यशैया 13
13
बाबेलमाथि परमेश्वरको दण्ड
1 #
यशैया 47:1-15; यर्मिया 50:1—51:64 आमोजका छोरा यशैयाले बेबिलोनबारे पाएको अगमवाणी यही हो:
2नाङ्गो डाँडामा एउटा लडाइँको झन्डा उठाऊ! उच्च सोरले सिपाहीहरूलाई कराऊ र हात उचालेर त्यस अहङ्कारी सहरका मूल-ढोकामाथि आक्रमण गर्न सङ्केत देऊ। 3परमेश्वरले आफ्नो गर्व र भरोसापूर्ण सेनालाई एउटा पवित्र लडाइँ गर्न र उहाँको रिसमा परेका मानिसलाई दण्ड दिन बोलाउनुभएको छ।
4पर्वतहरूमाथि भइरहेको होहल्ला सुन। मानिसहरूको ठूलो भीड र राष्ट्र-राष्ट्र र राज्य-राज्य भेला भएको खैलाबैला भइरहेछ। सेनाहरूका परमप्रभुले आफ्नो फौज लडाइँको निम्ति तयार पार्दै हुनुहुन्छ। 5पृथ्वीको पल्लो छेउका टाढा-टाढा देशबाट तिनीहरू आइरहेका छन्। आफ्नो क्रोधमा सारा देशलाई विध्वंस पार्न परमप्रभु आउँदै हुनुहुन्छ।
6 #
योएल 1:15
कष्टले कराऊ! परमप्रभुको दिन नजिकै छ, त्यस दिनमा सर्वशक्तिमान्ले नाश गर्नुहुनेछ। 7सबैका हात लुला हुनेछन्, मुटुले ठाउँ छोड्नेछ। 8सुत्केरी हुने पीडा लागेकी स्त्रीझैँ तिनीहरूलाई पीडा र भय हुनेछ। डरले तिनीहरू एक-अर्कालाई हेर्नेछन् र तिनीहरूको अनुहार आगोले डढेझैँ हुनेछ। 9प्रभुको दिन उहाँको क्रोध र भयानक रिसको निष्ठुर दिन आइरहेको छ। पृथ्वी उजाड पारिनेछ र एक-एक पापी नष्ट हुनेछन्। 10#इजकिएल 32:7; मत्ती 24:29; मर्कूस 13:24,25; लूका 21:25; प्रकाश 6:12,13; 8:12आकाशका हरेक तारा र नक्षत्र मण्डलको ज्योति हराउनेछ, घाम झुल्कँदै कालो हुनेछ र जूनले उज्यालो दिनेछैन।
11परमप्रभु भन्नुहुन्छ, “म पृथ्वीमा विपत्ति ल्याउनेछु र सबै दुष्ट मानिसहरूलाई तिनीहरूका पापको दण्ड दिनेछु। हरेक घमण्डीको घमण्ड झारिदिनेछु र हरेक अहङ्कारी र निठुरीलाई दण्ड दिनेछु। 12बाँच्नेहरूलाई भेट्टाउनु सुन पाउनुभन्दा गाह्रो हुनेछ। 13त्यस दिन म सर्वशक्तिमान् परमप्रभुले आफ्नो रिस देखाउँदा आकाश थर्कमान पार्नेछु र पृथ्वी त्यसको ठाउँमा हल्लिनेछ।
14“बेबिलोनमा बास गर्ने विदेशीहरू आ-आफ्ना देशमा भागिजानेछन्। शिकारीबाट भागेका मृग र गोठाला नभएका भेडाहरूझैँ तिनीहरू छरपष्ट हुनेछन्। 15भेटिएको हरेक मानिस भालाले रोपेर मारिनेछ। 16तिनीहरूकै आँखा सामुन्ने तिनीहरूका बाल-बालिका पछारेर मारिनेछन्, तिनीहरूका घर लुटिनेछन् र तिनीहरूका स्वास्नीहरूमाथि बलात्कार गरिनेछ।”
17परमप्रभु भन्नुहुन्छ, “म मादीहरूलाई बेबिलोनमाथि हमला गर्न उठाउँदै छु। तिनीहरूले चाँदीको वास्ता गर्दैनन् र सुनको लालच गर्दैनन्। 18तिनीहरूले धनु-काँड चलाई जवान मानिसहरूलाई मार्नेछन्। तिनीहरूले बच्चालाई दया देखाउनेछैनन् र साना केटाकेटीहरूलाई टिठ्याउनेछैनन्। 19#उत्पत्ति 19:24बेबिलोन सबैभन्दा सुन्दर राज्य हो। त्यसका देशवासीले त्यसमा गर्व गर्छन्। तर म परमप्रभुले सदोम र गमोरालाई झैँ त्यसलाई भताभुङ्ग पार्नेछु। 20त्यहाँ फेरि कसैले बास गर्नेछैन। कुनै पनि डुलिहिँड्ने अरबीले त्यहाँ आफ्ना पाल टाँग्नेछैन। कुनै गोठालोले त्यहाँ आफ्ना पशुहरू चराउनेछैन। 21#यशैया 34:14; सपन्याह 2:14; प्रकाश 18:2त्यस ठाउँमा मरुभूमिका जन्तुहरूले बास गर्नेछन् र लाटोकोसेराहरूले गुँड लाउनेछन्। शुतुरमुर्गहरू त्यहाँ बास गर्नेछन् र त्यहाँका भत्किएका घरहरूमा जङ्गली बाख्रा नाँच्नेछन्। 22त्यसका किल्ला र महलहरूमा स्याल र फ्याउराहरूको सोर गुन्जिएर फर्किनेछ। बेबिलोनको समय नजिक आएको छ, त्यसको दिन अब धेरै छैन।”
अहिले सेलेक्ट गरिएको:
यशैया 13: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: