आमोस 9
9
परमप्रभुको न्याय
1मैले प्रभुलाई वेदीको छेउमा उभिरहनुभएको देखें। उहाँले आज्ञा गर्नुभयो, “मन्दिरका खम्बाका टुप्पाहरूमा जोडले हिर्का र जम्मै सँघार हल्लिओस्, ती भाँचिऊन् र टुक्राहरू मानिसहरूका टाउकाहरूमा खसून्। बाँकी रहेका मानिसहरूलाई म लडाइँमा मार्नेछु। कुनै पनि भाग्न पाउनेछैन। एक जना पनि उम्कन पाउनेछैन। 2तिनीहरूले खनेर पातालको गहिराइमा पुगे भने पनि म तिनीहरूलाई पक्रिल्याउनेछु। तिनीहरू स्वर्गै उक्ले भने पनि म तिनीहरूलाई तानेर ल्याउनेछु। 3तिनीहरू कर्मेल डाँडाको टुप्पामा लुके भने पनि म तिनीहरूलाई खोजी निकाल्नेछु। मदेखि तिनीहरू समुद्रको तल्लो कुनामा लुके भने म तिनीहरूलाई डस्ने आज्ञा सर्पलाई दिनेछु। 4शत्रुहरूले तिनीहरूलाई कैद गरी लगे भने पनि तिनीहरूलाई मार्ने आज्ञा दिनेछु। मैले तिनीहरूलाई नाश गर्ने दृढ सङ्कल्प गरेको छु, म तिनीहरूलाई सहायता गर्नेछैनँ।”
5सार्वभौम, सर्वशक्तिमान् परमप्रभु परमेश्वरले पृथ्वी छुनुहुन्छ,
त्यो थरथर काँप्दछ।
पृथ्वीका बासिन्दाहरूले विलाप गर्दछन्।
सारा संसार नील नदीझैँ उठ्ने र खस्नेछ।
6परमप्रभुले स्वर्गमा आफ्नो बासस्थान बनाउनुहुन्छ
र पृथ्वीमाथि आकाश मण्डलको छाना हाल्नुहुन्छ।
उहाँले समुद्रबाट पानीलाई बोलाएर
पृथ्वीमाथि खन्याउनुहुन्छ।
उहाँको नाम परमप्रभु हो!
7परमप्रभु भन्नुहुन्छ, “हे इस्राएलका मानिसहरू हो, तिमीहरूको जति सोच-फिक्री गर्दछु, त्यति नै म कूशका मानिसहरूबारे पनि गर्दछु। मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएझैँ पलिश्तीहरूलाई कप्तोरबाट र अरामीहरूलाई कीरबाट निकालेर ल्याएँ। 8म सार्वभौम परमप्रभुले पापी राज्य इस्राएलमाथि नजर राख्दछु। म त्यसलाई नाश गरेर पृथ्वीबाट मेटिदिनेछु। तर याकूबको सारा सन्तानलाई त होइन।
9“म आज्ञा दिनेछु र इस्राएलका मानिसहरूलाई अन्न चाल्नीमा चालेझैँ चाल्नेछु। म तिनीहरूलाई जाति-जातिहरूका बीचमा निफनेर बेकामका सबैलाई छाँट्नेछु। 10मेरा प्रजामध्ये जति पापीहरू छन्, तिनीहरू लडाइँमा मारिनेछन्। ‘परमेश्वरले कुनै नोक्सान हाम्रा छेउमा आउन दिनुहुन्न,’ भन्ने जति सबै मारिनेछन्।”
भविष्यमा इस्राएलको पुनर्स्थापन
11 #
प्रेरित 15:16-18
परमप्रभु भन्नुहुन्छ, “त्यो दिन आउँदै छ, जब भत्केर ध्वस्त भएको घरजस्तो दाऊदको राज्यलाई फेरि म खडा गर्नेछु। म त्यसका पर्खालहरू मर्मत गर्नेछु र फेरि ठड्याउनेछु। म त्यसलाई फेरि बनाएर अघि जस्तो अवस्था थियो, त्यस्तै पार्नेछु 12र इस्राएलका मानिसहरूले एदोम देशका बाँकी रहेकाहरूलाई र अघि एकपल्ट मेरा अधीनमा रहेका जातिहरू सबैलाई जित्नेछन्।” परमप्रभु यसरी भन्नुहुन्छ र त्यो गर्नु नै हुनेछ।
13परमप्रभु भन्नुहुन्छ, “ती दिनहरू आउँदै छन्, जब अन्न बटुल्ने कामभन्दा त्यसको उब्जनी चाँडै हुनेछ र दाखमद्य बनाउने कामभन्दा दाख चाँडो उब्जनेछ। पर्वतहरूबाट मीठो दाखमद्य चुहुनेछ र डाँडामाथि बहनेछ। 14म मेरा प्रजालाई तिनीहरूका देशमा फर्काई ल्याउनेछु, तिनीहरूले आफ्ना भत्केका सहरहरू फेरि बनाउनेछन् र त्यहाँ बसोबास गर्नेछन्। तिनीहरूले दाखबारीमा दाख लाउनेछन् र दाखमद्य पिउनेछन्। तिनीहरूले बगैँचामा फलका रूखहरू लगाउनेछन् र तिनीहरूका फल खानेछन्। 15मैले तिनीहरूलाई दिएको देशमा म मेरा प्रजालाई बसाल्नेछु र तिनीहरूलाई कसैले फेरि उखेल्नेछैन।” यसरी परमप्रभु परमेश्वर भन्नुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
आमोस 9: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: