इजकिएल 47
47
मन्दिरबाट बग्ने खोला
1 #
जकरिया 14:8; यूहन्ना 7:38; प्रकाश 22:1 ती मानिसले मलाई फर्काएर मन्दिरको प्रवेशद्वारमा लगे। प्रवेशद्वार मुनिबाट पानी बाहिर निस्किरहेको थियो र पूर्वपट्टि बग्दै थियो। मन्दिरबाट निस्केर वेदीको दक्षिणपट्टिबाट बगेर गएको थियो। 2त्यसपछि ती मानिसले मलाई उत्तरको मूल-ढोकाबाट निकालेर मन्दिरको क्षेत्रको बाहिर लगे र घुमाएर पूर्वपट्टिको मूल-ढोकामा पुर्याए। ढोकाको दक्षिणपट्टि एउटा सानो खोला बगिरहेको थियो। 3ती मानिसले हातको टाँगोले पूर्वमा खोला बगेर गएको दिशातिर पाँच सय मिटर नापे र त्यहाँनिर मलाई पानीमा हिंड्न लगाए। पानी मेरो गोली-गाँठासम्म थियो। 4त्यसपछि तिनले अर्को पाँच सय मिटर नापे र त्यहाँ पानी मेरो घुँडासम्म आयो। अरू पाँच सय मिटर ओह्रालो जाँदा पानी मेरो कम्मरसम्म पुग्यो। 5तिनले अझै पाँच सय मिटर नापे, त्यहाँ पानी यति गहिरो थियो कि म हिंड्नै सकिनँ। त्यो साह्रै गहिरो थियो र पौडेर मात्र पार गर्न सकिन्थ्यो। 6तिनले मलाई भने, “ए मरणशील मानिस, यी सबै राम्ररी हेरिराख्।”
त्यसपछि ती मानिसले मलाई फर्काएर फेरि नदीको किनारमा पुर्याए। 7त्यहाँ पुगेर नदीका दुवै किनारमा मैले अति धेरै रूखहरू देखें। 8तिनले मलाई भने, “यो खोला देशको पूर्वपट्टि यर्दनको बेसीसम्म र त्यसपछि मृत-सागरसम्म बगेर जान्छ अनि त्यहाँ पुगेर समुद्रको नुनिलो पानीलाई सफा बनाउँछ। 9खोला जहाँ-जहाँ बगेर पुग्दछ, त्यहाँ हरेक किसिमका जीवित प्राणी र माछाहरू जिउनेछन्। त्यस खोलाले मृत-सागरसम्मको पानी सफा पार्नेछ र जहाँ-जहाँ त्यो बहनेछ, त्यहाँ हरेक चीज बाँच्नेछ। 10एन-गदीका धाराहरूदेखि एन-एग्लैमका धाराहरूसम्म समुद्रको किनारमा जलाहारीहरू हुनेछन् र त्यहाँ तिनीहरूले जालहरू फिंजाएर सुकाउनेछन्। भूमध्य सागरमा झैँ त्यहाँ पनि थरी-थरीका माछाहरू हुनेछन्।
11तर समुद्र किनारका दह र सिमसारहरूका पानी भने सफा पारिनेछैनन्। त्यहाँबाट नुन बटुलिनेछ। 12#प्रकाश 22:2नदीका दुवै किनारमा सबै प्रकारका रूखहरू उम्री फल दिनेछन्। तिनीहरूका पातहरू कहिल्यै ओइलाउनेछैनन् र फल बाह्रै मास फलिरहनेछन्। हरेक महिना तिनीहरूमा नयाँ-नयाँ फल लाग्नेछ किनभने तिनीहरूलाई मन्दिरबाट बगिआउने खोलाको पानीले भिजाउनेछ। ती रूखहरूले खानको निम्ति फल दिनेछन् र तिनका पातहरूले मानिसहरूको रोग निको पार्नेछन्।”
देशका साँध-सिमानाहरू
13सार्वभौम परमप्रभुले भन्नुभयो, “इस्राएलका बाह्र कुलहरूलाई बाँडिदिने जमिनको साँध-सिमाना यस प्रकार छ। योसेफका कुलले चाहिँ दुई भाग पाउनेछ। 14मैले तिमीहरूका पिता-पुर्खाहरूलाई यो देश दिने गम्भीर प्रतिज्ञा गरेको थिएँ र अब यो आफ्ना बीचमा बराबर गरी बाँड।
15“त्यसको उत्तरी सिमाना भूमध्य सागरबाट पूर्वपट्टि हेतलोन सहर, हमात घाटी, सदाद सहर, 16बेरोतह र सिब्रैम सहरहरू (यी ठाउँहरू दमस्कस राज्य र हमात राज्यको बीचमा पर्दछ) हुँदै तीकोन सहरसम्म जानेछ (तीकोनचाहिँ हौरानको सिमानामा पर्छ)। 17यसरी उत्तरी सिमाना भूमध्य सागरबाट पूर्वपट्टि हसर-एनान सहरसम्म जानेछ अनि दमस्कस र हमातका इलाकाहरू त्यसका उत्तरमा पर्नेछन्।
18“पूर्वीय सिमाना दमस्कस र हौरानका इलाकाहरू बीचको एक ठाउँबाट दक्षिणतर्फ जानेछ र यर्दन नदी हुँदै मृत-सागर भएर तामारसम्म पुग्नेछ। यर्दन नदीको पश्चिममा इस्राएल देश र पूर्वमा गिलाद पर्छ।
19“दक्षिणको सिमाना तामारदेखि दक्षिण पश्चिम हुँदै र कादेश मेरीबाको मरुद्यान भएर उत्तर पश्चिम हुँदै मिश्रको सिमाना सँगसँगै गएर भूमध्य सागरसम्म पुग्नेछ।
20“पश्चिमको सिमानामा भूमध्य सागर पर्छ र त्यो उत्तरतर्फ हमात-घाटीको पश्चिमपट्टिको एउटा ठाउँसम्म जानेछ।
21“यही देश इस्राएलका कुलहरूअनुसार तिमीहरूका बीच अंश-बन्डा लाउनू। 22त्यो सधैँभरिको लागि तिमीहरूको हिस्सा हुनेछ। जमिन अंश-बन्डा लाउँदा तिमीहरूका माझमा बास गर्ने विदेशीहरू र तिनीहरूबाट जन्मेकाहरूलाई पनि आ-आफ्ना हिस्सा दिनू। तिनीहरूलाई पूरै इस्राएली नागरिकसरह मान्नू र तिनीहरूका नाममा पनि इस्राएलका कुलहरूका साथ जमिनको निम्ति चिट्ठा हाल्न दिनू। 23हरेक विदेशी बासिन्दाले आफूले जुन कुलको माझमा बास गरेको छ, त्यही कुलको जमिनको हिस्सा पाउनेछ। म सार्वभौम परमप्रभु बोलेको छु।”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 47: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: