यशैया 11
11
शान्तिपूर्ण राज्य
1 #
प्रकाश 5:5; 22:16 दाऊदको राजवंश काटिढालेको रूखझैँ छ तर ठुटोबाट नयाँ हाँगा उम्रेझैँ दाऊदको सन्तानबाट एउटा नयाँ राजा उठ्नेछन्।
2परमप्रभुको आत्माले उनलाई बुद्धि, ज्ञान र प्रजालाई शासन गर्न सीप दिनुहुनेछ। उनले परमप्रभुको इच्छा बुझ्नेछन्, उहाँलाई आदर गर्नेछन् 3र उहाँका आज्ञापालनमा आनन्दित मान्नेछन्। उनले मुख हेरेर वा अरूका कुरा सुनेर इन्साफ गर्नेछैनन्। 4#२ थेसलोनिकी 2:8गरीबको इन्साफ ठीकसित गर्नेछन् र असहायहरूको रक्षा गर्नेछन्। उनको आज्ञाले अपराधी मानिसहरूले दण्ड पाउनेछन् र दुष्टहरू मारिनेछन्। 5#एफिसी 6:14न्याय र इमानदारीसाथ उनले आफ्ना प्रजामाथि शासन गर्नेछन्। 6#यशैया 65:25ब्वाँसा र भेडा एकसाथ शान्तिसित बास गर्नेछन् र चितुवाहरू पाठासित सुत्नेछन्। बाछा र सिंहका डमरु एकसाथ खानेछन् र साना बालकहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्। 7गाई र भालु एकसाथ खानेछन् र तिनका बच्चाहरू एकैसाथ शान्तिसित सुत्नेछन्। सिंहले गोरुले झैँ पराल खानेछ। 8विषालु सर्पसित खेल्दा पनि दूधे-बालकलाई हानि हुनेछैन। 9#हबकूक 2:14परमेश्वरको पवित्र पर्वत सियोनमा कुनै हानिकारक वा दुष्ट कुरा रहनेछैन। समुद्रचाहिँ पानीले भरिएझैँ पृथ्वी परमप्रभुको ज्ञानले भरपूर हुनेछ।
कैदमा विदेश लगिएकाहरू फर्कनेछन्
10 #
रोमी 15:12
त्यो दिन दाऊदको वंशबाट एक जना नयाँ राजा राष्ट्रहरूका बीचमा एउटा चिनोको रूपमा खडा हुनेछन्। मानिसहरू दाऊद राजाको सहरमा भेला हुनेछन् र उनलाई आदर गर्नेछन्। 11त्यो दिन आएपछि परमप्रभुले फेरि एक पल्ट आफ्नो शक्ति प्रयोग गर्नुहुनेछ र अश्शूर, मिश्र, पात्रोस, कूश, एलाम, बेबिलोनिया र हमात देशहरू अनि समुद्रका किनार र टापूहरूमा छोडिएका आफ्ना प्रजालाई स्वदेश फर्काई ल्याउनेछु। 12यहूदा र इस्राएलका चारैतिर छरिएका मानिसहरूलाई पृथ्वीका चार कुनाबाट बटुलेर भेला गराएको देखाउन परमप्रभुले एउटा निशानी-झन्डा उठाउनुहुनेछ। 13इस्राएली राज्यले अब उसो यहूदीसित ईर्ष्या गर्नेछैन न त यहूदाले इस्राएलसित दुश्मनी गर्नेछ। 14ती दुईले मिलेर पश्चिममा पलिश्तीहरूमाथि हमला गर्नेछन् र पूर्वमा त्यहाँका बासिन्दाहरूलाई लुट्नेछन्। तिनीहरूले एदोमी र मोआबीहरूलाई आफ्ना अधीन गर्नेछन् र अम्मोनीहरूले तिनीहरूका आज्ञापालन गर्नेछन्। 15#प्रकाश 16:12परमेश्वरले लाल समुद्रलाई सुकाइदिनुहुनेछ र तातो हावा बहाएर यूफ्रेटिस नदी पनि सुकाइदिनुहुनेछ र त्यहाँ स-साना सात वटा खोला हुनेछन्। ती खोला जोसुकैले पनि हिँडेर पार गर्न सक्नेछ। 16मिश्रदेशबाट निस्किआउँदा इस्राएलका पिता-पुर्खाको निम्ति भएको जस्तै अश्शूरका बाँचेका इस्राएलका सन्तानको निम्ति त्यहाँबाट आउने एउटा मूल-बाटो हुनेछ।
अहिले सेलेक्ट गरिएको:
यशैया 11: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: