इजकिएल 45
45
जमिनको विभाजन
1जब जमिन बन्डा लाएर कुल-कुललाई एक-एक भाग गरिन्छ, तब एक भागचाहिँ परमप्रभुको निम्ति अर्पण गरी अलग्गै राख्नू। त्यो साढे बाह्र किलो मिटर लामो र दश किलो मिटर चौडा होओस् र त्यो सबै पवित्र भूमि हुनेछ। 2त्यहाँ मन्दिरको निम्ति एउटा वर्गाकर क्षेत्र २५० मिटर लमाइ र त्यति नै चौडाइ भएको र चारैपट्टि पच्चीस मिटर चौडा खुल्ला ठाउँ भएको होस्। 3त्यसको आधा भाग अथवा साढे बाह्र किलोमिटर लमाइ र पाँच किलोमिटर चौडाइ भएको हिस्सा नापेर अलग्गै छुट्ट्याउनू। त्यस हिस्सामा मन्दिर बनिनेछ अनि त्यो सबैभन्दा पवित्र-स्थान हुनेछ। 4त्यो देशको एउटा पवित्र भाग हुनेछ अनि मन्दिरमा परमप्रभुको सेवाकार्य गर्ने पूजाहारीहरूको निम्ति त्यो अलग गरिनेछ। त्यहाँ पूजाहारीहरूका घरहरू हुनेछन् र मन्दिर बनाउने ठाउँ हुनेछ। 5त्यस ठाउँको अर्को आधा भागचाहिँ मन्दिरमा सेवाको काम गर्ने लेवीहरूका निम्ति अलग राखिनेछ। त्यहाँ लेवीहरू बसोबास गर्ने सहरहरू बनिनेछन्।
6पवित्रस्थानको छेउमा साढे बाह्र किलोमिटर लामो र अढाइ किलोमिटर चौडा भएको अर्को एक टुक्रा जमिन अलग्गै छुट्ट्याउनू। त्यहाँ इस्राएलका मानिसहरू बसोबास गर्ने सहरहरू बसालिनेछ।
शासकको जग्गा
7शासकको निम्ति पनि एउटा जग्गा छुट्ट्याउनुपर्नेछ। त्यो पवित्रस्थानको पश्चिम-सिमानादेखि पश्चिमतिर नै भूमध्य सागरसम्म जानेछ र पूर्वपट्टि चाहिँ पवित्रस्थानको पूर्व-सिमानादेखि पूर्वतिरै त्यस देशको साँध-सिमानासम्म पुग्नेछ। यसरी नै त्यसको लमाइ पनि इस्राएलका कुनै पनि कुललाई दिइएको जग्गाको लमाइ बराबर हुनेछ। 8यही क्षेत्रचाहिँ शासकले इस्राएल देशमा पाउने भाग हो। यसैकारण शासकले प्रजामाथि फेरि अत्याचार गर्नेछैन र बाँकी जमिन इस्राएलका कुलहरूलाई छोडिदिनेछ।
शासकले मान्नुपर्ने नियमहरू
9सार्वभौम परमप्रभुले भन्नुभयो, “ए इस्राएलका शासकहरू हो, तिमीहरूले धेरै समयसम्म पाप गर्यौ! तिमीहरूले आफ्ना हिंसा र अत्याचार बन्द गर। जे कुरा उचित र न्यायपूर्ण छन्, ती गर। फेरि तिमीहरूले कहिल्यै मेरा प्रजालाई तिनीहरूको भूमिबाट बाहिर नधपाउनू। म सार्वभौम परमप्रभुले तिमीहरूलाई यो कुरा भन्दै छु।
10 #
लेवी 19:36
“हरेक मानिसले ठीक ढक-तराजु, माना-पाथी र माप-दण्ड चलाउनुपर्नेछ:
11“हरेक कुरोको तौल समान होस्, सुखा चीज तौलने ‘एपा’ र तरल चीज तौलने ‘बाथ’ एकै नापका होऊन् र ती दुईको नाप ‘होमेर’ अनुसार यसरी गर्नुपर्नेछ अर्थात्:
होमेर = दश एपा = दश बाथ।
12“ओजनको तौल यस्तो होओस्–
बीस गेरा = एक शेकेल।
साठी शेकेल = एक मीना।
13-15“तिमीहरूले आफ्ना भेटी यस हिसाबले चढाउने गर्नू–
गहुँ: उब्जनीको १/६० भाग
जौ: उब्जनीको १/६० भाग
जैतुनको तेल: उब्जनीको १/१०० भाग।
भेडा: दुई सय भेडाबाट एक (बाथका हिसाबले तौलँदा यस्तो हुन्छ– दश बाथ = एक होमेर = एक कोर।)
“तिमीहरूले अन्नबलि, होमबलि र मेलबलिका निम्ति पशुहरू, अन्न र तेल ल्याउनेछौ र तिमीहरूका पाप क्षमा गरिनेछ। म सार्वभौम परमप्रभु यो आज्ञा दिंदछु।
16“देशका सबै बासिन्दाहरूले यी भेटीहरू इस्राएलमा शासन गरिरहेका शासककहाँ पुर्याउनेछन्। 17औंसीका चाडको दिन, विश्राम दिन र अरू चाड-बाडका दिन शासकले इस्राएलका सबै जातिको निम्ति होमबलिका पशु, अन्नबलि र मद्यबलिका सामग्रीहरू जुटाउने काम गर्नेछ। इस्राएलका मानिसहरूका पाप कटनीको निम्ति पापबलि, अन्नबलि, होमबलि र मेलबलिका सामग्रीहरू शासकले जुटाउनेछ।”
चाडहरू
(प्रस्थान १२:१-२०; लेवी २३:३३-४३)
18सार्वभौम परमप्रभुले भन्नुभयो, “पहिलो महिनाको पहिलो दिन तिमीहरूले एउटा निष्खोट साँढे बलि चढाएर मन्दिरलाई पवित्र गर्नू। 19पूजाहारीले यस पापबलिको केही रगत लिई मन्दिरका ढोकाका चौकोस, वेदीका चार कुना र भित्री चोकका मूल-ढोकाका खामाहरूमा लाउनेछ। 20त्यस महिनाको सातौँ दिन आफूले इच्छा नगरी वा अन्जानमा पाप गर्ने मानिसको तर्फबाट तिमीहरूले फेरि त्यसै गर्नू। त्यसरी तिमीहरूले मन्दिर पवित्र राख्नू।
21 #
प्रस्थान 12:1-20; गन्ती 28:16-25 “पहिलो महिनाको चौधौँ दिन तिमीहरू निस्तार-चाड मान्न सुरु गर्नेछौ। सात दिनसम्म सबैले बिनाखमिरको रोटी खानेछन्। 22चाडको पहिलो दिन राजगद्दीमा बसेका शासकले आफ्ना र प्रजाका पाप कटनी गर्न एउटा साँढे बलि चढाउनुपर्नेछ। 23चाडका ती सात दिनसम्म दिनहुँ शासकले सात वटा निष्खोट साँढे र सात वटा साँढ-भेडा परमप्रभुलाई होमबलि चढाउनेछ। त्यसले दिनहुँ एउटा बोको पनि पापबलि चढाउनेछ। 24त्यसरी बलि चढाइएका प्रत्येक साँढे र प्रत्येक साँढ-भेडासित साढे सत्र किलो अन्न र तीन लिटर जैतुनको तेलको हिसाबले भेटी चढाउनुपर्नेछ।
25 #
लेवी 23:33-36; गन्ती 29:12-38 “छाप्रो-बासको चाड सातौँ महिनाको पन्ध्रौँ दिनमा सुरु हुनेछ। त्यस चाडका निम्ति शासकले सात दिनसम्म दिनहुँ पापबलि, होमबलि अनि अन्न बलि र जैतुनको तेलका भेटीहरू त्यही हिसाबले चढाउनुपर्नेछ।”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 45: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: