एफिसी 5
5
ज्योतिमा जिउने
1तिमीहरू परमेश्वरका प्यारा सन्तान भएकोले उहाँजस्तै हुन खोज। 2#प्रस्थान 29:18; भजनसंग्रह 40:6ख्रीष्टले हामीलाई प्रेम गर्नुभएर मीठो बास्ना आउने धूप र बलिझैँ आफैंलाई परमेश्वरकहाँ चढाउनुभयो। त्यसै गरी तिमीहरूको जीवन पनि प्रेमको अधीनमा होस्।
3ख्रीष्टका पवित्र जनहरू भएकोले तिमीहरूको माझमा व्यभिचार, लोभ, लालच र सबै किसिमका अशुद्ध कुराको नाउँ पनि उठ्नुहुँदैन। 4अश्लील, मूर्ख र खराब वचनहरू तिमीहरूको मुखमा सुहाउँदैन। तर तिमीहरूले त परमेश्वरलाई धन्यवाद दिइरहनुपर्छ। 5तिमीहरूलाई थाहा हुनैपर्छ व्यभिचार गर्ने अशुद्ध र लोभीले परमेश्वर र ख्रीष्टको राज्यमा हकै पाउनेछैन। लोभ गर्नुचाहिँ मूर्तिपूजा गर्नुजस्तै पाप हो।
6कसैले छली कुरा गरेर तिमीलाई छक्याउन नपाओस्। यस्तै कुराले गर्दा अट्टेरीहरूमा परमेश्वरको रिस खनिन्छ। 7त्यसो हुँदा यस्ता मानिसहरूको सङ्गतै नगर। 8पहिले तिमीहरू नै अन्धकारमा थियौ तर अब प्रभुका जन बनेर तिमीहरू उज्यालोमा छौ। यसकारण तिमीहरू उज्यालोको योग्य मानिसजस्तै जिउने गर 9किनभने उज्यालोको फलचाहिँ सबै किसिमको भलाइ, न्याय र सत्य हो। 10प्रभुलाई मनपर्ने कुरो के हो, बुझ। 11अन्धकारका बेकामे कुराहरूसँग तिमीहरूको कुनै सरोकारै नहोस्। तर त्यो काम नराम्रो हो भनेर देखाइदेओ। 12यी मानिसले लुकेर गरेका कामहरूको बारेमा भन्न पनि लाज लाग्छ। 13जब कुनै कुरा उज्यालोको अघि ल्याइन्छ, तब तिनीहरूको साँचो रूप प्रकट हुँदछ र प्रकट भएका सबै कुरा ज्योतिमा खुल्ला हुन्छ। 14धर्मशास्त्रले भन्छ,
“ए निदाउने उठ् र मरेकाबाट बिउँती
अनि ख्रीष्ट तँमा चम्कनुहुनेछ।”
15त्यसकारण कस्तो चालचलन चल्नुपर्ने हो, राम्ररी ध्यान देओ, मूर्खजस्तो भएर होइन, बुद्धिमान् भएर हिंड। 16#कलस्सी 4:5यी नराम्रा दिनहरूमा तिमीले पाएका सबै मौकाहरूको असल प्रयोग गर। 17त्यसकारण मूर्ख नबन तर प्रभुले तिमीबाट के आशा राख्नुहुन्छ, सो पत्तो लगाओ। 18मद्यको नशामा बाँचेर जीवन नष्ट नगर तर पवित्र आत्माले भरिपूर होओ। 19#कलस्सी 3:16,17एक-अर्कासँग स्तुति, भजन र पवित्र आत्माले दिएका गीत गाउने गर र प्रभुलाई आफ्नो हृदयका मीठा गीतहरूले स्तुति गर। 20हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा परमेश्वर पितालाई सबै कुरामा सधैँ धन्यवाद दिने गर।
पति-पत्नीको सम्बन्ध
21ख्रीष्टप्रतिको श्रद्धाको कारणले एक-अर्काको अधीनमा रहने गर। 22#कलस्सी 3:18; १ पत्रुस 3:1स्वास्नीहरू हो, प्रभुका अधीनमा भएझैँ तिमीहरू आ-आफ्ना लोग्नेका अधीनमा बस 23किनभने मण्डली ख्रीष्टको शरीर र ख्रीष्टचाहिँ मण्डलीलाई मुक्ति दिने शिर हुनुभएझैँ स्वास्नीको शिरचाहिँ लोग्ने हो। 24त्यसो हुँदा मण्डली ख्रीष्टको अधीनमा रहेझैँ स्वास्नीहरू पनि सबै कुरामा आ-आफ्ना लोग्नेको अधीनमा बसून्।
25 #
कलस्सी 3:19; १ पत्रुस 3:7 लोग्नेहरू हो, ख्रीष्टले आफ्नो मण्डलीलाई ज्यान दिएर प्रेम गरेझैँ आ-आफ्ना स्वास्नीलाई प्रेम गर। 26ख्रीष्टले मण्डलीलाई पवित्र बनाउन आफ्नो वचनद्वारा र पानीले धोएर शुद्ध बनाउनुभयो 27र आफैंलाई दिन यो मण्डली पवित्र, निर्दोष, दाग नभएको, चाउरी नपरेको, कुनै किसिमको खोट नभएको, पवित्र सुन्दर मण्डली बनाउन यसो गर्नुभयो। 28लोग्नेहरूले पनि आ-आफ्ना स्वास्नीहरूलाई प्रेम गर्नुपर्छ। उनीहरूले आफ्ना स्वास्नीहरूलाई आफ्नो शरीरलाई झैँ माया गर्नुपर्छ किनभने स्वास्नीलाई माया गर्नेले आफैंलाई माया गर्छ। 29कसैले पनि आफ्नो शरीरलाई हेला गर्दैन, तर यसको लालनपालन गर्दछ। त्यसरी नै ख्रीष्टले आफ्ना मण्डलीको लालनपालन गर्नुहुन्छ 30किनभने हामी उहाँकै शरीरका अङ्ग हौं। 31#उत्पत्ति 2:24धर्मशास्त्रले भन्दछ, “यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्नेछ र स्वास्नीसँग मिल्नेछ अनि उनीहरू दुवै एउटै शरीर हुनेछन्।” 32यो ठूलो रहस्यको कुरो हो। यही कुरा ख्रीष्ट र मण्डलीको सम्बन्धमा पनि लागु हुन्छ।
33तर यो तिमीहरूमा पनि लागु हुन्छ। त्यसो हुँदा सबै लोग्नेहरूले आ-आफ्ना स्वास्नीलाई आफैंलाई झैँ माया गर्नुपर्छ अनि सबै स्वास्नीहरूले आ-आफ्ना लोग्नेलाई आदर गर्नुपर्छ।
अहिले सेलेक्ट गरिएको:
एफिसी 5: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: