आमोस 3
3
1यसैले, हे इस्राएलका मानिसहरू हो, परमप्रभुको यो सन्देश तिमीहरूलाई छ, सुन। तिमीहरूका सारा जातिलाई परमेश्वरले मिश्रबाट निकालेर ल्याउनुभएको हो र यी कुरा तिमीहरूबारे नै छन्, 2“पृथ्वीका सबै जातिहरूमध्ये मैले तिमीहरूलाई मात्र चुनें। यसैकारण तिमीहरूका अघोर पापका निम्ति म तिमीहरूलाई दण्ड दिने नै छु।”
अगमवक्ताको कर्तव्य
3के दुई जना मानिसले आपसमा मतो नगरी सँगसँगै हिँड्न थाल्छन् र?
4के जङ्गलमा शिकार नभेटी सिंह गर्जन्छ र?
के शिकार फेला नपारेको भए जवान सिंह आफ्नो गुफामा गर्जन्छ र?
5के पासोमा चारो नराखे चरा त्यसमा पर्छ र?
पासोमा केही नपरीकनै के त्यो आफैं उछिट्टिन्छ र?
6के सहरमा लडाइँको तुरही फुकेपछि कोही मानिस नडराई बस्न सक्छ र?
के कुनै सहरमा परमप्रभुले नपठाईकन विपत्ति आउँछ र?
7सार्वभौम परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूलाई आफ्नो योजना प्रकट नगरी केही काम गर्नुहुन्न।
8सिंह गर्जंदा को डराउँदैन र?
सार्वभौम परमप्रभु बोल्नुभएपछि उहाँको सन्देश घोषणा नगरी को बस्न सक्छ र?
सामरियाको विनाश
9मिश्र र अश्दोदका ठूल्ठूला महलहरूमा बास गर्नेहरूलाई यो घोषणा गर, “सामरिया डाँडाहरूमा भेला भएर त्यहाँ भएका ठूलो गडबडी र अत्याचारहरू हेर।”
10परमप्रभु भन्नुहुन्छ, “ती मानिसहरूले उपद्रव र हिँसाद्वारा लुटेका थोकहरूले आफ्ना भवन भर्दछन्। तिनीहरूले इमानदार काम गर्न जान्दैनन्। 11यसकारण शत्रुले तिनीहरूको देश घेर्नेछ, सुरक्षाका किल्लाहरू नाश पार्नेछ र तिनका भवनहरू लुट्नेछ।”
12परमप्रभु भन्नुहुन्छ, “जसरी गोठालोले हराएको भेडा खोज्न जाँदा सिंहले खाइसकेको भेडाको दुई वटा खुट्टा वा एक टुक्रा कान मात्र भेट्छ, त्यसरी नै अहिले खाटमा आरामसँग सुत्ने सामरियाका मानिसहरू थोरै मात्र बाँच्नेछन्।” 13सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “अब तिमीहरूले सुन र याकूबका सन्तानको विरुद्ध साक्षी देओ। 14#२ राजा 23:15मैले इस्राएलका मानिसहरूलाई पापको निम्ति सजाय दिएको दिनमा बेथेल सहरका वेदीहरू नाश पार्नेछु। वेदीका कुना-कुनाका चोसाहरू भाँचिएर भूइँमा खस्नेछन्। 15हिउँदमा र गर्मीका दिनमा बास गर्ने दुवै थरीका घरहरू म नष्ट पार्नेछु। हात्तीका दाँतले सिंगारेका भवनहरू ध्वंस हुनेछन् र ठूल्ठूला भवनहरू भत्काइनेछन्।”
अहिले सेलेक्ट गरिएको:
आमोस 3: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: