प्रस्थान 9
9
पशुहरू मर्छन्
1परमप्रभुले मोशालाई भन्नुभयो, “राजाकहाँ जा र भन्, परमप्रभु हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ, ‘मेरा प्रजालाई जान दे र तिनीहरूले मेरो भक्ति गरून्। 2तैँले फेरि तिनीहरूलाई जान दिइनस् भने 3म तेरा सबै पशुहरू: घोडा, गधा, ऊँट, गाई-गोरु र भेडाबाख्राहरूमाथि डरलाग्दो रुढि पठाएर तँलाई दण्ड दिनेछु। 4इस्राएलीहरूका पशुलाई मिश्रीहरूका पशुदेखि म अलग गर्नेछु र इस्राएलीहरूका पशु मर्नेछैनन्। 5म परमप्रभुले भोलि यो काम गर्नलाई मैले समय तोकेको छु’।”
6भोलिपल्ट परमप्रभुले आफूले भनेअनुसार गर्नुभयो र मिश्रीहरूका सबै पशुहरू मरे। इस्राएलीहरूका पशु एउटै पनि मरेनन्। 7राजाले के भयो भनी सोधे र इस्राएलीहरूको एउटै पशु पनि मरेन भनी कसैले उनलाई भन्यो। तर राजाले आफ्नो मन कठोर पारे र ती मानिसहरूलाई जान दिएनन्।
घाउ-खटिरा
8तब परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “आगोको भट्टीबाट एकदुई मुट्ठी खरानी लेओ। मोशाले ती खरानी राजाको अघि हावामा छरोस्। 9खरानी मसिनो धुलाझैँ भएर सारा मिश्रदेशभरि फैलिनेछ र सबै मानिस र पशुहरूका शरीरमा पिलो निस्कनेछ। ती पिलाहरू फुटेर घाउखटिरा बन्नेछन्।” 10#प्रकाश 16:2यसरी ती दुई खरानी लिएर राजाकहाँ गए। मोशाले खरानी हावामा फ्याँकिदिए र त्यो खरानीले सबै मानिस र पशुहरूका शरीरमा पिलो उब्जाइदियो। पिलो फुटेर घाउखटिरा भयो। 11अरू सबै मिश्रीहरूको शरीरमा जस्तै जादूगरहरूका शरीरमा पनि पिलो निस्क्यो र तिनीहरू मोशाको अघि देखा पर्न पनि सकेनन्। 12तर परमप्रभुले राजाको हृदय कठोर बनाउनुभयो। परमप्रभुले भन्नुभएअनुसार तिनले मोशा र हारूनका कुरा मानेनन्।
असिना
13परमप्रभुले मोशालाई भन्नुभयो, “भोलि बिहानै राजालाई भेटेर भन्, ‘परमप्रभु हिब्रूहरूका परमेश्वर भन्नुहुन्छ, मेरा प्रजालाई जान दे र तिनीहरूले गएर मलाई पुजून्। 14होइन भने यसपालि म तेरा भारदार र प्रजालाई मात्र होइन; तर तँलाई पनि दण्ड दिनेछु। तब तँले जान्नेछस् कि मजस्तो परमेश्वर यस संसारमा अरू कुनै पनि छैन। 15मैले आफ्ना हात उठाएर तँ र तेरा प्रजामाथि रूढि पठाएको भए तिमीहरू सबै पूर्णरूपमा नाश हुने थियौ। 16#रोमी 9:17तर मेरो शक्ति देखाउन मैले तिमीहरूलाई बाँच्न दिएको छु। यसरी सारा संसारमा मेरो नाम फैलिनेछ। 17तर अझैसम्म तँ ढिट भइरहेको छस् र मेरा प्रजालाई जान दिएको छैनस्। 18भोलि यसै बेला यस्तो घनघोर असिना वर्षाउनेछु कि त्यस्तो असिना कहिल्यै मिश्रमा परेको थिएन। 19अब बाहिर मैदानतिर भएका तेरा गाई-वस्तु र अरू सबै थोक ओत लगाउने आज्ञा दे। बाहिर ओतबिना छोडिएका मानिस र पशुहरूमाथि असिना ओइरिनेछ र ती सबै मर्नेछन्।” 20परमप्रभुले भन्नुभएको कुरा सुनेर राजाका केही भारदारहरू डराए। ती सबैले आफ्ना पशु र कमाराहरूलाई घरभित्र ल्याएर ओत लगाए। 21तर अरूले चाहिँ परमप्रभुको चेतावनीमाथि ध्यानै दिएनन् र आफ्ना गाई-वस्तु र कमाराहरूलाई खुला मैदानमा छोडिदिए।
22तब परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार् र सारा मिश्रदेशमा असिना वर्षनेछ– मानिस, पशु र मैदानमा भएका घाँसपात जम्मैमाथि असिना वर्षनेछ।” 23मोशाले आफ्नो लट्ठी आकाशतिर उचाले। गड्याङगुडुङसँगै परमप्रभुले असिना वर्षाउनुभयो र जमिनमा चट्याङ खस्न लाग्यो। 24#प्रकाश 8:7; 16:21परमप्रभुले घनघोर असिना वर्षाउनुभयो, आकाशमा बिजुली वारपार चम्कियो। मिश्रदेशमा यस्तो आँधी-बेहरी पहिले कहिल्यै भएको थिएन। 25सारा मिश्रभरि खुला मैदानमा रहेका पशुहरू र सबै थोकलाई असिनाले चुटेर सोतर पार्यो। मैदान र जङ्गलका रूखपातहरू नाङ्गै भए। 26इस्राएलीहरूले बास गरेको गोशेन प्रदेशमा मात्रै असिना परेन।
27राजाले मोशा र हारूनलाई बोलाएर भने, “यस पालि मैले पाप गरें। परमप्रभु ठीक हुनुहुन्छ, म र मेरा प्रजाले भुल गर्यौं। 28परमप्रभुसँग प्रार्थना गरिदेओ। यो गर्जन र असिना अति नै भयो। म वचन दिन्छु कि म तिमीहरूलाई जान दिनेछु, अब तिमीहरू यहाँ बस्नुपर्दैन।”
29मोशाले राजालाई भने, “सहरबाट बाहिर जानेबित्तिकै मेरा हातहरू उचालेर परमप्रभुलाई प्रार्थना गर्नेछु। गर्जन बन्द हुनेछ र असिना थामिनेछ। तब यो पृथ्वी परमप्रभुको हो भनी तपाईंहरूलाई थाहा हुनेछ। 30तर म जान्दछु कि तपाईंहरू– तपाईं र तपाईंका भारदारहरूले अझसम्म परमप्रभु परमेश्वरको भय मान्नुहुन्न।”
31जौ पाकिसकेको थियो र सनपाट फुलिसकेको थियो तर असिनाले ती सबै नष्ट भए। 32तर गहुँचाहिँ बाँच्यो किनभने त्यसमा बाला लागेको थिएन।
33राजाबाट बिदा भएर मोशा बाहिर गए र हात उचालेर परमप्रभुलाई प्रार्थना गरे अनि आकाशको गर्जन, असिना र वर्षा सबै थामियो। 34त्यो देखेर राजाले फेरि पाप गरे। तिनी र तिनका भारदारहरू सबै अघिझैँ कठोर भए। 35अनि परमप्रभुले अघिबाटै मोशालाई भन्नुभएअनुसार राजाले इस्राएलीहरूलाई जान दिएनन्।
अहिले सेलेक्ट गरिएको:
प्रस्थान 9: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: