YouVersion लोगो
खोज आइकन

इजकिएल 25

25
अम्मोनबारे अगमवाणी
1 # यर्मिया 49:1-6; इजकिएल 21:28-32; आमोस 1:13-15; सपन्‍याह 2:8-11 परमप्रभु मसित बोल्‍नुभयो 2र भन्‍नुभयो, “ए मरणशील मानिस, अम्‍मोन देशको विरुद्धमा बोल्। 3तिनीहरूलाई भन् कि म सार्वभौम परमप्रभुले के भन्‍दै छु, त्‍यो तिनीहरूले सुनून्। मेरो मन्‍दिर अपवित्र भएको, इस्राएल देश ध्‍वस्‍त भएको र यहूदाका मानिसहरू कैदमा लगिएका देखेर तिमीहरूले आनन्‍द मनाएका थियौ। 4त्‍यसरी तिमीहरू रमाएका हुनाले म पूर्वको मरुभूमिका जातिहरूका हातमा तिमीहरूलाई सुम्‍पिदिनेछु। तिमीहरूका देशमा तिनीहरूले आफ्‍ना छाउनीहरू बसाल्‍नेछन् र बास गर्नेछन्। तिमीहरूको फल र दूध तिनीहरूले खानेछन्। 5रब्‍बा सहरलाई म ऊँट राख्‍ने ठाउँ र सारा अम्‍मोन देशलाई भेडाको चरन बनाउनेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ। 6“सार्वभौम परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘इस्राएली देशप्रति द्वेषले भरिएको हृदयले ताली बजाउँदै र उफ्रँदै तिमीहरूले आनन्‍द मनायौ। 7त्‍यसो हुनाले तिमीहरूलाई म अरू जातिहरूका हातमा सुम्‍पिदिनेछु र तिनीहरूले तिमीहरूलाई लुट्‍नेछन्। म तिमीहरूको नाश गरेर नाम-निशानै मेटिदिनेछु र त्‍यसपछि तिमीहरूको आफ्‍नो देश रहनेछैन। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ।”
मोआबबारे अगमवाणी
8 # यशैया 15:1—16:14; 25:10-12; यर्मिया 48:1-47; आमोस 2:1-3; सपन्‍याह 2:8-11 सार्वभौम परमप्रभुले भन्‍नुभयो, “यहूदा पनि अरू जातिहरूजस्‍तै छ भनी मोआबले भनेको हुनाले 9म मोआबको रक्षाको लागि पहरे भई बसेका सहरहरूमाथि हमला गराउनेछु। त्‍यस हमलामा बेथ-यशीमोत, बाल-मोन र किर्यातैमजस्‍ता सबैभन्दा राम्रा सहरहरू पनि पर्नेछन्।
10म पूर्वीय मरुभूमिका कुलहरूलाई मोआब र अम्‍मोनमाथि विजय दिनेछु र त्‍यसपछि फेरि अम्‍मोन एउटा जाति भएर रहनेछैन। 11म मोआबलाई दण्‍ड दिनेछु र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्।”
एदोमबारे अगमवाणी
12 # यशैया 34:5-17; 63:1-6; यर्मिया 49:7-22; इजकिएल 35:1-15; आमोस 1:11,12; ओबदिया 1:1-14; मलाकी 1:2-5 सार्वभौम परमप्रभुले भन्‍नुभयो, “एदोमका मानिसहरूले यहूदामाथि निष्‍ठुरी भएर साटो फेरे। त्‍यसकारण एदोम अझ बढी दोषी ठहरिएको छ। 13अब म घोषणा गर्दछु कि म एदोमलाई दण्‍ड दिनेछु र त्‍यहाँ भएका सबै मानिसहरू र जन्‍तुहरूलाई मार्नेछु। म त्‍यस देशलाई तेमानदेखि ददानसम्‍म ध्‍वस्‍त गर्नेछु। मानिसहरू लडाइँमा मर्नेछन्। 14मेरो प्रजा इस्राएलले मेरो निम्‍ति एदोमसित साटो फेर्नेछ र मेरो प्रचण्‍ड क्रोध त्‍यसलाई थाहा गराउनेछ। मेरो साटो फेराइ कस्‍तो हुँदोरहेछ भनी एदोमले जान्‍नेछ।” सार्वभौम परमप्रभु बोल्‍नुभएको छ।
पलिश्‍तीहरूबारे अगमवाणी
15 # यशैया 14:29-31; यर्मिया 47:1-7; योएल 3:4-8; आमोस 1:6-8; सपन्‍याह 2:4-7; जकरिया 9:5-7 सार्वभौम परमप्रभुले भन्‍नुभयो, “पलिश्‍तीहरूले आफ्‍ना प्राचीन कालदेखिका शत्रुहरूमाथि निष्‍ठुरी भएर बदला लिए र तिनीहरूलाई द्वेषले भरिएको हृदयले संहार गरे। 16यसकारण म यो घोषणा गर्दछु कि मैले पलिश्‍तीहरूमाथि आक्रमण गर्नेछु र ती करेतीहरूको नाम-निशान मेटिदिनेछु। बाँकी रहेका हरेक व्‍यक्तिलाई पलिश्‍तीका मैदानमा म नाश गर्नेछु। 17म तिनीहरूलाई कठोर दण्‍ड दिनेछु र पूरा साटो फेर्नेछु। तिनीहरूले मेरो क्रोध थाहा पाउनेछन्। तब तिनीहरूले जान्‍नेछन् कि परमप्रभु म नै हुँ।”

अहिले सेलेक्ट गरिएको:

इजकिएल 25: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्