हिब्रू 11
11
विश्वास
1विश्वास गर्नु भनेको आशा गरेको कुरामा ढुक्क हुनु र नदेखेको कुरामा पक्का भरोसा गर्नु हो। 2तिनीहरूको विश्वासद्वारा नै उहिलेका मानिसहरूलाई परमेश्वरले मन पराउनुभयो।
3 #
उत्पत्ति 1:1; भजनसंग्रह 33:6,9; यूहन्ना 1:3 परमेश्वरकै वचनले संसारको सृष्टि भयो र नदेखिने कुरा देखिने भयो भनी हामी विश्वासले नै बुझ्न सक्छौं।
4 #
उत्पत्ति 4:3-10
विश्वासको भरमा नै हाबिलले परमेश्वरलाई कयिनले भन्दा राम्रो बलिदान चढाए। विश्वासकै भरमा उनी परमेश्वरका सामु धर्मी ठहरिए र उनले चढाएको बलि परमेश्वरलाई मन पर्यो। हाबिल मरिसकेका भए पनि विश्वासले गर्दा उनले अझै हामीलाई शिक्षा दिन्छन्।
5 #
उत्पत्ति 5:21-24
विश्वास गरेकोले नै हनोकले मृत्यु चाखेनन् तर उनी परमेश्वरकहाँ उठाई लगिए र कसैले उनलाई भेट्टाएन। धर्मशास्त्रले भन्छ, “उनी विश्वासले नै परमेश्वरका मन पर्दा भएका थिए र उहाँकहाँ लगिए।” 6विश्वास नगरीकन कसैले पनि परमेश्वरलाई खुसी बनाउन सक्दैन किनभने परमेश्वरकहाँ आउनेहरूमा त विश्वास हुनैपर्दछ। परमेश्वर हुनुहुन्छ र उहाँको खोजी गर्नेहरूलाई उहाँले इनाम दिनुहुन्छ भनेर विश्वास गर्नुपर्दछ।
7 #
उत्पत्ति 6:13-22
विश्वास गरेर नै नोआले परमेश्वरको चेतावनीलाई सुने। देख्दै नदेखिएको तर पछि हुने कुराको बारेमा परमेश्वरले उनलाई भन्नुभएको थियो। उनले परमेश्वरले अह्राउनुभएको कुरालाई मानेर एउटा ठूलो काठको जहाज बनाए अनि त्यसमा पसेर आफ्ना परिवारलाई बचाए। यसरी विश्वास गरेर उनले संसारको भुल देखाइदिए। आफूचाहिँ परमेश्वरका धर्मी जन ठहरिए।
8 #
उत्पत्ति 12:1-5
विश्वास गरेर नै अब्राहामले परमेश्वरले भन्नुभएको माने। परमेश्वरले उनलाई बोलाएर आफूले प्रतिज्ञा गर्नुभएको देशमा जानू भनेर अह्राउनुभयो। कहाँ जाने थाहै नभई उनी आफ्नो देश छोडेर हिंडे। 9#उत्पत्ति 35:27विश्वासकै भरमा परमेश्वरले उनलाई प्रतिज्ञा गर्नुभएको बिरानो देशमा अब्राहाम गए अनि परदेशीझैँ पाल टाँगेर बसे। त्यसै गरी परमेश्वरले इसहाक र इसहाकका छोरा याकूबलाई पनि प्रतिज्ञा गर्नुभयो र उनीहरू पनि त्यसै गरी बसे। 10अब्राहामले त परमेश्वर आफैंले योजना गरेर सधैँभरि रहने जगमा बनाउनुभएको सहरलाई पो पर्खिरहेका थिए।
11 #
उत्पत्ति 18:11-14; 21:2 विश्वासकै भरमा अब्राहाम धेरै बुढो भएर पनि बुबा बन्न सके। सारा पनि सन्तान हुनै नसक्ने गरी बुढी भइसकेकी थिइन्। तैपनि अब्राहामले परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ भनेर विश्वास गरे। 12#उत्पत्ति 15:5; 22:17; 32:12बुढो भएर मर्न लागेको एक जना मानिसबाट आकाशका ताराझैँ धेरै अनि समुद्रका बालुवाझैँ गन्नै नसकिने गरी सन्तान भए।
13 #
उत्पत्ति 23:4; १ इतिहास 29:15; भजनसंग्रह 39:12 यी सबै मानिसहरू विश्वास गरेर मरे। परमेश्वरले दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको कुरा तिनीहरूले पाएनन्। तैपनि परमेश्वरले गर्नुभएको प्रतिज्ञालाई तिनीहरूले टाढैबाट देखे अनि स्वागत गरे। तिनीहरूले आफूलाई यस पृथ्वीमा बाटो हिंड्ने परदेशी र शरणार्थी सम्झे। 14यसो भन्नेहरूले त आफ्नै एउटा देश खोजिरहेका छन् भनी बुझिन्छ। 15आफूले छोडेर आएकै पहिलेको देशलाई तिनीहरूले सम्झिरहेनन्। त्यही देशलाई सम्झेका भए त फेरि तिनीहरू त्यहीं जान सक्थे। 16तर तिनीहरूले त यसभन्दा पनि राम्रो स्वर्गको देशको चाहना गरेका थिए। यसकारण तिनीहरूका परमेश्वर हुँ भन्न पनि परमेश्वर लजाउनुभएन किनभने उहाँले त तिनीहरूलाई दिने सहर तयार पारिदिनुभएको छ।
17 #
उत्पत्ति 22:1-14
परमेश्वरले अब्राहामको जाँच गर्नुहुँदा विश्वासकै भरमा अब्राहाम आफ्ना छोरा इसहाकलाई बलिदान गर्न तयार भए। परमेश्वरले अब्राहामलाई नै प्रतिज्ञा गर्नुभएको थियो, तर पनि अब्राहाम आफ्नो एउटै छोरालाई बलिदान चढाउन राजी भए। 18#उत्पत्ति 21:12परमेश्वरले उनलाई प्रतिज्ञा गर्नुभएको थियो, “इसहाकबाट नै तेरो वंश बढ्नेछ।” 19इसहाक मरे पनि परमेश्वरले बिउँताउन सक्नुहुन्छ भनेर अब्राहामले विश्वास गरे अनि साँच्चै एक किसिमले इसहाकलाई मृत्युबाट बिउँतेको जस्तै नै फेरि पाए।
20 #
उत्पत्ति 27:27-29,39,40 विश्वासको भरमा इसहाकले याकूब र एसावलाई पछि हुने कुराका लागि आशीर्वाद दिए।
21 #
उत्पत्ति 48:1-20;
उत्पत्ति 47:31
विश्वासकै भरले मर्ने बेलामा याकूबले योसेफका दुई छोराहरूलाई आशीर्वाद दिए अनि लौरोमा अडिएर परमेश्वरलाई भक्ति चढ़ाए।
22 #
उत्पत्ति 50:24,25; प्रस्थान 13:19 विश्वासकै भरले योसेफले आफू मर्ने बेलामा इस्राएलीहरूले मिश्रदेश छोड्ने विषयमा भनेका थिए। उनले तिनीहरूलाई आफ्नो मृत देहलाई के गर्नुपर्ने हो, त्यो पनि भनेका थिए।
23 #
प्रस्थान 2:2;
प्रस्थान 1:22
विश्वासकै भरमा मोशाका आमा-बुबाले मोशालाई जन्मेको तीन महिनासम्म लुकाइराखे। आफ्नो बालकलाई राम्रो देखेर तिनीहरूले राजाको हुकुमको डरसमेत मानेनन्।
24 #
प्रस्थान 2:10-12
विश्वासकै भरमा मोशा ठूलो भएपछि राजाको छोरा हुँ भनी चिनिन मानेनन्। 25पापमा एक छिनको सुख भोग्नुभन्दा परमेश्वरकै भक्तहरूसँग दु:ख भोग्न उनले मन पराए। 26मिश्रदेशका सारा सम्पत्तिभन्दा बरु मुक्ति दिने ख्रीष्टको लागि निन्दा सहनु नै उनले ठूलो कुरा सम्झे किनभने उनले त परमेश्वरले दिनुहुने इनामको बाटो हेरिरहेका थिए।
27विश्वासकै भरमा राजाको रिसको पनि वास्तै नराखेर मोशाले मिश्रदेश छोडेर हिंडे अनि देख्न नसकिने परमेश्वरलाई देखेझैँ गरी उनी पटक्कै पछि फर्केनन्। 28#प्रस्थान 12:21-30विश्वासकै भरमा उनले मुक्ति दिवस मनाए, ढोकामा बलिको रगत छर्के। जेठाहरू मार्ने मृत्युदूतले इस्राएलीहरूका जेठाहरूलाई नछोओस् भनी उनले यसो गरेका थिए।
29 #
प्रस्थान 14:21-31
विश्वासकै भरमा इस्राएलीहरूले सुख्खा भूइँबाट हिंडेझैँ लाल समुद्रमा हिंड़ेर पार गरे। तर मिश्रदेशका मानिसहरूचाहिँ त्यसै गरी समुद्र तर्न खोज्दा डुबेर मरे।
30 #
यहोशू 6:12-21
विश्वासकै भरमा इस्राएलीहरू सात दिनसम्म यरीहो सहरको वरिपरि घुम्दा यरीहोका पर्खालहरू पनि भत्किएर लडे। 31#यहोशू 6:22-25; यहोशू 2:1-21वेश्या भएर पनि राहाबले विश्वासकै भरमा परमेश्वरका कुरा नमान्नेहरूका साथमा मर्नुपरेन किनभने तिनले त्यहाँ सुराक लिन गएका इस्राएलीहरूलाई स्वागत गरेकी थिइन्।
32 #
न्यायकर्ता 6:11—8:32;
न्यायकर्ता 4:6—5:31;
न्यायकर्ता 13:2—16:31;
न्यायकर्ता 11:1—12:7;
१ शमूएल 16:1—१ राजा 2:11;
१ शमूएल 1:1—25:1
यसभन्दा बढी के भनौं? गिदोन, बाराक, शिमशोन, यिप्ता, दाऊद, शमूएल र अगमवक्ताहरूका बारेमा त बताउनै भ्याइँदैन। 33#दानिएल 6:1-27विश्वासले नै तिनीहरूले सबै देशहरू जिते र न्यायसँग राज्य गरे। परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुराहरू पनि पाए। विश्वासले नै तिनीहरूले सिंहहरूका मुख थुनिदिए। 34#दानिएल 3:1-30दन्किरहेको आगोलाई निभाइदिए। तरवारको धारबाट पनि उम्के। तिनीहरू निर्धा थिए तर अब शक्तिशाली भए। लडाइँमा साहससँग लडेर सबै विदेशी शत्रुहरूलाई जिते। 35#१ राजा 17:17-24; २ राजा 4:25-37विश्वासले नै स्त्रीहरूले आफन्तहरूलाई मरेकोबाट बिउँतेका पाए। अरू कतिले चाहिँ मरेपछि फेरि बिउँतेर अझै राम्रो जीवन पाउन सास्ती सहेर मर्न रुचाए। 36#१ राजा 22:26,27; २ इतिहास 18:25,26; यर्मिया 20:2; 37:15; 38:6कतिले गिल्ला सहनुपर्यो, कोर्रा खानुपर्यो अनि अरूले चाहिँ बाँधिएर कैदी हुनुपर्यो। 37#२ इतिहास 24:21मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानेर मारे, आराले चिरे अनि तरवारले काटे। तिनीहरूले गरीब भएर भेडाबाख्राका छाला बेरेर जिउ ढाके अनि थिचोमिचोमा परेर दु:ख पाउँदै हिंड्नुपर्यो। 38संसार तिनीहरूको लागि लायकको थिएन। तिनीहरूले उजाड-स्थान, पखेरामा भाग्दै हिंड्नुपर्यो, गुफा र ओढारतिर बस्नुपर्यो।
39विश्वास गरेकोले तिनीहरूको मान भयो। तैपनि परमेश्वरले प्रतिज्ञा गरेका कुरा कसैले पाएका थिएनन् 40किनभने परमेश्वरले हाम्रा लागि अझ राम्रो कुराको बन्दोबस्त गर्नुभएको थियो। हामीहरूसँगै तिनीहरू पनि सिद्ध होऊन् भन्ने उहाँको इच्छा थियो।
अहिले सेलेक्ट गरिएको:
हिब्रू 11: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: