YouVersion लोगो
खोज आइकन

इजकिएल 42

42
मन्दिर छेउका दुई भवनहरू
1त्‍यसपछि ती मानिसले मलाई बाहिरी चोकमा पुर्‍याए र मन्‍दिरको उत्तरपट्टि भएको एउटा भवनमा लगे। त्‍यो भवन मन्‍दिरको दक्षिणपट्टिको भवनदेखि धेरै टाढा थिएन। 2त्‍यो भवन पचास मिटर लामो र पच्‍चीस मिटर चौडा थियो। 3त्‍यो भवनको एकापट्टि मन्‍दिरको भित्तासम्‍म गएको दश मिटर चौडा भएको एउटा खुल्‍ला ठाउँ थियो र अर्कोपट्टि ढुङ्गाले छापिएको बाहिरी चोक थियो। त्‍यो बार्दली भएको तीनतले भवन थियो। 4त्‍यस भवनको बीच भागमा एउटा पाँच मिटर चौडा र पचास मिटर लामो बाटो थियो र उत्तरपट्टि कोठाका ढोकाहरू थिए। 5बार्दली भएको कारण हरेक माथिल्‍लो तलाका कोठाहरू तल्‍लो तलाका भन्दा साना थिए किनभने बार्दलीले कोठाको ठाउँ ओगटेको थियो। 6चोकमा भए जति धेरै खामाहरू तेस्रो तलामा थिएन। यसकारण यो तलाका कोठाहरू तल्‍लो दुई तलाका कोठाहरूभन्दा सानो थियो। 7-8भवनको बाहिरी भित्ताको तल्‍लो भाग पच्‍चीस मिटरसम्‍म पक्‍का गरी गारो लगाइएको थियो र बाँकी पच्‍चीस मिटरमा कोठाहरू बनाइएका थिए। सबैभन्दा माथिल्‍लो तलाको पूरै भागमा कोठाहरू मात्र थिए। 9-10भवनको पूर्वपट्टिको कुनामा भएका दुई कोठाहरूमुनि, जहाँबाट गारो सुरु भएको थियो, त्‍यहाँ एउटा बाहिरी चोकतिर जाने ढोका थियो।
मन्‍दिरको दक्षिणतिर त्‍यस्‍तै किसिमको भवन थियो, त्‍यो भवन मन्‍दिरको पश्‍चिमपट्टिको भवनदेखि धेरै टाढा थिएन। 11उत्तरपट्टि भएको बाटोजस्‍तै भवन कोठाको सामुन्‍ने एउटा बाटो थियो। त्‍यसका नाप, आकार र ढोकाहरू पनि त्‍यस्‍तै किसिमका थिए। 12भवनको दक्षिण भागमा बनेका कोठाहरूमुनि एउटा ढोका थियो। भवनको पूर्वपट्टिको कुना, जहाँबाट गारो सुरु भएको थियो, त्‍यहाँ त्‍यो ढोका थियो।
13ती मानिसले मलाई भने, “यी दुवै भवनहरू पवित्र छन्। परमप्रभुको उपस्‍थितिमा हाजिर हुने पूजाहारीहरूले अति पवित्र भेटीहरू त्‍यहीं खान्‍छन्। ती कोठाहरू पवित्र हुनाले त्‍यहीँ नै पूजाहारीहरूले सबैभन्दा पवित्र भेटीहरू राख्‍नेछन्। अन्‍न-बलि, पाप-बलि वा दोषबलिहरू त्‍यहीं तिनीहरूले राख्‍नेछन्। 14जब पूजाहारीहरू मन्‍दिरभित्र पस्‍छन् र त्‍यहाँबाट बाहिरी चोकमा निक्‍लन चाहन्‍छन्, तब तिनीहरूले परमप्रभुको सेवा गरेका बेलामा लगाएका पोशाक पवित्र भएका हुनाले ती त्‍यहीं कोठाहरूमा खोलिराख्‍नुपर्नेछ। मानिसहरू भेला हुने स्‍थानमा निस्‍कँदा तिनीहरूले अर्को वस्‍त्र लाउनुपर्नेछ।”
मन्‍दिर हाताको नाप
15ती मानिसले मन्‍दिरभित्र नापिसकेपछि तिनले मलाई पूर्वको मूल-ढोकाबाट बाहिर लगे र मन्‍दिरको बाहिरी हाता नापे। 16टाँगो लिएर तिनले पूर्वको भाग नापे, त्‍यो दुई सय पचास मिटर थियो। 17-19त्‍यसपछि तिनले उत्तरपट्टि नापे अनि दक्षिण र पश्‍चिमपट्टि नापे। चारै सुर बराबर नापको अर्थात् दुई सय पचास मिटर लामो थियो। 20त्‍यसरी पर्खालले दुई सय पचास मिटर लमाइ र त्‍यति नै चौडाइ भएको एउटा वर्गाकार क्षेत्रलाई घेरेको थियो। त्‍यस पर्खालले पवित्र र अपवित्र कुराहरूलाई छुट्ट्याउने काम गर्थ्‍यो।

अहिले सेलेक्ट गरिएको:

इजकिएल 42: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्