूबाट अन्यायसाथ बन्धक लिइएका वस्त्रहरूमाथि तिनीहरू सुत्दछन्। आफ्ना देवस्थानमा तिनीहरू जरिमानास्वरूप लिइएका दाखमद्य पिउँदछन्।
9 #
व्यवस्था 3:8-11
“हे मेरा प्रजा, मैले तिमीहरूकै खातिर एमोरीहरूलाई पूरा नाश गरेको थिएँ। ती एमोरीहरू देवदारुका रूखहरूझैँ अग्ला र फलाँटका रूखहरूझैँ बलिया थिए तर मैले तिनीहरूलाई टुप्पादेखि जरैसम्म नाश पारें। 10मैले तिमीहरूलाई मिश्रदेशबाट निकाली ल्याएँ, चालीस वर्षसम्म उजाड-स्थानको बीचबाट डोर्याएँ र एमोरीहरूको देश तिमीहरूको निज देश बनाउनलाई दिएँ। 11#गन्ती 6:1-8मैले तिमीहरूका छोराहरूबाट अगमवक्ताहरू र युवाहरूबाट नाजिरीहरू चुनें। हे इस्राएलका मानिसहरू हो, के यो साँचो कुरा होइन र? म परमप्रभु, बोलेको छु। 12तर तिमीहरूले नाजिरीहरूलाई मद्य पिउन लगायौ र अगमवक्ताहरूलाई मेरा वचन बोल्न दिएनौ। 13यसकारण हेर, अब म तिमीहरूलाई अन्नले लादेको गाडाले झैँ जमिनमा किचिदिनेछु। 14वेगले दगुर्नेहरू पनि उम्कन सक्नेछैनन्, बलियाहरूको बल पनि काम लाग्नेछैन र योद्धाहरूले पनि आफैंलाई बचाउन सक्नेछैनन्।
15धनु-काँड चलाउनेहरू खडा रहन सक्नेछैनन्, वेगले दगुर्नेहरू उम्कनेछैनन् र घोडामा सवार हुनेहरूले आफ्ना प्राण बचाउन सक्नेछैनन्। 16त्यस दिन सुरवीरहरू पनि हतियार छोडेर भाग्नेछन्।” परमप्रभु बोल्नुभएको छ।
अहिले सेलेक्ट गरिएको:
आमोस 2: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: