हिब्रू 8
8
येशू हाम्रा प्रधान पूजाहारी
1 #
भजनसंग्रह 110:1
हामीले भनेका मुख्य कुरा पनि यिनै हुन्, हाम्रा यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ। 2उहाँले महापवित्र स्थानमा प्रधान पूजाहारी भएर सेवा गर्नुहुन्छ। यो महापवित्र स्थानचाहिँ मानिसले होइन तर परमेश्वरले टाँग्नुभएको साँचो पाल हो।
3सबै प्रधान पूजाहारीहरू परमेश्वरलाई दिएको भेटी र पशुबलि चढाउन खटिएका हुन्छन्। यसकारण हाम्रो प्रधान पूजाहारीले पनि केही कुरा त चढाउनैपर्यो। 4उहाँ यस पृथ्वीमा नै हुनुभएको भए पूजाहारी बन्नुहुने थिएन किनभने व्यवस्थाले भनेझैँ भेटी चढाउने पूजाहारीहरू त यहाँ अघिदेखि नै छँदैछन्। 5#प्रस्थान 25:40तिनीहरूले गर्ने काम स्वर्गमा भएको साँचो कुराको नकल र छायाँ मात्र हो। मोशालाई पनि यस्तै गर्न अह्राइएको थियो, जसले पवित्र पाल बनाउन लाग्दा परमेश्वरले उनलाई यसो भन्नुभएको थियो, “हेर, तँलाई पहाडमा देखाइएको नमुनाजस्तै सबै कुरा बनाउनू।”
6येशूलाई दिइएको पूजाहारीको काम ती अरू प्रधान पूजाहारीको कामभन्दा अझ ठूलो छ। त्यसरी नै परमेश्वर र उहाँका मानिसहरूबीच येशूले बाँध्नुभएको नयाँ करार पनि पहिले गरिएको पुरानो करारभन्दा ठूलो हो कारण यो करारमा अझ राम्रा कुराहरूको प्रतिज्ञा छ। 7पहिलो करार अपूरो नहुँदो हो त दोस्रो करार बाँध्नु नै पर्नेथिएन। 8#यर्मिया 31:31-34तर परमेश्वरले आफ्ना मानिसहरूमा दोष भेट्टाउनुभयो अनि भन्नुभयो, “ती दिनहरू आउँदै छन्, परमप्रभु भन्नुहुन्छ, जब म इस्राएल र यहूदाका घरानासँग नयाँ करार बाँध्नेछु।”
9यो करारचाहिँ तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको करारजस्तो हुनेछैन। त्यस बेला त मैले हातमा समातेर तिनीहरूलाई मिश्रदेशबाट निकालेको थिएँ। तर मैले तिनीहरूसँग बाँधेको करार तिनीहरूले पालन गरेनन्। यसकारण मैले पनि तिनीहरूको वास्तै गरिनँ। 10प्रभु भन्नुहुन्छ कि अब आउने दिनहरूमा इस्राएलीहरूसँग बाँध्ने नयाँ करार कस्तो हुन्छ भने, म मेरा नियमहरू तिनीहरूका मनमा राखिदिनेछु र तिनीहरूका हृदयमै म ती नियमहरू लेखिदिनेछु, म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरूचाहिँ मेरा प्रजा हुनेछन्। 11त्यस बेला कसैले पनि आफ्ना दाजुभाइ र छिमेकीलाई ‘परमप्रभु चिन’ भनेर सिकाउनुपर्नेछैन किनभने सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्नेछन्। 12तिनीहरूका पाप म क्षमा गरिदिनेछु र तिनीहरूका अपराधहरूको सम्झना म राख्नेछैनँ। 13नयाँ करार भन्नेबित्तिकै परमेश्वरले पहिले बाँध्नुभएको करारलाई पुरानो ठहर्याउनुभयो। पुरानो भएर खिइँदैगएको कुरा चाँडै नाश पनि भएर जानेछ।
अहिले सेलेक्ट गरिएको:
हिब्रू 8: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: